Thursday, December 14, 2017
खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ
खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |
खै त आमालाई के दिन सक्यौ ?"
बच्चाहरुको प्यारो शब्द "आमा"
ए होइन, होइन
आज भोलिका साहित्यकारहरुको पनि प्यारो शब्द "आमा"
बनावटी समाजसेवीहरुको पनि प्यारो शब्द "आमा"
आमाको पेटमा बसेर आमाकै रस चुसेर
हामी सजिब बन्यौ ।
आमालाई जीवन मरणको दोसाँधमा राखेर
रगतपक्ष पार्दै,
आमाकै शरीर च्यातेर
बनावटी रुवाई रुदै जन्मिने हामी
खै त आमालाई के दिन सक्यौ ?
पुस्ट युगल वृक्ष चुसेर झोलुङ्गो बनायौ
उसकै छातिमा लडिबुडी खेल्दै
आफुलाई बलवान ठान्यौ ।
कमल फुल जस्तो आफ्नो जवानीलाई रहरमा सुकाएर,
आफ्नो इच्छा आकांक्षालाई मनमा लुकाएर,
हाम्रै लागि आफ्नो सुन्दरता खर्च गरिन ।
तर
खै त आमालाई के दिन सक्यौ ?
जब हामी जन्मियौ ,
हामिले यो सुन्दर संसारमा पाईला राख्दा
खुशीको आँसु बगाउने आमा
तिनै आमा पलपलमा आँसु बगाईरहन्छिन ।
हामी सन्तानकै पिरमा पल पलमा मर्छिन ।
तेस्को बदलामा हामिले
खै त आमालाई के दिन सक्यौ ?
आफ्नो शरीर चिरा चिरा पारेर
हाम्रो शरीरमा कपडा भरिदिएकी थिई ।
आफ्नो पेटमा पटुका कसेर
पनि हामिलाई खेलौनाको नजिक गरिदिएकी थिई ।
आज तिनै आमासङ्ग
न त सुन्दरता छ ,
न त त्यो जवानी ,
न त कसैको साथ छ त
न कसैको भरोसा ।
वश !
सन्तानकै पिर गर्दै आँसु पिएर
पल पलमा मरेर बाचिरहेकी छिन ।
खै त आमालाई के दिन सक्यौ ??
Thursday, June 22, 2017
करेन्ट - अविशेक श्रेष्ठ मास्टर
करेन्ट
असारको महिना यसै त पानी पर्ने सिजन । आज पनि झम झम बर्सिरहेकाे थियो पानी । लाथ्यो कसैको वियोगमा मौषम पनि रोइरहेको छ धर्धरी । काठमाडौको ठाउँ पानी परे हिलै हिलो हुने । चैत बैशाखको हुरिले उठाएको धुलो पनि त कहाँ बिर्सेको थिए र । आखिर जे भए पनि सबैको रोजाइ यहि काठमाडौ नै थियो । हुने खाने पनि यहि र गरेर खानेहरु पनि यहि थियो । हुने खानेलाई त रमाइलो थियो होला सायद झरी परेर । तर गरेर खाने मजदुरहरुको बिहान बेलुकाको छाक नै टार्न मुस्किल थियो । म पनि गरेर खाने मजदुर नै भएर होला सायद यस्तै कुराहरु मनमा कुरा खेलिरहेको थियो ।
एक्कासी मोबाइलको घण्टीले मौनता भङ्ग गर्यो । हेरे अपरिचित नम्बर थियो । फोन उठाए । केहि डराएको केहि आत्तिएको आवाजमा बोल्दै थियो ।
"तपाई सुन्दरको साथी होइन ? "
"अ हो किन र ? के भयो ? हजुर को हो नि ?" आत्तिएर सुन्दरको नाम लिदा मनमा चिसो पस्यो । एकै चोटी प्रश्न माथी प्रश्न तेर्साए । उस्ले आफ्नो परिचय दिन भन्दा के भयो त्यो भन्न उचित ठान्यो सायद ।
"उसलाई करेन्ट लाग्यो । अहिले बेहोस अवस्थामा छ । तपाई छिट्टै यहाँ आउनुस ।" हस भने । फोन काटियो । हस त भने तर हतासमा कहाँ त सोध्नै बिर्सिएछु । उसले पनि भन्न बिर्सिएछ क्यारे । फेरि फोन गरे ।
सबै कुरा राम्ररी सोधपुछ गरे । एउटा घरमा वायरिङ्गको काम गर्दै गर्दा करेन्ट लागेर बेहोस भएछ । बेहोसी अवस्थामा नै अस्पताल पुर्याईएर फोन गरेको रहेछ ।
झम झम पानी परिरहेको थियो । छाता ओडेर म हतार हतारमा अस्पताल पुगे । इमर्जेन्सी कक्षको बेडमा मृत्यु सङ्ग लडिरहेको थियो सुन्दर । कपडा खोलिएको थियो । छात्तिमा दुईवटा कालो दाग थियो । सहजै अनुमान लगाउन सकिन्थ्यो कि उसलाई छात्तिमा करेन्ट लागेको रहेछ ।
बाहिर सुन्दरलाई ल्याउने मान्छेहरू खासखुस गर्दै थिए । "वायरिङ्ग गर्दै थियो एकास्सी भुईमा पछारियो । पानीले गर्दा तार सर्ट भएछ क्यारे करेन्ट लाग्यो ।"
डाक्टरहरु पनि हतास हतासमा काम गर्दै थियो । म सिसाको झ्यालबाट भित्र नियालिरहे ।
आखिर मान्छेको जिन्दगी पनि के रहेछ र । बिहान सङ्गै खाना खाएर हास्दै काममा हिडेको सुन्दर अहिले एक्कासि यस्तो अवस्थामा देख्दा सपना जस्तो लागिरहेको थियो । डाक्टर बाहिर निस्कियो । सोधे "डाक्टर साब कस्तो छ अहिले सुन्दरलाई ?" डाक्टर सुने नसुने गरेर फटाफट अघिअघि लाग्यो म पछि पछी लागे । बल्ल बोल्यो डाक्टर " उसलाई बचाउन मुस्किल छ । अब सबै भगवान भरोसा ।" डाक्टरको कुरा सुनेर मेरो पाईलाहरु रोकिए । गोडाहरु फतक्क गलेको थियो । म थचक्क तेहि बसे ।
अति नै मिलनसार मान्छे थियो सुन्दर । हासिमजाक गर्न एकदमै सिपालु । कयौं दुखहरु त उसलाई भेटेर नै भुल्थे । तर आज यो दुखको दिनमा पनि उसैको हासिमजाकको खाचो थियो तर उ आफै मृत्यु सङ्ग लडिरहेको छ । आफ्नै टाउको पनि भारी भएर आयो । उसका बिगतहरु आखामा झल्झली नाच्न थाल्यो ।
एउटा गाउले केटा साधारण परिवारमा हुर्केको परिवारको जेठो सन्तान भएर पनि होला परिवारबाट निकै माया पाएर हुर्केको थियो । माया सङ्गै परिवारको जिम्मेवारी पनि उसैले सम्हाल्न पर्ने अवस्था थियो । पढाई पनि राम्रै थियो । एस एल सी मा पनि प्रथम श्रेणी मा उतिर्ण भएको थियो । मन भरी धेरै पढ्ने आसा लिएर काठमाडौ छिरेको थियो सुन्दर । काठमाडौ छिरेको दिन बेलुका "दाई म धेरै पढेर धेरै पैसा कमाउछु अनि मेरो बा आमा भाई बैनीहरुलाई सुख सङ्ग राख्छु " हो यसै भनेको थियो सुन्दरले । यो वाक्यांश अहिले पनि झल्झली याद आईरहेको छ मलाई ।
काठमाडौको ठाउँ आफ्नो भन्नु कोहि हुँदैन । सुन्दरको लागी त म थिए मेरो लागी सुन्दर थियो । उसले दाई अनि मैले भाई भन्थे । तर साथी भाई भएपनी दाजुभाई भएर बसेको थियौ । यहाँ पढ्न आफुले सोचेको जस्तो सजिलो छैन । कलेजको महँगो शुल्क, कोठा भाडा, खाना खाजा, अनेकौ झमेला थियो । घरबाट पनि कति नै हेर्न सकिन्छ र ? गाउँमा भाई बैनीहरुलाई पनि बा आमाले नै सुखदुःख गरेर पढाउनु भएको थियो । केहि महिना त घरबाट आएको खर्चले राम्रो सङ्ग नै पढ्यो । बिस्तारै बिस्तारै पैसाको अभाव हुन थालेपछी दाई म पनि काम गर्छु भनेको थियो सुन्दरले ।
दिउसोको एक बजिसकेको थियो । अझै पनि झमझम बर्सिरहेको थियो पानी । मेरो आखाहरु पनि रसाउन पुगेछ झरी सङ्गै । अनयासै आसुका ढिक्काहरु खस्न लागे । अरुले नदेख्ने गरि झरिमा रुझेर पखालिदिए । फेरि फर्किए झ्यालमा । नियाले सुन्दरलाई सिसाको झ्यालबाट नै । धेरै दिनको थकाईले आराम गरिरहेको जस्तो देखिन्थ्यो । बेला बेलामा चलमलाउथ्यो । सुन्दरको शरिरले अलिकती चाल लिदा मात्रै पनि मनमा हर्षको पालुवा पलाउथ्यो । म एकोहोरो भएर उसलाई हेरिरहन्थे । मनमा अनेकौ कुराहरु तछाडमछाड गर्दै नाचिरहेको थियो ।
एकपल्ट फेरि ति दिनहरु सम्झिए । आफैलाई ग्लानी भएर आयो । अपराधी आफै भएको महशुस गरे । मैले नै काम सिकाएको थिए सुन्दरलाई । इलेक्टिसियन बनाउन मैले नै सुरुवात गरेको थिए । तर आज यो दिन देख्नुपर्यो ।
कलेजको पढाई सङ्गै उसलाई काम जसरी पनि चाहिएको थियो । आवश्यकता र बाध्यता एकै चोटी मडारिएर आएको थियो सुन्दरको जिवनमा । कुन कुन अफिस मात्र धाएनौ हामी काम खोज्न । अफिसमा बसेर काम गर्न अनुभव अनि आफ्नो मान्छे चाहिने रहेछ । त्यो माथी भर्खर कलेज सुरु गरेको केटालाई कस्ले काम दिन्छ र ? दिनभर डुलेर बेलुका फर्किदा हातमा लाग्यो शुन्य ।
सुन्दरको घरमा खबर पठाउन त बिर्सेको रहेछु । मोबाइल झिकेर काकाको नम्बर डायल गर्न लागे । हात थर्थर कापेको थियो । सास रोकिएला जस्तो भएको थियो । पहिलो चोटी फोन उठाउनु भएन । लामो सास फेरे । फेरि दोहोर्याए सोहि क्रमलाई । बल्ल फोन उठाउनु भयो ।
"काका नमस्कार म तल्ला घरे कान्छा चिन्नु भो त ?"
" अ भन त बाबु के छ खबर "
"ठिकै छ काका । पानी परिरहेको छ । म त बाहिर काममा छु । अनि खाजा खाजा खानु भो ?"
" खाए बाबु । अनि सुन्दरलाई कस्तो छ नि । अचेल त फोन पनि गर्दैन त ।"
" अहिले कता नि काका तपाई"
" म घरैमा छु । यता पनि पानी परिरहेको छ । आज सबै जना घरैमा छ । सुनिराको छ्न सबैले । "
यथार्थ कुरा भन्दा के हालत होला त सुन्दरको घरमा । काकाले आफुलाई समाल्न सक्नुहुन्छ । अनि काकिले ? अनि भाइले ? अनि बैनिले ?
अह भन्दिन । मनमा यस्तै कुरा आयो ।
" उसको मोबाईल बिग्रेको छ काका तेहि भएर फोन नगरेको होला । सुन्दरलाई पनि ठिकै छ । अलिअली ज्वरो आएर सुतिराखेको छ । बरु बुवालाई बोलाईदिनु भन्दै थियो । मैले त भन्नै बिर्सिएछु । तपाई छिट्टै काठमाडौ आउनु है काका । "
"औषधि खाको छैन र तेस्ले ? मोरालाई औषधि भनेपछि तेसै ज्वरो आउछ । औषधि खान कर गर है बाबु । "
" हस काका म अहिले काममा छु पछि फोन गर्छु है काका "
" हुन्छ बाबु "
फोन काटियो । सबथोक काटिएको झै लाग्यो । यता सुन्दर ओइलाएर झर्ने तर्खत गर्दै छ । उता काका काकी हाम्रो छोरा फुल जस्तै फकृदै छ भनेर मख्ख हुनुहुन्छ । करेन्ट लागेर जिवन मरणको दोसाँधमा भएको सुन्दरलाई अलिअली ज्वरो आएको भनेर ढाटिदिए । उसको परिवारलाई वास्तविक घटना पनि सुनाउन सकिन । सुन्दरलाई केहि भइहाले मैले के गर्ने ? केहि सोच्नै सकिरहेको थिइन ।
आज सुन्दर आफ्नो भविष्यको सुन्दर सपना सजाउदा सजाउदै ओइलिएको कोमल फुल जस्तो अवस्थामा छ । काममा प्रतिस्पर्धा हुने हुँदा नै आज यो अवस्था आएको हो । एउटाले लिएको काममा अर्कोले भाजो हाल्ने हुँदा झरी परेको दिन नभनी काममा हिड्नु परेको थियो । कामको मुल्य निर्धारण भएको भए सायद यो अवस्था आउने थिएन होला । काम गर्दा प्रयोग गर्नु पर्ने सेफ्टी पनि सहि रुपमा कार्यान्वयन हुन सकेको छैन । ग्राहकहरु सस्तो र कमसल तार प्रयोग गर्छ्न । आज अलिकती पैसा कम लागे पछी भोली के हुन्छ भन्ने कुरा सोच्दैनन । त्यसैले यस्तो दुर्घटना आईपर्छ ।
हामी जस्तो काम गरेर खानेहरुको कुनै कदर नै छैन । काम गर्नेहरुको लागी कुनै नियम नै छैन । काम गर्ने हामिहरुलाई समाजमा तल्लो दर्जामा हेरिन्छ । कामको कुनै मुल्य नै छैन । काममा एकरुपता छैन । मजदुरको हकहितको लागी खोलिएको सस्थाहरु राजनितिक पार्टीको झोले भएका छन । मजदुरहरुको लागी बनाईएको नियमहरु कार्यान्वयन भएका छैनन् । इलेक्टिसियनलाई दिनुपर्ने सुरक्षाका तालीमहरु दिइरहेको छैन । सामुहिक दुर्घटना बिमा गराइ आकस्मिक उपचार कोष खडा गर्न सकिरहेको छैन ।
आखिर मनमा जति कुरा खेलाए पनि जे हुनु भैसक्यो । अब त्यो कुरा सम्झेर नै के गर्न सकिन्छ र ? कामदारको सुरक्षा बिमा भएको भए उपचारमा सहज हुने थियो । खै त आखिर के रहेछ र ? काम गर्ने मजदुर आखिर नोकर नै त रहेछ नि । कुनै सुरक्षा छैन । कुरा लुकाएर पनि के गर्न सकिन्छ र । काकालाई पनि ढाटेको थिए मैले । सत्य कुरा त भन्नै पर्छ । भोली पल्ट बिहान काकालाई फोन गरेर सबै यथार्थ कुरा सुनाए । काका फोनमा भक्कानिदै बोल्नुभएको थियो । अलिअली पैसाको जोरजाम गरेर काका दिउँसो तिर काठमाडौ आईपुग्नु भो । छोराको अवस्था देखेर सम्हालिन सक्नुभएन । काका गहभरी आशु पारेर एकोहोरो भएर सुन्दरलाई हेरेको हेरै हुनु भो । काकालाई सम्झाए ।
डाक्टरहरु अनवरत रुपमा उपचारमा खटिएका थिए । हामिलाई बाहिर जान भने । मैले काकालाई लिएर बाहिर आए । काकाको आखाबाट आशुको ढिक्का खस्नै लागेको थियो हतपत पुसिदिए । काकाले आफ्नो छोरामा देखेको सपना आशुको ढिक्का सङ्गै पखालिदै गएको थियो । लगभग एक घन्टा बाहिर बसे पश्चात सिस्टर बोल्नुभयो " सुन्दरको मान्छे को हुनुहुन्छ ? उसलाई होस आएको छ भेट्न सक्नुहुन्छ ।"
एकाएक आखामा खुसिहरु मडारिएर आए । काका हत्तपत्त आशु पुछ्दै भित्र लाग्नु भो । म काकाको पछि पछि लागे । भित्र जाने बित्तिकै बाबुछोरा अङ्गालो हालेर हुन थाले । म छेउमा उभिरहे । बाबुछोराको रुवाईले मेरो मन थाम्न सकिरहेको थिएन । रोक्दारोक्दै कति खेर आशु खसिसकेछ पत्तो पाईन । " यो गरिबको पुकार भगवानले सुनिदिएछ । देखिस छोरा कोहि नहुनेको भगवान हुदो रहेछ । " काका बिलौना पोख्दै हुनुहुन्थ्यो ।
सुन्दर केहि बोल्न सकिरहेको थिएन । उसको सबै भाषा आखाले बोलिरहेको थियो । म एकोहोरो भएर सुन्दरलाई हेर्दै थिए हाम्रो आखा जुध्यो । एक्कासि बलजफ्ती रोकेर राखेको आशु बर्सातको झरी सरि बग्यो । म थाम्न नसकेर सुन्दरलाई अङ्गाल्न पुगे ।
बिस्तारै सुन्दरको स्वास्थ्यमा सुधार आउदै थियो । हामी खुसी थियौ । चिनेजानेका साथिभाई र आफन्तहरु फलफूल लिएर भेट्न आउन थाले । चाडै निको हुन्छ भनेर ढाडस दिएर जान्थे । करिब एक हप्ता अस्पतालमा भर्ना गरेर उपचार गरे पछि डाक्टरले एकदुई दिनमा डिस्चार्ज गर्न सकिने जानकारी दिए । काउन्टरमा रकम जम्मा गर्न भनेपछि फेरि अर्को समस्या आईपर्यो । अलि अलि भएको पैसा औषधि खरिद गर्दैमा सकियो अब कसरी काउन्टरमा रकम जम्मा गर्ने त ?
गरिबको लागी त उपचार गर्न पनि निकै गार्हो हुदोरहेछ । अलि अलि सास हुन्जेल सम्म उपचार गराउन पर्यो तर कसरी उपचार गराउने ? काका टाउकोमा हात लगाएर मेचमा झोक्राईरहनु भएको थियो । " काका के भो ? " मेरो बोलि सुनेर काका झस्कनु भो । "कान्छा अब पैसा कहाँ खोज्ने त ? अलि अलि भएको पैसा पनि सकियो । अब घर फर्कने पैसा छैन । निकै गार्हो पर्ने भो त " उदास र मलिन आवाजमा काका बोल्नु भो । म काकाको कुरा सुनेर चुपचाप जुरुक्क उठेर अस्पताल प्रशासनमा गए ।
व्यवस्थापकको ढोकामा पुगेर भित्र जान अनुमती मागे । उहाँले बस्न आग्रह गर्नु भो । म मेचमा बसे । " सर म सुन्दरको मान्छे । सुन्दरलाई पुनर्जीवन दिएकोमा यो अस्पताल प्रती आभारी छौ । हामी गरिबले त उपचार गर्न पनि निकै गार्हो पर्ने रहेछ । अलि अलि भएको पैसा पनि सबै औषधिमा सकियो । अब औषधिसमेत किन्ने पैसा छैन । अस्पतालबाट डिस्चार्ज गर्ने पैसा कसरी जोहो गर्ने हामी त निकै समस्यामा पर्यौ सर । के गर्न सकिएला त ? " मैले एकै चोटी दुखेसो पोखे । केहि समय सुन्यता छायो । एकछिन पछि "म बिचार गर्छु तपाई अहिले जानुस " भनेर भन्नु भयो । म फर्किए ।
कहिले हर्षको आशु त कहिले दुखको आशु । सुन्दरलाई ठिक भएर हर्षको आशु खस्न नपाउदै फेरि पैसा कसरी तिर्ने भन्ने पिरले काका आशु बगाउदै हुनुहुन्थ्यो । काकालाई सम्झाएर भने " काका पिर नगर्नुस । म बन्दोबस्त गर्छु पैसाको । आखिर जे हुनु भैसक्यो । अब सबै ठिक हुन्छ । मैले माथी गएर पनि कुरा गरेको छु । सायद गरिदिनु हुन्छ । म संघमा पनि कुरा राख्छु । त्यताबाट पनि अलिअली रकम निकाल्न सकिएला । पिर नगर्नुस काका ।" काका अलि अलि भए पनि हासिलो हुनु भो ।
आशाको सानो त्यान्द्रो मात्र बाकी भए पनि खुसी हुन सकिदो रहेछ । आसले नै बाच्न सिकाउदो रहेछ । काकालाई सम्झाई बुझाई गरेर म त्यहाँबाट निस्किए । मान्छेहरु आसा देखाई निराशाको तुसारापात गर्न पनि पछि पर्दैनन् । मलाई तेहि कुराको डर थियो । म अस्पतालबाट निस्किएर सरासर संघको अफिसमा पुगे । त्यहाँ कुराकानी पछि जे नहुनु पर्ने थियो ठ्याक्कै तेहि भयो ।
अफिसबाट अलि अलि केहि सुनुवाइ गर्न सकिने जस्तो कुरा आयो तर कहिले चाही फिक्स भएन । सुन्दरलाई छिटो भन्दा छिटो डिस्चार्ज गर्नु पर्नेछ । यहाँको कुराले केहि ढिलो हुने जस्तो देखियो । घटनाको बारेमा राम्रो सङ्ग बुझेर छलफल पछि मात्र राहत स्वरुप केहि रकम आउने रहेछ । गरुङ्गो मन लिएर फर्किए ।
अस्पतालबाट डिस्चार्ज रिपोर्ट लेखिदियो । उपचार खर्च कसरी तिर्ने भन्ने कुराले झन चिन्तित बनायो । अस्पतालबाट कुनै किसिमको छुट गर्न नसकिने जानकारी आयो । काका फेरि घर फर्कनु भयो । जाने बेलामा काकाले भन्नु भयो " अलि अलि सर सापट गरेर भए पनि छोराको उपचारमा लागेको खर्च तिर्नु पर्यो म गाउँ जान्छु तिमि सुन्दरको ख्याल गर है बाबु" हुन्छ भनेर काकालाई फेरि गाउ पठाए ।
काका गाउँ फर्किए पछि झन मलाई आर्थिक समस्या पर्न थाल्यो । सुन्दरलाई कुरुवा बस्ने कि म बाहिर पैसाको जोहो गर्ने ? झन गार्हो हुन थाल्यो । संघका पदादिकारिहरु अस्पतालमा आए । मैले फेरि सोधे के हुदैछ त भनेर ? सुन्दरको सदस्यता पत्र माग्यो । त्यो भए पछि दुर्घटना भएको ठाउँमा अवलोकनको लागी गयौं । सुन्दरको दुर्घटना भएको स्थलमा पुगेर अवलोकन गरेपछी थाहा भयो सुन्दरलाई करेन्ट कसरी लागेको भनेर । सस्तो र कमसल तारको प्रयोग भएको र सेफ्टी टुलको प्रयोग बिना नै काम गरेको हुँदा सो दुर्घटना भएको रहेछ ।
दुर्घटना भएको घरबेटी सङ्ग भेटेर कुराकानी गर्यौ । घरबेटीले पनि आफुले सस्तो तार किनेर केहि पैसा बचाउन खोज्दा दुर्घटना भएको स्वीकार गर्यो र सुन्दरको उपचारमा लागेको खर्च बेहोर्ने कुरा स्वत स्फुर्त रुपमा स्विकार्दै हामी सबै अस्पतालमा फर्कियौ । अस्पतालमा भएको उपचार खर्चको लागी पैसा जम्मा गरिसकेपछी सुन्दरलाई भेट्न सबै जना गयौ । आफ्नो गल्तिले दुर्घटना भएको भन्दै सुन्दरसङ्ग माफी माग्यो । सुन्दरले पनि आफुले सेफ्टी टुलको प्रयोग बिनानै काम गरेकोले यस्तो भएको स्वीकार गर्यो ।
सुन्दरलाई कोठामा ल्याए पछि बिस्तारै सुधार आउदै गयो । गाउँ बाट काकी सङ्गै भाई बहिनी पनि आएका थिए । आफ्नो परिवार सङ्ग बस्न पाउदा सुन्दरले पनि आफ्नो पिडा अलि हलुङ्गो महसुस गरेको थियो । सुन्दरको ओठमा फेरि पुराना खुसिहरु फर्किएको थियो । अब फेरि आफ्नो कामलाई निरन्तरता दिन परिहाल्यो । म पनि काममा जान थाले । करिब एक महिना पछि सुन्दर पनि काममा जान सक्ने भयो ।
संघमा छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको थियो । सुन्दरले आफ्नो घटना पनि सुनाउने मौका पनि पायो । काममा हुन सक्ने सम्भावित दुर्घटनाबाट कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर छलफल गरियो । जोखिमलाई हटाउन सेफ्टी टुलको प्रयोग अनिवार्य गर्न पर्ने , गुणस्तरीय तार र सामानको प्रयोग गर्ने गराउने , रेट दर भाउमा एकरुपता ल्याउने, समय समयमा तालिम तथा भेटघाट गर्नु पर्ने , जस्ता कुराहरु छलफलबाट निस्केको थियो । त्यस पछि गरेका काम हरुमा कहिले पनि हेलचक्राई गरेनन । काम गर्दा सधैं सुरक्षित भएर काम गर्न थाल्यो । अरुलाई पनि सोहि सल्लाह दिन्थ्यो । अहिले सुन्दर पनी पुरै निको भैसकेको छ । खुसी भएर आफ्नो काम गर्छ । यहि काममा नै सन्तुष्ट छ ।
Sunday, June 18, 2017
प्रिय सुन्दरीजल
प्रिय सुन्दरीजल
तिमिलाई भेट्न मन नभएको पनि कहा हो र ? एक पल्ट अस्ति नै आउदा कति लजाएकी थियौ है तिमि । मलाई त भुल्यौ होला है तर मैले त सम्झिरहेको छु । तिम्रो यादले खुब गार्हो भएको थियो । अस्ति नै आउन मन लागेको थियो तर हेरन समय नै मिलेन । आज बल्ल आउन पनि कति गार्हो परेको थियो । एक्लै आउदा अरुले शंका गर्ला भनेर म त साथी अनि बैनिहरुलाई नै लिएर आएको छु ।
कलन्किबाट गाडी चडेर जोरपाटी झरियो अनि फेरि खचाखच भरिएर बल्ल तल्ल आएपुगे तिम्रो सामु । तिमि पनि म आएको देखेर कति खुसी भएकी थियौ है । मख्ख परेकी थियौ । म त लाजले पानी पानी भएको थिए । अनि एउटा गोप्य कुरा के छ भने नि तिमिलाई भेट्न आउने योजना एक महिना अघिको हो । एकमाहिना अघि देखी तिमिलाई खुब मिस गरेको थिए । तर हिजो फिक्स भयो आज आउने भनेर ।
अशिमलाई लेराउन अति गार्हो पर्यो नि तिमिलाई के थाहा । कति गरेर बल्ल लेराए । हिजो नौ दस बजे सम्म पनि आज आउने कुरा फिक्स भाको थिएन तर कुरा नमिल्ने हो कि भनेर कति दुखी थिए । बैनिहरु त तिमिलाई हेर्न भनेर अस्ति नै देखी खुट्टा उचालेर बसेका थिए। मख्ख परेकी छिन बैनीहरु पनि । फेरि आउने है दादा भन्दैछिन मुसि बैनी त झन ।
तिमि पनि निकै माथी बसेको छौ के । बैनिहरु त उकालो चढ्न पनि तिन चार ठाउँमा बस्दै चढेको । सहरको कोलाहल बाट मुक्त भएर तिम्रो त्यो शितल काखमा हराउन पाउदा को चाही खुसि नहोला र है । आज भोली त पहिले जस्ती राम्री रहेनछौ । तिम्रो त्यो झरना बाट झरेको केश पनि अहिले त पातलो भएछ । बर्सात हुदैछ अब फेरि पलाएर बाक्लो अनि लामो हुन्छ कि ? अहिले सम्म त यस्तो अवस्थामा छौ झन फाल्गुन चैतमा कस्ती भएकी थियौ होला है । सायद तिमि बिरामी पो पर्यौ कि ? तर मलाई भनेनौ । हुन त म पनि आइन नि है । अब म आए पिर नगर ।
आज दिन भर त खुबै रमाइलो भयो नि । सम्झना अनि बिर्सनाको लागी फोटो पनि खिच्यौ । सायद असार साउन लागेर होला तिमि त सरियो साडिमा सजिएकी रहेछौ । तिमिलाई त हरियो साडिमा साच्चै परि जस्तै देखिएकी छौ । तर पहिलेको जस्तै त्यो लाली जोबन अनि मुस्कान भएको भए त झन कस्ती देखिन्थ्यौ होला । म त तिमिलाई जति हेरे पनि हेरिरहु जस्तो लाग्छ ।
तिमि संगै बसिरहन मन थियो तर के गर्नु अरुले नराम्रो नजर लगाउलान भनेर फर्किन लाग्दा तिमि किन रोएकी ? म फेरि फेरि आउछु नि चिन्ता नगर । तिमिलाई सम्झिरहन्छु । मलाई पनि नभुल है । तिमिलाई रोएको सुहाउदैन । बिदा गर्दा रोएर होइन हासेर गर्नुपर्छ । टाढा भएर पनि तिमिलाई असीमित यादहरु रुमालमा पोको पारेर पठाउछु । तर अर्को पल्ट आउदा नरुनु है । यसपाली त पुरै रुझायौ आशुले । म पनि रोइदिए तिम्रो आशुले जित्यो क्यारे अरुले देखेनन । नत्र कस्तो रुञ्चे भन्दा हुन है । तिमिलाई बिदाईको हात हल्लाउदै म फर्किदै छु । तिमि राम्रो सङ्ग बस्नु है । म अहिले छुट्टिए । बाई ।
Wednesday, June 14, 2017
बाले छानेको केटि
भाग दुई
उफ्फ बाले त फेरि बिहेको कुरा चलाउन लाग्नु भएछ । यसो बिचार गरे कति पल्ट बहाना बनाएर कुरा टारु । आखिर बिहे त गर्नु नै छ क्यारे । कुरो अगाडि बढे पनि केहि छैन सजिलो उपाय त अन्तिममा मन परेन भन्दिए भैहाल्यो । बाबु आमाको मन पनि त राखिदिनु नै पर्यो क्यारे ।
" ल ल तपाईहरु नै भन्नु हुन्छ भने मेरो भन्नु केहि छैन । कस्तो केटि हो अलि राम्रो सङ्ग बुझेर मात्र कुरा गर्नुस । मलाई यहाँ आफ्नो जिउ त पाल्न गार्हो भाको बेला अर्काको छोरी ल्याएर चाही के पो गर्नु ?"
"हेर बाबु बिहे एकपल्ट नगरी भाको छैन । जे कुरा पनि बेलैमा गरे राम्रो हुन्छ । बेलैमा मेलो लागे पो सकिन्छ त । केटि सानो गाठिकी काली काली हिस्सी परेकी छे । भर्खरै सरकारी जागिर खाएकी रहिछे । उस्ले आफ्नो जिउ आफै पाल्छिन । मलाई चाही हुन्छ झै लाग्यो । अब त के भन्छस । "
" हामिलाई मात्र भएर हुदैन बा । जागिरे हो भने त हामिलाई के पत्याउलान र खै । जागिरको अहम हुन्छ । खै बा कुरा गर्न व्यर्थ होला झै लागेको छ मलाई त । "
"तेरो मामा सङ्ग कुरा गरेको छु । मामाको नजिकको नाता रहेछ । मामाले भने पछि फरक जादैन । म कुरा गर्न लगाउछु । बरु केटि चाही त भन्दा दुईतिन वर्ष जेठी छिन रे । तर दुईतिन वर्षले खासै फरक पार्दैन । "
" ल ल बा बरु मोबाइल नम्बर र नाम भए कुरा गर्न सजिलो हुन्थ्यो होला । हामी कुरा गर्छौ अनि घरमा कुरा पुर्याउला । मिले माग्न जाउला । नत्र किन दुख पाउने हैन र ?"
" ल ल खाना बनाएर खा । पछि कुरा गरुला । नम्बर थाहा भए पछि दिन्छु । "
फोन काटियो ।
मन मनै त्यो केटिको आकृती बनाउन खोजे । बाले भनेको जस्तै कालिकाली हिस्सी परेकी सानो गाठिकी ठिक्कको जिउ । उफ्फ आकृती बन्दै बनेन । नाम सोचे नाम पनि कुनै राम्रो लागेन । मनमा मनोबाद चलिरह्यो । आज आफ्नै मनहरु एक आपसमा खासखुस गर्दैछ तर म भने मौन छु । मनको कुरा सुनेर बसेको छु । आफुलाई कसैले जिस्काईरहेको गिज्याईरहेको जस्तो अनुभुती भैरहेको थियो ।
उफ्फ मनमा पनि के कस्ता तरङ्ग हरु आउदो रहेछ । बाले नै केटिको कुरा ल्याउनु भए पछि आफैमा जवान भएको महसुस गर्न पुगे । तर कस्तो विडम्बना मैले बिहे गर्ने केटिको न त नाम थाहा छ नत देखेको नत भेटेको । सङ्गै रहेर मन्दिरमा गई जुनि जुनि नछुट्ने कसम खाएकाहरु मन र शरिर एक अर्कामा साटेर त छुट्छ्न तर देख्दै नदेखेको मान्छे सङ्ग कसरी बिहे होला त खै । मैले मन पराए भने पनि उस्ले मलाई मन पराउलान त ? तेहि माथी म भन्दा हैसियत वाली रहिछे । जागिर खाएकि मान्छे केहि गरि बिहे भए पनि जागिरको फुर्ति गरिन भने त मजा आएन ।
आखिर जे भए पनि बालाई कुरा अघि बढाउन भनिसके । कुरा गरौला मिले भैहाल्यो नमिले पनि के फरक पर्ने हो र ? कुरा गर्दैमा कसैको इज्जत नै त जादैन नि । मैले मात्र भनेर भएन । जिवन साथी रोज्ने जस्तो कुरा दुइजना खुसी नभए त कसरी हुन सक्छ र । फेरि छिटो निर्णय गर्दा पछि पछुताउन पनि पर्न सक्छ । उसको कुरा पनि बुझौ के भन्छिन । मनमा कुरा खेलाउदा खेलाउदै भुसुक्क निदाएछु ।
भाग दुई
उफ्फ बाले त फेरि बिहेको कुरा चलाउन लाग्नु भएछ । यसो बिचार गरे कति पल्ट बहाना बनाएर कुरा टारु । आखिर बिहे त गर्नु नै छ क्यारे । कुरो अगाडि बढे पनि केहि छैन सजिलो उपाय त अन्तिममा मन परेन भन्दिए भैहाल्यो । बाबु आमाको मन पनि त राखिदिनु नै पर्यो क्यारे ।
" ल ल तपाईहरु नै भन्नु हुन्छ भने मेरो भन्नु केहि छैन । कस्तो केटि हो अलि राम्रो सङ्ग बुझेर मात्र कुरा गर्नुस । मलाई यहाँ आफ्नो जिउ त पाल्न गार्हो भाको बेला अर्काको छोरी ल्याएर चाही के पो गर्नु ?"
"हेर बाबु बिहे एकपल्ट नगरी भाको छैन । जे कुरा पनि बेलैमा गरे राम्रो हुन्छ । बेलैमा मेलो लागे पो सकिन्छ त । केटि सानो गाठिकी काली काली हिस्सी परेकी छे । भर्खरै सरकारी जागिर खाएकी रहिछे । उस्ले आफ्नो जिउ आफै पाल्छिन । मलाई चाही हुन्छ झै लाग्यो । अब त के भन्छस । "
" हामिलाई मात्र भएर हुदैन बा । जागिरे हो भने त हामिलाई के पत्याउलान र खै । जागिरको अहम हुन्छ । खै बा कुरा गर्न व्यर्थ होला झै लागेको छ मलाई त । "
"तेरो मामा सङ्ग कुरा गरेको छु । मामाको नजिकको नाता रहेछ । मामाले भने पछि फरक जादैन । म कुरा गर्न लगाउछु । बरु केटि चाही त भन्दा दुईतिन वर्ष जेठी छिन रे । तर दुईतिन वर्षले खासै फरक पार्दैन । "
" ल ल बा बरु मोबाइल नम्बर र नाम भए कुरा गर्न सजिलो हुन्थ्यो होला । हामी कुरा गर्छौ अनि घरमा कुरा पुर्याउला । मिले माग्न जाउला । नत्र किन दुख पाउने हैन र ?"
" ल ल खाना बनाएर खा । पछि कुरा गरुला । नम्बर थाहा भए पछि दिन्छु । "
फोन काटियो ।
मन मनै त्यो केटिको आकृती बनाउन खोजे । बाले भनेको जस्तै कालिकाली हिस्सी परेकी सानो गाठिकी ठिक्कको जिउ । उफ्फ आकृती बन्दै बनेन । नाम सोचे नाम पनि कुनै राम्रो लागेन । मनमा मनोबाद चलिरह्यो । आज आफ्नै मनहरु एक आपसमा खासखुस गर्दैछ तर म भने मौन छु । मनको कुरा सुनेर बसेको छु । आफुलाई कसैले जिस्काईरहेको गिज्याईरहेको जस्तो अनुभुती भैरहेको थियो ।
उफ्फ मनमा पनि के कस्ता तरङ्ग हरु आउदो रहेछ । बाले नै केटिको कुरा ल्याउनु भए पछि आफैमा जवान भएको महसुस गर्न पुगे । तर कस्तो विडम्बना मैले बिहे गर्ने केटिको न त नाम थाहा छ नत देखेको नत भेटेको । सङ्गै रहेर मन्दिरमा गई जुनि जुनि नछुट्ने कसम खाएकाहरु मन र शरिर एक अर्कामा साटेर त छुट्छ्न तर देख्दै नदेखेको मान्छे सङ्ग कसरी बिहे होला त खै । मैले मन पराए भने पनि उस्ले मलाई मन पराउलान त ? तेहि माथी म भन्दा हैसियत वाली रहिछे । जागिर खाएकि मान्छे केहि गरि बिहे भए पनि जागिरको फुर्ति गरिन भने त मजा आएन ।
आखिर जे भए पनि बालाई कुरा अघि बढाउन भनिसके । कुरा गरौला मिले भैहाल्यो नमिले पनि के फरक पर्ने हो र ? कुरा गर्दैमा कसैको इज्जत नै त जादैन नि । मैले मात्र भनेर भएन । जिवन साथी रोज्ने जस्तो कुरा दुइजना खुसी नभए त कसरी हुन सक्छ र । फेरि छिटो निर्णय गर्दा पछि पछुताउन पनि पर्न सक्छ । उसको कुरा पनि बुझौ के भन्छिन । मनमा कुरा खेलाउदा खेलाउदै भुसुक्क निदाएछु ।
Friday, June 9, 2017
बाले छानेको केटि
बा आमाको कान्छो छोरा म बाईस वर्ष पनि पुरा हुन लागेछ । अझै आफुलाई चाहि बच्चै जस्तो छु जस्तो लाग्छ । गालामा झप्प दारी अनि सिरुपाते जुँघाले आफ्नै साथी सङ्गी हरुले पनि चिन्न छोडिसके । सबै दाई दिदि हरुको घर जम भैसकेको अवस्था थियो । अब पालो चाही मेरो थियो । बजारमा पनि कस्तो यहि बेलामा आफुलाई नै लेखिएको गीत आएछ ।
यसपाली हिउदो महिनामा बिहे नगरी भाछैन ।
कन्याको ठहर ठेगाना केहि पनि टुङ्गो लाछैन । .........खुब सुनियो यो गित पनि ।
कहिलेकाहीँ घर जादा आमाले दारी काट्न के जोगि जस्तो भएर हिडेको भन्नुहुन्थ्यो । नाई के कति काट्नु फेरि आईहाल्छ । छोरा मान्छे हो दारी नआए के आउछ त भनेर टारिदिन्थे । बा आमालाई चाही छोराले दारी पालेर बुडो देखिएर तनाब भएको रहेछ । सबैको बिहे भैसक्यो अब कान्छाको पनि जोडि बाधिदिन पाए त आनन्दले मर्न पाईन्थ्यो भनेर बा आमा कुरा गरेको सुन्थे ।
आफुलाई भने केहि गरेर मात्र बिहे गर्ने सोच थियो । कुनै कामको टुङ्गो छैन । बिहे गरेर चाही के गर्नु नि । अहिले आफु नै बा आमाको भरमा छु झन बिहे पछि अर्को बोझ किन थप्नु र भन्ने सोचेको थिए । बा आमाले बिहेको लागी निकै कर गरिरहनुहुन्थ्यो । मैले बिहे गरेर झन तपाईहरुलाई बोझ थपिन्छ । दाईहरुले बिहे गरेर के सुबिस्ता भयो खै ? आखिर उहि होइन र ? यस्तै कुरा गरेर सम्झाउथे ।
सानो तिनो पसल गरेर आफ्नो पेट पाल्न थालेको थिए । पसलबाट डेरा जादै गर्दा बा को फोन आयो । फोन उठाए "त सङ्ग जरुरी कुरा गर्नु छ । काहा छस" भन्नुभो ।
"म गाडीमा छु बा किन के कुरा हो र भन्दा हुन्छ नि भन्नु न । " मैले जवाफ फर्काए ।
"ल ल कोठामा पुगेर फोन गर अहिले राखे " यति भनेर फोन राख्नु भो ।
मनमा अनेक कुराहरु खेल्न थाले । के कुरा रहेछ गाडिमा भन्न नहुने । अरु बेलामा सन्चो बिसन्चो सोध्नु हुन्थ्यो तर आज जरुरी कुरा छ भनेर राखिदिनु भो त । के कुरा अनुमान नै गर्न सकिन । सोच्दा सोच्दै कोठामा पुगे । अनि फोन गरे ।
"बा के जरुरी कुरा हो भन्नु त ? "
" तेरो लागी बुहारी हेरेको छु । तेरो भन्नु केहि छ ? "
"बुहारी ?"
बा आमाको कान्छो छोरा म बाईस वर्ष पनि पुरा हुन लागेछ । अझै आफुलाई चाहि बच्चै जस्तो छु जस्तो लाग्छ । गालामा झप्प दारी अनि सिरुपाते जुँघाले आफ्नै साथी सङ्गी हरुले पनि चिन्न छोडिसके । सबै दाई दिदि हरुको घर जम भैसकेको अवस्था थियो । अब पालो चाही मेरो थियो । बजारमा पनि कस्तो यहि बेलामा आफुलाई नै लेखिएको गीत आएछ ।
यसपाली हिउदो महिनामा बिहे नगरी भाछैन ।
कन्याको ठहर ठेगाना केहि पनि टुङ्गो लाछैन । .........खुब सुनियो यो गित पनि ।
कहिलेकाहीँ घर जादा आमाले दारी काट्न के जोगि जस्तो भएर हिडेको भन्नुहुन्थ्यो । नाई के कति काट्नु फेरि आईहाल्छ । छोरा मान्छे हो दारी नआए के आउछ त भनेर टारिदिन्थे । बा आमालाई चाही छोराले दारी पालेर बुडो देखिएर तनाब भएको रहेछ । सबैको बिहे भैसक्यो अब कान्छाको पनि जोडि बाधिदिन पाए त आनन्दले मर्न पाईन्थ्यो भनेर बा आमा कुरा गरेको सुन्थे ।
आफुलाई भने केहि गरेर मात्र बिहे गर्ने सोच थियो । कुनै कामको टुङ्गो छैन । बिहे गरेर चाही के गर्नु नि । अहिले आफु नै बा आमाको भरमा छु झन बिहे पछि अर्को बोझ किन थप्नु र भन्ने सोचेको थिए । बा आमाले बिहेको लागी निकै कर गरिरहनुहुन्थ्यो । मैले बिहे गरेर झन तपाईहरुलाई बोझ थपिन्छ । दाईहरुले बिहे गरेर के सुबिस्ता भयो खै ? आखिर उहि होइन र ? यस्तै कुरा गरेर सम्झाउथे ।
सानो तिनो पसल गरेर आफ्नो पेट पाल्न थालेको थिए । पसलबाट डेरा जादै गर्दा बा को फोन आयो । फोन उठाए "त सङ्ग जरुरी कुरा गर्नु छ । काहा छस" भन्नुभो ।
"म गाडीमा छु बा किन के कुरा हो र भन्दा हुन्छ नि भन्नु न । " मैले जवाफ फर्काए ।
"ल ल कोठामा पुगेर फोन गर अहिले राखे " यति भनेर फोन राख्नु भो ।
मनमा अनेक कुराहरु खेल्न थाले । के कुरा रहेछ गाडिमा भन्न नहुने । अरु बेलामा सन्चो बिसन्चो सोध्नु हुन्थ्यो तर आज जरुरी कुरा छ भनेर राखिदिनु भो त । के कुरा अनुमान नै गर्न सकिन । सोच्दा सोच्दै कोठामा पुगे । अनि फोन गरे ।
"बा के जरुरी कुरा हो भन्नु त ? "
" तेरो लागी बुहारी हेरेको छु । तेरो भन्नु केहि छ ? "
"बुहारी ?"
Friday, May 26, 2017
चर्तीकला - कविता
चर्तिकला!!!
*****
सहरका एक हुल रैथान चराहरु
आमरण अनशनमा बसेका छन्
शिहदरवार अगाडि
पखेटाको तस्विर बोकेर,
प्रखाल झै उभिएका छन्
केही टुकडी सिपाइका छातीहरु
बन्दुक भिरेर।
तत्क्षण
अर्ध पित चन्द्र सुर्य
बतासीदै बतासमा
एक फन्को मार्छ
सालिक आँखाको समान्तर रेखा
र फ्यात्त झर्छ
सडकको खल्तिमा
सात टुक्रा भै।
देखापर्छन चोकमा
केही बुढा रुखहरु
रक्ताम्य बुटहरु
एकहुल घाम किराहरु
रङ्गी चङ्गी पुतलीहरु
आईपुग्छन्
अघाएका केही पेटहरु
र
पाट्छन् एकलट
प्राग ऐतिहासिक पाद
गनाउछ ऐतिहासिक दस्तावेज ।
लगतै
निस्कन्छ सिंहदरबार बाट
एउटा ठूलो गिद्द
टिप्छ ती सात टुक्राहरु
र
बतासिन्छ दक्षिण तिर।
अकस्मात
भिडमा धाग दौड मचिन्छ
छरपस्ट हुन्छन् रैथाने चराहरु
कुल्चिए पखेटाका तस्विरहरु राता बुटहरुले
ढल्यो गर्ल्याम्म बूढो रुख
तितर वितर भए घामकीरी र पुतलीहरु।
घाइते रैथाने चराहरुको हलबाट
एउटा मसिनो आवाज सुनिन्छ-
बा!!! ए!! बा!!
खेलौना जसरी नङ्ग्रामा अठ्याए देश
कहाँ जादैछ सरकार???
© रशिक राज
Wednesday, May 3, 2017
रात परे पछि - अविशेक श्रेष्ठ वियोगी
गजल
जब भट्टिले बास्ना पठाउछ रात परे पछी
पुजारी मुख छोपी आउछ रात परे पछि
जब लाग्छ सराबको नशा सुरु हुन्छ प्रवचन
के पाप के धर्म भनि सिकाउछ रात परे पछि
दिनभरि नारीवादी भाषण दिन्छ गफ चुट्छ,
सधै रातकी रानीसङ्ग रमाउछ रात परे पछि
सबै सबै स्वार्थी छन आफ्नो भन्नु कोहि छैन
हेर्नुस आफ्नै छायाले बताउछ रात परेपछी
Thursday, April 27, 2017
परिकी आमा - अविशेक श्रेष्ठ वियोगी
परिकी आमा
माघको त्यो पारिलो घाममा सनिवारको नुवाई धुवाई सकेर मोबाइलमा फेसबुक चलाउदै थिए । फेसबुकको भित्तामा नियाल्दै गर्दा एउटी सुन्दरी युवतीको फोटो भएको आई डीबाट फ्रेन्ड रिक्वेस्ट आयो । एसेप्ट गरी हालौ जस्तो लाग्यो तर नाम हेर्दा फेक आई डी जस्तो लाग्यो । म पुराना ती दिनहरू सम्झिए र झस्किए । केटा साथीहरूले फेक आई डी बाट अति दुख दिन्थे । फेरी आज पनि तिनै केटाहरूले दुख दिन लागे भनेर एसेप्ट गर्न चाहिन । उसको प्रोफाईल चेक गरे । मात्र एउटा फोटो रहेछ जुन प्रोफाईलमा थियो । नाम हेर्दा केटीलाई बुझाउने सर्वनाम थियो । फोटो एउटा मात्र । साथीहरू पनि धेरै थिएन ।
मनमा खुल्दुली लाग्यो । के गरुँ के गरुँ भयो । आखिर के नै गर्न सक्थे र । वश एसेप्ट गरे । मनमा चिसो पस्यो । उनी त अफलाईन भैसकेकी रहिछिन । उनिको प्रोफाइल हेरेर नै चित्त बिझाए । उनी फेरि अनलाइन आउछिन भन्ने आशामा एक घन्टा कुरे तर आउने कुनै छाटकाट देखिएन । कुनै केटिको फ्रेन्ड रिक्वेस्ट आउनु त कता हो कता भएकाहरुले पनि कुरा गर्दैनन् थे । तर आज एक्कासि यसरी सुन्दरी केटिले रिक्वेस्ट पठाउदा मन साच्चै प्रफुलित थियो । मनमा अनेकौं तर्क बितर्क खेल्न थाल्यो । म त कस्तो पागल भएछु हैट । के के पो सोच्न थालेछु । फेरि सोचे कुन केटाले आज मलाइ उल्लु भनाउदै छ । म चाहिँ सपनामा हराउन पुगेछु ।
बेलुका खाना खाएर फेरि फेसबुक तिर छिरे । फेसबुक चलाउनु दिनचर्या नै थियो मेरो । "हाई " भनेर म्यासेज देखे । म्यासेज उसैको थियो जो दिउसो एसेप्ट गर्नेवाली थिई । मनमा कता कता फेरि बसन्तका पालुवा पलाउन थाले । हतार हतारमा रिप्लाई गरे "हजुर" । "के छ खबर सन्चै छौ ?" भनी उताबाट चिनजानको जसरि रिप्लाई आयो । म अलमल्ल परे । "मलाई चिन्छौ" भनेर प्रतिउत्तर दिए ।
"नाई चिन्दिन । तिम्रो लेखहरु मन पर्छ अनि एड गरेको नि "
" ए ए सन्चै छु । तिमिलाई नि "
" ए मलाई नि सन्चै छ । कसरी लेख्छौ यति मिठा लेखहरु ? "
" लेख्दै गर्दा आउदो रहेछ नि "
" ल ल लेख्दै गर ल । पछि कुरा गर्छु नि है बाई" यति भनेर अफलाईन भई ।
छिनमै आई र सपना सरि बिलाई । के के भनुला भन्ने सोचमा थिए तर कुरै नसुनी अफलाईन भइ । आखिर सुन्न पनि को नै हु र म । बित्थामा म पनि के के सोच्न पुगेछु । "हस" भनेर पठाए तर म्यासेज सिन भएन । नाम पनि सोध्न भ्याएन छु । भोलि अनलाइन आई भनी सोधौला भनी सुत्ने तरखर गरे तर निद आएन । फेरि उसको प्रोफाइल हेरे । उसको प्रोफाइलको फोटो हेर्दै कति बेला निदाएछु पत्तो पाईन । भोलि पल्ट बिहान भालेको डाकोले निद्रा खुल्यो । फेरि हतार हतार फेसबुक खोले । उनी अफलाईन नै थिइन ।
फेसबुकमा एउटा स्टाटस राखे " कसैको आगमनले साच्चै मन प्रफुलित भएको छ ।"- फिलिङ ह्याप्पी ।
फेसबुकमा स्टाटस राखेर डाटा अफ गरे । उठेर आफ्नो काम तिर लागे । बिहानको करिब आठ बजेतिर फेरि फेसबुक खोले । थुप्रै लाईक र कमेन्ट आएको रहेछ । बधाई छ, को आईन फेरि, ल ल प्रगती गर्नु जस्ता कमेन्ट आएको थियो । कमेन्टको भिडमा उनिको कमेन्ट पनि थियो " को होला त्यो भाग्यमानी जो तिम्रो जिवनमा आगमन भएको छ ।" रिप्लाईमा " तिमी नै हौ भाग्यमानी " भन्न टाईप गरे । तर फेरि हटाए । नचिनेको मान्छेलाई सुरुमा नै तेसो भन्न पनि चाहिन । केटाहरुको काम पो हो कि अझै म दुविधामा नै थिए ।
न त नाम थाहा छ । न त भेटेको नै छ न त देखेको नै । तै पनि उसको एउटा फोटोले नै जिवनमा अनौठो परिवर्तन आउदै थियो । उसलाई भेट्न पाए जस्तो, बोल्न पाए जस्तो हुन थाल्यो ।
अनलाईन चेक गरे । उनिलाई अनलाइiनमा देखे । म्यासेज पठाए "हाई के छ खाना भयो त" तत्काल रिप्लाई आयो "ठिक छु । अब एकछिनमा खाने । खाना त पाक्दैछ । " "ए ल ल मलाई पनि है खाना" जिस्किएको जस्तै गरि प्रतिउत्तर दिए । "भै हाल्छ नि आउन । म पकाएर राख्छु नि ।" उसको रिप्लाई आयो ।
म : कता आउनु नि ?
उनी : मेरो घरमा ।
म : कता हो र तिम्रो घर ?
उनी : खादबारी ।
म : के भनेर चिन्छन नि तिमिलाई ? म त मान्छेहरुलाई सोध्दै आउछु नि ।
उनी : छुच्ची काली ।
म : नाम त होला नि । फेसबुकमा भएको नामले कसरी चिन्नु ?
उनी : हिहिहिही है ।
म : हाहाहा....
म : अ साच्चै भन त तिम्रो नाम चै t?के रे ।
उनी : सुस्मिता लामा ।
म : आहा कति राम्रो नाम । किन अरु नाम राखेको नि ?
उनी : तेतिकै राख्न मन लाग्यो अनि राखेको नि ।
म : ए ल ल ।
यस्तै यस्तै कुरा कानी चलिरह्यो । सधैं सुनसान छाउने मेरो फेसबुकको इनबक्स यसरी म्यासेजले भरिदा कुन केटाको मन खुसी नहोला र ? कुरै कुरामा फोटो पठाउन आग्रह गरे । उताबाट फ्याट फोटो पठाई । नदिको किनारमा दुई हात फिजाएर उड्न खोजेको जस्तो अवस्था , गोरी बाटुलो अनुहार, भेस्ट र जिन्सको पाईन्टमा सजिएको, लामो केश तेहि माथी हावाले हल्का उडाएको । "आहा कति सुन्दर तस्वीर ।" मन मनै सोचे । फेरि म्यासेज गरे " यति राम्री मान्छेको नाम चै छुच्ची काली । सुहाएन है ।" उताबाट हासेको स्टिकर आयो । म्यासेन्जरमा उसको नाम छुच्ची काली ( सुस्मिता लामा) राखे । अनि पछि कुरा गर्ने है भनेर छुट्टियौ ।
बिस्तारै फेसबुकमा कुराकानी बाक्लिदै गयो । फुर्सद भयो कि फेसबुक खोलिहालौ जस्तो लाग्थ्यो । अनि उसको उपस्थिति छ कि छैन हेरिहाल्ने । अफलाईन भए पनि म्यासेज छोडिहाल्थे । उसले पनि अनलाइन आउदा म्यासेज छोडेर जान्थिन । म आफुलाई मन परेका सायरीहरु म्यासेज गरिरहन्थे । कति सायरीहरु उसले पनि पठाउथ्यो । रमाइलो सङ्ग नै फेसबुकमा कुराकानी चलिरहन्थ्यो ।
एकदिन बेलुका खाना खाएर फेसबुक खोले । सुस्मिता पनि अनलाइन नै रहिछिन । नम्बर लिए अनि मेरो नम्बर पनि दिए । अब फोनमा पनि कुराकानी गर्ने है भन्दा हस भनेकि थिइन । मैले लव साईन स्टिकर पठाए । उताबाट पनि तेस्तै सुहाउँदो स्टिकर फिर्ता आयो ।
"म तिमीलाई माया गर्छु काली । के साँच्चै मलाई साथ दिन्छौ ?" यसै भनेको थिए उसको ईन्बक्समा । तुरून्तै रिप्लाई दिई " जुनी जुनी साथ दिन्छु भनेर स्वास्नी बनाएर लानेले त जीन्दगीबाटै लात मार्यो । तिमी त फेसबुकमा भेटिएको मान्छे । कसरी माया गर्छौ भनेर विश्वास गरू ? " म्यासेज हेरेर झसङ्ग भए ।
उनको म्यासेजले मलाइ स्तब्ध बनायो । उसको लागि दिने कुनै पनि प्रती उत्तर थिएन । कस्तो नमज्जा लाग्यो । आखिर म उसको फोटोमा हेरेर नै लठ्ठ परेको थिए तर वास्तविकता आफुले सोचेको भन्दा धेरै फरक पाए । आफुले सोचेको सबै कुरा हुन्थ्यो त किन दुखी हुनु पथ्यो र ? कहिले काहिँ आफुले सोच्दै नसोचेको नमिठा अनि तिता र कहिले भुल्न नसक्ने पलहरु जिवनमा आईपर्दो रहेछ । उनको म्यासेजले केही कुरा सिकाएको थियो ।
उनले आफ्नो वास्तविकता बताई या म सङ्ग टाढिन यस्तो कुरा गरिन त्यो त मैले बुझिन । उसको यस्तो प्रती उत्तरले मन सुकेको थियो । मन भरि सङ्गालेर राखेको माया अन्जानमा छताछुल्ल पोखिएका थिए । म मौन रहे । आखिर के नै भन्न सक्थे र ? कसैले माया दिने बहानामा स्वार्थ लुटेर उनिलाई नाङ्गो रुख जस्तो बनाएको रहेछ । तेहि घाउ माथी मैले पनि फेरि मायाको आशा देखाउदा उसले कसरी विश्वास गर्न सक्ला र ? मैले गर्ने माया दबाएर राखे ।एकोहोरो माया आखिर एकोहोरो नै हुदो रहेछ । उसलाई आफ्नो पागलपन देखाउन चाहिन ।
हामी पहिले जस्तै हासिमजाक अनि तिता मिठा कुराहरू गर्न त सकिन्छ । बरु असल साथी भएर बस्न सक्छौ । एक अर्काको, सुख दुख बाड्न सक्छौं नि भन्ने बिचार आयो । मैले उनी सङ्ग माफी माग्दै म्यासेज गरे " आखिर मैले तिम्रो मन दुखाउन यो सब गरेको होइन । मलाई पनि त थाहा थिएन तिम्रो वास्तविकता । कसैले कसैलाई माया गर्न त पाउछ नि है । तिमी नै भन मेरो मायालाई तिमी कुन रुपले लिन्छौ ? " म्यासेज हेरेर अफलाईन भइन । कुनै प्रतिक्रिया नै नदिई यसरी अफलाईन भए पनि मलाई लाग्यो उनलाई ठूलो चोट परेको रहेछ । बाहिर ओठमा मुस्कान लिएर पनि भित्र जलन हुदो रहेछ । देखावटी हासो हासेर र एकान्तमा धेरै रुदो रहेछ मान्छे । आखिर जिन्दगी के छ र दुइदिनको नासो नै त हो नि । जति दुख परेपनी देखाउन नमिल्ने रहेछ । यस्तै यस्तै बुझे मैले ।
मलाई उसको पुरै वास्तविकता जान्न मन लाग्यो । आखिर मान्छेको मन भित्र को पसेर हेर्न सकिदो रहेछ र । मान्छेको अनुहार हेरेर नै उसको मन बुझ्न सकेको भए आज यस्तो अवस्थामा पुग्ने थिएन । तर नसकिदो रहेछ । मैले उसको मन दुखाउन यो सब गरेको थिइन । मेरो पनि त मन नै हो अन्तर कुन्तर बाट उसको लागि माया पलायो त मेरो के दोष । फोन गरे फोन रिसिभ भएन फेरि पनि गरे फेरि पनि भएन । मन गर्हौ भयो । दुइतिन दिन तेतिकैमा बित्यो । न फेसबुकमा नै आईन न त फोन नै गरिन । बल्ल तल्ल तीन दिन पछि फेसबुक झुल्किईन । साच्चै खुशी छाएको थियो मेरो मनमा । फेसबुकमा रिप्लाई दिईन " तिमी त म सङ्ग रिसायौ होला है । म तिमी सङ्ग रिसाएको छैन । तिमिले मलाई जुन माया देखायौ यस्तो मायाले म हायल कायल भएको छु । मलाई अन्यथा नसोच्नु । म त बिग्रेको मान्छे मेरो पुरै वास्तविकता बुझ अनि मात्र निर्णय गर । पछि तिमिलाई पनि त अफ्ट्यारो पर्न सक्छ ।"
उसको कुरा पनि मनासिब नै थियो । के प्रेम भनेको केटाकेटीको खेल मात्र हो र ? हासिकमजाक मात्र प्रेम हो र ? उसको म्यासेजले मलाई लज्जित बनायो । एक पल्ट गहिरिएर सोचे । आफैलाई आफुले नै काउकुती लगाएको अनुभुती भयो । मैले गरेको प्रेम सम्झिए उसको म्यासेज सम्झिए । म त उसको सुन्दरतामा विलिन भएको थिए । मात्र बाहिरी आवरणमा मात्र प्रेम गरेको रहेछु । सम्झिए एकोहोरो मेरो प्रेम । सम्झिए एकोहोरो झुकाव । सम्झिए आफुलाई अनि उसलाई पनि । आफ्नो उ प्रतिको प्रेम नुन खुर्सानी नलागेको तरकारी जस्तो खल्लो लाग्यो । फेक आई डि बाट त धेरै पल्ट झुक्किएको थिए केटाहरूको बदमासीले । तर आज आफ्नै आखाले अनि मनले पनि झुक्याएर खिसी गरिरहेको थियो । जिस्काईरहेको थियो मलाई आफ्नै मनले "फेरि नमज्जाले झुक्कियौ है भन्दै ।" आखिर जे भएपनी म विवस थिए । चुपचाप सहिरहे ।
उसले आफुलाई म त बिग्रेको मान्छे भन्दा आफैले गल्ती गरेको महसुस भयो । मेरो कारणले नै उसले आफुलाई बिग्रेको मान्छे भन्न बाध्य भईन। म्यासेज टाईप गरे " म तिमि सङ्ग फोनमा कुरा गर्छु । मिल्छ भने रिसिभ गर । केहि कुरा बुझ्नु छ । जान्नु छ तिम्रो वास्तविकता । भन्नै पर्छ भन्ने कर पनि गर्दिन । तिम्रो खुसीको कुरा । भन्न मन लागे भन्न सक्छौ नलागे पर्दैन ।" समय तेस्तै साझको छ बजेको थियो होला । मेरो घरको सबै जना काम सकेर फर्किसक्नु भएको थियो । फोन गर्ने वातावरण थिएन । " राती म आफै फोन गर्छु अनि भनौला नि है एकै चोटी त भन्न सक्दिन होला । केहि कुराहरु भन्छु । जे भन्छु फोनमै भन्छु । अहिले छुटिए है ।" यति म्यासेज छोडेर अफलाईन भइन । मैले पनि रिप्लाई पठाए " हस " ।
बेलुकाको खाना खाएर ओछ्यानमा पल्टिए । फेसबुक खोल्न मन पनि लागेन । उनैको फोनको प्रतीक्षामा बसिरहे । उनैको बारेमा कुरा खेलिरहेको थियो । आखिर के भएको रहेछ उनिको जिवनमा । यति राम्री जिवनसाथि पनि नपच्ने कस्तो रहेछ त उसको श्रीमान । जस्ले आज कालीको जिवनमा आशु दिएको छ । उसको त्यो सुकोमल ओठमा कति सुहाउथ्यो होला हासो तर आखा बाट आशु बगाउन बाध्य छिन । आफैले आफैलाई बिग्रेको मान्छेको दर्जामा राखेकी छिन । मोबाइलको को घण्टी बज्यो । मोबाइलमा नजर लगाए । नया नम्बर थियो । उठाउन मन लागेन । पटकपटक घण्टी बजिरह्यो । सोहि नम्बरबाट म्यासेज आयो " फोन उठाउन म सुस्मिता " फोन नउठाएकोमा पछुतो लाग्यो । आफैले फोन गरे । उताबाट आवाज आयो " हेल्लो "
किन नया नम्बर ?
अर्को सिममा पैसा थिएन । आमाको बाट गरेको
मैले जिस्किदै भने आफ्नै आमा कि सासु आमा ?
उनी भावुक भइन तिमि के कुरा गर्छौ । म माईत बसेको दुई बर्ष भैसक्यो । अब कसरी फेरि सासु आमा ?
सरि म त जिस्केको मात्र । खाना खायौं ।
अ खाए । तिमिले खायौं ?
अ खाए मैले नि ।
कुरा सामान्य नै थियो । सधै जस्तो औपचारिकतामा नै सिमित थियो । खासै उसको जिवनमा घटेको घटना भन्लिन जस्तो लागेन । मलाई उसको वास्तविकता जान्न हतार थियो । आफैले भने तिम्रो बारेमा चै नभन्ने ?
बल्ल आफ्नो कथा सुनाई । म चुपचाप सुनिरहे ।
म दस कक्षामा पढ्दै गर्दा म कसैको प्रेममा परे । अथवा पारियो । के नै सोच्न सक्थे होला र त्यो कुर्कुरे बैसले मातिएको बेला । भर्खर चौध पुरा भएर पन्ध्र वर्ष लागेकी थिए । जे देख्यो तेहि राम्रो लाग्ने । कस्तो बेला पनि आउदो रहेछ । म को हु भन्ने कुरा पनि बिर्सिने ।
उसले आफुलाई म त बिग्रेको मान्छे भन्दा आफैले गल्ती गरेको महसुस भयो । मेरो कारणले नै उसले आफुलाई बिग्रेको मान्छे भन्न बाध्य भईन। म्यासेज टाईप गरे " म तिमि सङ्ग फोनमा कुरा गर्छु । मिल्छ भने रिसिभ गर । केहि कुरा बुझ्नु छ । जान्नु छ तिम्रो वास्तविकता । भन्नै पर्छ भन्ने कर पनि गर्दिन । तिम्रो खुसीको कुरा । भन्न मन लागे भन्न सक्छौ नलागे पर्दैन ।" समय तेस्तै साझको छ बजेको थियो होला । मेरो घरको सबै जना काम सकेर फर्किसक्नु भएको थियो । फोन गर्ने वातावरण थिएन । " राती म आफै फोन गर्छु अनि भनौला नि है एकै चोटी त भन्न सक्दिन होला । केहि कुराहरु भन्छु । जे भन्छु फोनमै भन्छु । अहिले छुटिए है ।" यति म्यासेज छोडेर अफलाईन भइन । मैले पनि रिप्लाई पठाए " हस " ।
बेलुकाको खाना खाएर ओछ्यानमा पल्टिए । फेसबुक खोल्न मन पनि लागेन । उनैको फोनको प्रतीक्षामा बसिरहे । उनैको बारेमा कुरा खेलिरहेको थियो । आखिर के भएको रहेछ उनिको जिवनमा । यति राम्री जिवनसाथि पनि नपच्ने कस्तो रहेछ त उसको श्रीमान । जस्ले आज कालीको जिवनमा आशु दिएको छ । उसको त्यो सुकोमल ओठमा कति सुहाउथ्यो होला हासो तर आखा बाट आशु बगाउन बाध्य छिन । आफैले आफैलाई बिग्रेको मान्छेको दर्जामा राखेकी छिन । मोबाइलको को घण्टी बज्यो । मोबाइलमा नजर लगाए । नया नम्बर थियो । उठाउन मन लागेन । पटकपटक घण्टी बजिरह्यो । सोहि नम्बरबाट म्यासेज आयो " फोन उठाउन म सुस्मिता " फोन नउठाएकोमा पछुतो लाग्यो । आफैले फोन गरे । उताबाट आवाज आयो " हेल्लो "
किन नया नम्बर ?
अर्को सिममा पैसा थिएन । आमाको बाट गरेको
मैले जिस्किदै भने आफ्नै आमा कि सासु आमा ?
उनी भावुक भइन तिमि के कुरा गर्छौ । म माईत बसेको दुई बर्ष भैसक्यो । अब कसरी फेरि सासु आमा ?
सरि म त जिस्केको मात्र । खाना खायौं ।
अ खाए । तिमिले खायौं ?
अ खाए मैले नि ।
कुरा सामान्य नै थियो । सधै जस्तो औपचारिकतामा नै सिमित थियो । खासै उसको जिवनमा घटेको घटना भन्लिन जस्तो लागेन । मलाई उसको वास्तविकता जान्न हतार थियो । आफैले भने तिम्रो बारेमा चै नभन्ने ?
बल्ल आफ्नो कथा सुनाई । म चुपचाप सुनिरहे ।
म दस कक्षामा पढ्दै गर्दा म कसैको प्रेममा परे । अथवा पारियो । के नै सोच्न सक्थे होला र त्यो कुर्कुरे बैसले मातिएको बेला । भर्खर चौध पुरा भएर पन्ध्र वर्ष लागेकी थिए । जे देख्यो तेहि राम्रो लाग्ने । कस्तो बेला पनि आउदो रहेछ । म को हु भन्ने कुरा पनि बिर्सिने ।
एकछिन सबै जना चुपचाप बसिरह्यौ । पछि उ आफै बोल्यो । म सुमन । तिमि अति मन पर्छ सुस्मिता । तिम्रो अरु कोहि ब्याई फ्रेन्ड त छैन नि ? छैन भने म तिमिलाई माया गर्छु । रबिना पनि सङ्गै थिई । म लाजले हो कि डरले कालो निलो भएछु । सुमन अझै के के लालित्य घस्दै थियो । सबै कुरा याद पनि भएन । म फटाफट अघि बढे । सुमन र रबिना के के कुरा गर्दै थियो । बुझिन बुझ्न पनि चाहिन । अलिक अगाडि गएर रबिनालाई पर्खिरहे । एकछिन पछि रबिना आई । बाटोमा सुमन कै कुरा गर्न थाली । उसले आफ्नो प्रेमको कुरा पनि सुनाई । सुमन कै साथी समिर सङ्ग प्रेम रहेको कुरा सुनायो । रबिनालाई सुमनले भेट गराउन भनेको रहेछ । योजना अनुरुप नै हाम्रो भेट भएको रहेछ । भन्दै थिई सुमनले तिमिलाई अति मन पराउछ । बाकी कुरा तिम्रो हातमा । यति भनेर रबिना आफ्नो घर गइन । म पनि आफ्नो बाटो लागे ।
बिस्तारै हाम्रो भेटघाट पनि बाक्लिदै गयो । उसले निकै ख्याल गर्थ्यो मेरो । हामी दिन दिनै जसो भेट्थ्यौ । मिठा मिठा मायाका कुरा गर्थ्यौ । उसको समिपमा पुग्दा मलाई छुट्टै आनन्द मिल्थ्यो । पछि पछि उसले खासै वास्ता गर्न छोड्यो । दिउसै रक्सीको नशामा लठ्ठ पर्थ्यो । भेट्न आउदा पनि ह्वास्वै रक्सिको गन्ध आउथ्यो । कति पटक सम्झाए । मेरो नजिक हुँदा हुन्छ जस्तो गर्थ्यो तर म बाट छुट्टीएर गएपछि रक्सी नै उसको साथी बन्थ्यो । सधैं जसो यसरी नै दिनचर्या बितेको थियो उसको । कहिले नर्भस पनि हुन्थ्यो । म तिमिलाई धेरै माया गर्छु भन्थ्यो । म पनि मख्ख पर्थे । कुरै कुरामा शारीरिक सम्बन्धको कुरा पनि गर्थ्यो । मैले चाही मलाई बिहे गर अनि मात्र भनेर टारिदिन्थे । उ रिसले चुर हुन्थ्यो । कति पल्ट त जुरुक्क उठेर पनि हिढेको थियो ।
त्यो चन्चले उमेरले धोका दियो मलाई । केहि सोच्न नै सकिन । आज पनि ति पलहरु झल्झली याद आउछ । अहिलै जस्तो लाग्छ । हिजो जस्तै लाग्छ । सम्झिन्छु त्यो पलहरु । माया गर्नु र मन पराउनुमा धेरै अन्तर हुँदो रहेछ । उसले मलाई मन पराउदो रहेछ मैले माया गर्छ भन्ने ठानेछु । त्यसैको सजाय होला सायद आज भोग्दैछु । पलपल मरेर बाचे । पलपल बाचेर मरे ।
उनि निकै भावुक भइन । सुस्मिता भनेर म बोलेपछी उनि झसङ्ग भइन । एकछिन दुवै तिर शुन्यता छायो । पछि मैले नै सोधे घर गए पछि के भयो ?
फेरि सुरु गरिन आफ्नो कथा । घरमा पुगे पछि आफैलाई कता कता काउकुती लागेको अनुभुती भयो । म पनि ठुली भएको अनुभुती गर्न पुगे । फेरि सुमनलाई सम्झिए । आहा कति मिलेको जिउडाल कति मिठो बोलि । मलाई मन पराउदो रहेछ । आफैले आफैलाई राम्री देखे । मनमा खुसी छायो । राती पनि उसको याद गर्दा गर्दै कतिखेर निदाएछु थाहा पाइन । भोली पल्ट स्कुल जादै गर्दा बाटोमा सुमन कुरेर बसेको रहेछ । त्यो दिन त एक्लै थिए । फेरि हिजैको कुरा दोहोराउन थाल्यो सायद बिर्सिन्छ भनेर घोकेर आएको थियो होला सायद । सबै कुरा मिठो बोलिमा नै भन्यो । मन मनै मैले पनि चाही सकेको थिए । सजाई सकेको थिए दिलको राजकुमार बनाएर । मैले पनि माया गर्छु भनिदिए । हामी अन्जानमै अङ्गालोमा बाधिसकेका रहेछौ।
उसले फोन गर्लिन नि त भन्ने लागेको थियो तर फोन गरिनन । म पनि उसको कुरा खेलाउदै सुत्ने तरखर गरे । निद पटक्कै थिएन । तेति सानो उमेरमा नै प्रेममा परेकी सुस्मिताले के राम्रो के नराम्रो कसरी छुट्टाउन सक्लिन र खै । किन घरमा बुवा आमा दाईहरुको कुरा नसुनेकी होला जस्तो लाग्यो । फेसबुक खोले । अनलाइन पनि देखिन । मनमा अनेकौं कुरा हरु खेलिरह्यो । कति बेला भुसुक्क निदाएछु थाहा पाईन । भोलिपल्ट बिहानै ब्यालेन्स राखेर कल गरे । फोन लागेन । आमाको नम्बरमा घण्टी बजाए । उताबाट अपरिचित आवाज आयो आफैले फोन काटे ।
न फोन न म्यासेज न त फेसबुकमा नै । कतै पनि देखिएन । खै किन यसरी बेपत्ता भईन । बुझ्न सकिन । दैनिक जसो फेसबुकमा खोज्थे तर उनि आउने छाटकाट देखिएन । यसरी नै करिब एकमहिना बित्यो । एकदिन नयाँ नम्बरबाट फोन आयो । उठाए । उताबाट उहि मधुर आवाज आयो " हेल्लो"
"सुस्मिता कता छौ ? भुल्यौ है मलाई । मेरो मनमा उथलपुथल पारेर बेपत्ता भयो त । किन यति निस्ठुरी भएकी त ?" एकै सासमा आफ्नो तितो पोखे ।
उनि बोलिन " काठमाडौं आउदै छु पर्सितिर । तिमि पनि फुर्सद छ भने आउ है । भेटेर कुरा गर्नुपर्छ । "
"हस " भनिदिए ।
घरमा जबको लागी फम खुलेको छ म फम भर्न जान्छु भन्ने बहाना बनाएर काठमाडौ तिर लागे । कंलकी झरेर फोन गरे सुस्मितालाई । नागढुङ्गा आईपुगेको जानकारी दिईन । क्याफे छिरेर चिया पिउदै उसको पुराना म्यासेज र फोटो हेर्दै कुरिरहे । करिब एक घन्टा पछि फोन आयो । उनि पनि आईपुगिछिन । एघार बजे हाम्रो पहिलो भेट कंलकिमा भयो । मन्द मुस्कान सङ्गै बोलिन "कति बेला आईपुग्यौ त ? "
भर्खरै हो । गाडीमा गार्हो त भएन नि ।
भएन । सजिलै भयो ।
यहि बसिराख्ने ?
हास्दै बोलिन कता लान्छौ त ? सबै बोझ म माथी थुपारेर हलुँगो भइन ।
तिमि जता भन्छौ तेहि लान्छु कता जान्छौ ? मैले पनि बोझ उसले जस्तै फिर्ता पठाए । उनि हासिन । म पनि हासे । दुवै जना हास्यौ । वरिपरिका मान्छेहरु हामिलाई नै हेरिरहेका रहेछन । उनि लजाईन ।
चोकबाट निस्केर सितापाईला तिर लाग्यौं । एउटा होटलमा खाना खायौं । अनि बालाजुको लागी माईक्रो चढ्यौ । बालाजु चोकमा झरेर पार्क तिर लाग्यौ । करिब दश मिनेटको हिडाई सङ्गै हामी पार्क पुग्यौ । पार्कको एउटा छेउमा बस्यौ । सबै आ आफ्ना सुरमा रमाउदै थिए । बच्चाहरु खेलिरहेका थिए । युवा युवतिहरु आ आफ्नै तिता मिठा कुराहरु बाढ्दै थिए ।
कुरा गर्ने हेतुले जिस्काए । साची तिम्रो बिहे भयो त ? हास्दै बोलिन अ भयो । छोरी पनि छिन परि । हेर त भन्दै मोबाइल झिकेर देखाई । जस्तो आमा उस्तै छोरी । कुनै खोट लगाउने ठाउँ थिएन । परि साच्चै परि जस्तै थिइन । आहा कति राम्री रैछिन । आमा होईन छोरी चाही लग्नु पर्ला जस्तो छ भनेर जिस्किए । लाने भए आमा छोरी नै लैजाउ छोरी मात्र त दिन्न । जिस्किदै भनिन ।
कुरा बदल्दै हेर त कति राम्रो फुल फुलेको भनेर देखाए । आहा कति राम्रो फुल भन्दै चुड्न लागिन । मैले नचुड्न भने । सबै कुरा पाउन नै पर्छ भन्ने पनि छैन । कति कुरा त हेरेर नै आनन्द लिनुपर्छ । उनिलाई जसरी हेरेर नै चित्त बुजाएको थिए मैले । राम्रो देखेर नै त चुडिइन उनि । ओइलाए पछि कस्ले वास्ता गर्छ र । सबैलाई फुलेको फुल नै त मन पर्दो रहेछ । झरेको फुलको के अर्थ जति नै सुगन्ध दिए पनि ।
सम्झना बिर्सनाको लागी एउटा फोटो खिच्ने जमर्को गर्यौ । भर्खरै सत्र अठार वर्षका एक युगल जोडि हाम्रो नजिक आए । मैले अनुरोध गरे एउटा फोटो खिचिदिनुस न भनेर । नाई नास्ती नगरीकन मोबाईल लिएर फोटो खिचिदिन तयार भयो । सुस्मिता मेरो देब्रे हात समाएर लुपुक्क टासिईन । खिच्नेले खिचिक्क पारिदिए । मोबाईल दिदै बोल्यो । तपाईहरुको जोडि अति सुहाएको छ । कहिले नछुटोस है । हामी कहिले पो जोडिएका थियौ र जोडिन । मन खिन्न भयो ।
समय लर्किदै थियो । हामी छुट्टिनै पर्थ्यो । उनको बाकी कथा सुन्न हतार भैदिए । उनि आफ्नो जिवन कहानी सुरु गर्न तिर लागिन म चुपचाप सुनिरहे ।
एकदिन बेलुका नौ बजेतिर सासु आमा र म खाना खान कुरेर बसिरहेका थियौ । लर्बरिदै सुमन घर आयो । राम्रो सङ्ग उभिन सक्ने अवस्थामा थिएन । मैले समाएर ओछ्यान सम्म पुर्याउन कोसिस गरे तर उल्टो मलाई नै धकेलेर लडाईदियो मझेरिमा । किन खान सकेका होला त कुकुरको झोल भन्दै आमा कराउन थाल्नु भो । अनि सुमन बर्बराउन सुरु गर्यो । सबै यथार्थ कुरा खोल्यो हाम्रो प्रेम चक्कर देखी बिहे सम्मको । आमा रुन थाल्नु भो । म पनि सङ्गै रुन थालेछु ।
म सङ्गको प्रेम सबै बनावटी रहेछ । कसैलाई देखाउने हेतुले प्रेम प्रस्ताव राखेको रहेछ । बाजी जित्न कै लागी मलाई प्रेमजालमा पारेको रहेछ आखिर म माछी सरि बल्छीको गड्यौलो सुलुत्तै निले । आज तेहि बल्छी अड्किरहेको छ घाटिमा । सधै जसो रक्सी खाएर हल्ला गर्दै घरमा फर्किने कहिल्लै काम नगर्ने भएर आमाले जवर्जस्ती बिहे गर्न वाध्य पारेको रहेछ । उसले माया गर्ने मान्छे अर्कै रहेछ तर तेहि बानीले छुटिन पुगेको रहेछ । मलाई पनि थाहा थियो त्यो उसको बानी । पछि मायाले सुधार्छु भन्ने आट गरेर भागी बिहे गरे जहिले तेस्तै । कति पल्ट त मरु मरु पनि लाग्यो मर्न काल पनि आएन । म अभागी किन मर्थे होला र ?
बेलुकाको झगडाले रुदै सुत्यो । बिहान उठेपछी सम्झायो बुझायो हुन्छ अब खान्न भन्छ । माया गरेको जस्तो पनि गर्छ । मनमा अलिअली भए पनि खुसी पलाउछ फेरि बेलुका उहि चाला । जसरी नि घर गरि खान नै थियो । कयौ दुखसुख काटेर बसे । बिहे गरेको तिन वर्ष पछि मेरो पेटमा गर्भ भएको कुरा सुनाउदा फुरुक्क परेको थियो सुमन । लगभग एक हप्ता सम्म त उहि मान्छे पनि होइन जस्तो भएको थियो । फेरि के भयो पुरानै अवस्थामा फर्कियो । पेटमा गर्भ, सधै जसो लोग्नेको कुटाई, घरको सबै काम । कसरी कटाए होला त्यो दिनहरु सम्झिदा पनि बिरक्त लागेर आउछ ।
परि पनि जन्मिई । घरमा खुसी आउला भन्दा उल्टो कलह । नानी पाएर बस्दा अति दुख भोग्नु पर्यो । अझै याद छ मलाई परि चार दिनकी हुँदा रक्सी खाएर मलाई दाउराले हान्दा चोट नै लागेको थियो ।" खत देखाउदै थिई । खत प्रष्ट देखिन्थ्यो निधारमा ।
सुस्मिताको कुरा सुनिरहदा मेरो मनमा आधी हुरि नै चल्न थाल्यो । कति सहनसिल हुदो रहेछ नारी । आफ्नो जिवन नै सुम्पिएर उसकै लागी सङ्गै जिउन मर्न तत्पर हुदो रहेछ । कति दुख पनि हासिहासी कटाईदिन सक्ने रहेछ । वाह भन्न मन लागेको थियो तर गला अवरुद्ध भयो कुनै बोलि फुटेन । हामी दुवै जना चुपचाप बस्यौ । एकछिनको मौनता पछि उनी आफै बोलिन । के भयो ? केहि भाको छैन भनेर टारिदिए । अनि बाकी कुरा भन अब भने । मुन्टो हल्लाएर हुन्छ भन्ने संकेत गरिन ।
एकातिर प्रशव पिडा अर्को तिर चोट, घरको काम, बच्चाको स्याहार सुसार, लोग्नेको टोकेसो निकै कष्टकर भयो । हिम्मत नहारी यहि छोरिको मुख हेरेर बाचिरहे । एउटा आसा पलाएको थियो । छोरी कै मुख हेरेर भए पनि जिवन कटाउछु भन्ने । कहिल्यै मेरो मायालाई बुझेन सुमनले । छोरिलाई चाही अति माया गर्थ्यो । गाउँ घरतिर पनि सबैको कुरा काट्ने बाटो म नै हुदो रहेछु । के के न खाउला भनेर भागेर आएकि थि खाई ठुलो भाग भनेको धेरै पटक सुनेको थिए । यस्तो सुन्दा त सबथोक बिर्सिएर टाढा जाउ जाउ जस्तो हुन्थ्यो । तर कसरी जाउ ?
कयौं पटक सम्झाए बुझाए । पटक्कै सुध्रिएन सुमन । बिस्तारै माईतीमा राम्रो हुन थाल्यो बाबु आमाको मन नै त हो । आखिर कति दिन सम्म कठोर पार्न सक्दो रहेछ र । मलाई लिन बुवा आउनु भो । म खुसिले गदगद भए । म माइतीघर फर्किए । आमा सङ्ग सुखदुःखको कुरा गरे । आमाछोरी कुरा गरेर बस्यौ । दाईहरुले खासै वास्ता गर्नु भएन । आमाछोरी नै रोएर रात बितेछ । हप्ता दश दिन पछि सुमन लिन आयो । ससुराली आउँदा त सालिन भएर आएको थियो । सुमन पनि हो कि होइन छुट्टाउन मुस्किल । सबै सङ्ग राम्रै कुराकानी गर्यो । मलाई लिन आएको कुरा गर्यो । म जान्न भनिदिए । आमा बुवाले मलाई सम्झाई बुझाई गर्नु भयो । आखिर जे जस्तो भए पनि मेरो भन्नु सुमन नै थियो । मेरो घर भन्नु पनि सुमनको नै घर थियो । म फर्किन राजी भए ।
भोलिपल्ट हामी घर फर्कियौ । लगभग बेलुकाको छ बजेतिर घर पुग्यौ । फेरि पुरानै व्यबहार देखायो । म माईत गएको उसलाई जलन भएको रहेछ । किन माईत गईस भन्दै झगडा गर्न थाल्यो । कपालमा समाएर रिगाउन थाल्यो । आखिर म के नै गर्न सक्थे र जता जता घुमाउथ्यो तेतै घुमिरहे । कता कता ठोक्कियो ठोक्कियो । के के बोल्थ्यो बोल्थ्यो । आमा रुदै आएर छुट्याउनु भयो । उ निस्केर हिड्यो । हामी सासु बुहारी रोएर बसिरह्यौ । हाम्रो आवाजमा परिले पनि साथ दिन्थिन । आमालाई भनिदिए । आमा म यसरी दिनदिनै मरेर बाच्न सक्दिन । म आफ्नो सुर गर्छु । मलाई माफ गरिदिनु आमा । आमा रुदै हुनुहुन्थ्यो । कुनै शब्द बोल्नु भएन । म घर फर्केको भोली पल्टै परिलाई काखमा च्यापेर फेरि माईत फर्किए । आमा रोइरहनु भएको थियो ।
आफ्नो ति बिगतका दिनहरु सम्झिएर भक्कानिदै थिई । आआफ्नै पिडा अनि दर्द हुदो रहेछ । खै कस्लाई पो थाहा छ र जिन्दगीले कुन मोड लिन्छ भनेर । जव आफुले माया गरेको मान्छेको साथ पाउदा कति खुसी थिइन होला तर आज उसैको नाम लिन पनि नपरे हुन्थ्यो जस्तो गर्छीन । खै किन यस्तो हुन्छ ?
लामो सुस्केरा पछि फेरि बोलिन करिब दुई वर्ष भो म माईत बसेको । माईतिमा पनि आमा बा मात्र आफ्नो हुदो रहेछ । दाजुभाईहरु त पराईको छोरिको लोग्ने भइहाल्यो । आफ्ना आफ्नो जस्तो नहुदो रहेछ । भाउजुहरुको टोकेसो सहनै पर्छ के गर्नु चुपचाप सहिदिन्छु । आफुलाई सबैले बिग्रेको आईमाईको संज्ञा दिन्छन । चुपचाप सुनिदिन्छु । घर गरेर खान नसक्ने पनि किन बाचिराख्नु भन्ने जस्तो तिखो वाण कानमा पर्दा जिउदै मरेको अनुभुती हुन्छ । परेलिका डिलबाट खस्नै लागेका ति मोतिका दाना जस्ता आशुका ढिक्काहरु कालो गाजल लत्पत्याउने दाउमा थिए होलान सायद तर मैले रुमाल झिकेर पुसिदिए । झनै झम्टेर मेरो अङ्गालोमा कसिईन र धित मरुन्जेल रोइन ।
सबै आआफ्नै बाटो लाग्दै थिए । हामी पनि निस्कियौ । दिन त सजिलै बित्यो रात पनि कटाउनु नै थियो । आफन्त भन्नु कोहि थिएन । कतै बस्ने निर्णय गर्यौ । हामी बाजाजु चोकमा उभिरहेका थियौ । माइक्रोको खलासी भाई कराइदै थियो नयाँ बसपार्क चक्रपथ चावेल चावेल ........ हामी पनि चढ्यौ माईक्रोमा । माछापोखरी पुगेपछि दाजु भाउजुको भाडा दिनु त भन्दै खलासी भाई करायो । पछाडी फर्केर हेरे । कोहि थिएन दाजु भाउजु भन्न सुहाउने मान्छेहरु । फेरि बोल्यो खलासी भाई दाजु तपाईहरुलाई भनेको । म एकछिन अलमल्लमा परे । दाजु भाउजु शब्दले सार्है काउकुती लाग्यो । सुस्मिता पनि मेरो मुखमा टुलुलु हेर्दै थिइन । हामी नयाँ वसपार्क ओर्लियौ ।
गेस्टहाउसमा पुगेर कोठा बुकिङ गर्ने तिर लाग्यौ । गेस्टहाउसवालाले कोठाको बयान गर्दै बोल्यो कस्तो कोठा चाहिने हो कुन्नी ? दुईओटा बेड भएको साथमा एटेज बाथरुम भएको कोठा बुकिङ्ग गर्ने जानकारी दिए । हाम्रो परिचय टिप्न थाले सम्बन्धमा लेखियो श्रीमान श्रीमती । लेखिनुको कारण थियो अनेक झमेलाबाट जोगिन । सुस्मिता चुपचाप थिई ।
खाना खाएर कोठा तिर लाग्यौ । उनि एउटा बेडमा म अर्को बेडमा पल्टिए । अनेक कुराहरु मनमा खेलिरहेको थियो । सायद उनको मनमा पनि तेस्तै भएको थियो होला । बत्ती निभायौ । मलाई नै सुमनको प्रतिविम्व देखिन क्यारे हामी एक अर्कामा हरायौ । सायद उनले पनि सारा संसार भुलिन होला । म पनि मदहोस भएको थिए । हामी दुवै जना आखा चिम्लेर छुट्टै संसारमा रमाएका थियौ । जसरी नि हामी आफ्नै वास्तविकतामा फर्किनु नै थियो । अन्तिममा दुवै जना गल्तिको महसुल गर्दै थियौ तर समयले हामिलाई गिज्याईरहेको थियो । हामी लज्जित अनि भावुक भएका थियौ । गल्तिको प्रायश्चित गर्नु भन्दा कुनै विकल्प थिएन हामी सङ्ग ।
लामो सुस्केरा पछि फेरि बोलिन करिब दुई वर्ष भो म माईत बसेको । माईतिमा पनि आमा बा मात्र आफ्नो हुदो रहेछ । दाजुभाईहरु त पराईको छोरिको लोग्ने भइहाल्यो । आफ्ना आफ्नो जस्तो नहुदो रहेछ । भाउजुहरुको टोकेसो सहनै पर्छ के गर्नु चुपचाप सहिदिन्छु । आफुलाई सबैले बिग्रेको आईमाईको संज्ञा दिन्छन । चुपचाप सुनिदिन्छु । घर गरेर खान नसक्ने पनि किन बाचिराख्नु भन्ने जस्तो तिखो वाण कानमा पर्दा जिउदै मरेको अनुभुती हुन्छ । परेलिका डिलबाट खस्नै लागेका ति मोतिका दाना जस्ता आशुका ढिक्काहरु कालो गाजल लत्पत्याउने दाउमा थिए होलान सायद तर मैले रुमाल झिकेर पुसिदिए । झनै झम्टेर मेरो अङ्गालोमा कसिईन र धित मरुन्जेल रोइन ।
सबै आआफ्नै बाटो लाग्दै थिए । हामी पनि निस्कियौ । दिन त सजिलै बित्यो रात पनि कटाउनु नै थियो । आफन्त भन्नु कोहि थिएन । कतै बस्ने निर्णय गर्यौ । हामी बाजाजु चोकमा उभिरहेका थियौ । माइक्रोको खलासी भाई कराइदै थियो नयाँ बसपार्क चक्रपथ चावेल चावेल ........ हामी पनि चढ्यौ माईक्रोमा । माछापोखरी पुगेपछि दाजु भाउजुको भाडा दिनु त भन्दै खलासी भाई करायो । पछाडी फर्केर हेरे । कोहि थिएन दाजु भाउजु भन्न सुहाउने मान्छेहरु । फेरि बोल्यो खलासी भाई दाजु तपाईहरुलाई भनेको । म एकछिन अलमल्लमा परे । दाजु भाउजु शब्दले सार्है काउकुती लाग्यो । सुस्मिता पनि मेरो मुखमा टुलुलु हेर्दै थिइन । हामी नयाँ वसपार्क ओर्लियौ ।
गेस्टहाउसमा पुगेर कोठा बुकिङ गर्ने तिर लाग्यौ । गेस्टहाउसवालाले कोठाको बयान गर्दै बोल्यो कस्तो कोठा चाहिने हो कुन्नी ? दुईओटा बेड भएको साथमा एटेज बाथरुम भएको कोठा बुकिङ्ग गर्ने जानकारी दिए । हाम्रो परिचय टिप्न थाले सम्बन्धमा लेखियो श्रीमान श्रीमती । लेखिनुको कारण थियो अनेक झमेलाबाट जोगिन । सुस्मिता चुपचाप थिई ।
खाना खाएर कोठा तिर लाग्यौ । उनि एउटा बेडमा म अर्को बेडमा पल्टिए । अनेक कुराहरु मनमा खेलिरहेको थियो । सायद उनको मनमा पनि तेस्तै भएको थियो होला । बत्ती निभायौ । मलाई नै सुमनको प्रतिविम्व देखिन क्यारे हामी एक अर्कामा हरायौ । सायद उनले पनि सारा संसार भुलिन होला । म पनि मदहोस भएको थिए । हामी दुवै जना आखा चिम्लेर छुट्टै संसारमा रमाएका थियौ । जसरी नि हामी आफ्नै वास्तविकतामा फर्किनु नै थियो । अन्तिममा दुवै जना गल्तिको महसुल गर्दै थियौ तर समयले हामिलाई गिज्याईरहेको थियो । हामी लज्जित अनि भावुक भएका थियौ । गल्तिको प्रायश्चित गर्नु भन्दा कुनै विकल्प थिएन हामी सङ्ग ।
उसको बारेमा घरमा सबै कुरा भने । आफ्नो बनाउछु भन्ने लागेको थियो तर जे मैले सोचेको थिए त्यो भन्दा बिल्कुल फरक नजिता निस्कियो । के नामर्दले जस्तो कुरा गर्छ्स । अरुले छोडेको स्वास्नी के ल्याउछस पो भन्ने कुरा आयो त । म त छक्क परे । अस्ति मात्रै पारी गाउको रामेले तल्ला घरे सान्दाईको स्वास्नी लग्दा रामेलाई मर्दको सात वटि भनेको मेरै कानले सुनेको थिए । अरुको मिलिराखेको परिवार छुटाएर लाने चाहि बहादुर, एउटा सहाराको आशामा बसेकी नारिलाई साथ दिदा चाही नामर्द हुने रहेछ । वाह क्या गजव छ मेरो समाज ।
कुरै कुरामा धेरै पटक जिस्काएका थिए तिमि किन बिहे गर्न हतार गर्यौ । नत्र अहिले मजाले डेटिङ्ग गर्दै हुन्थ्यौ । तिम्रै हुन त मेरो पहिलो घर बिग्रेको त । अब गरुला नि त डेटिङ्ग । यस्तै कुरा गर्थिन । मख्ख पर्थिन । अनि छोरी नि भन्दा दुवै जना चुपचाप हुन्थ्यौ । आखिर जे भए पनि मैले सुस्मितालाई माया गरेको थिए । नदेखेरै त माया गर्ने मान्छे म झन भेटेर साक्षातकार गर्ने मौका पाएको थिए । माया पनि खै के रहेछ कुन्नी । पलाएका पालुवा हरु नि त एकदिन पहेलिएर झर्ने त रहेछ नि । बिस्तारै हाम्रो कुराकानी अनि च्याटिङ्ग पातलिदै गयो । खासै कुराकानी पनि हुन छाड्यो । कुरा भै हाल्यो भने पनि सन्चो बिसन्चो र दाल भातमा नै टुङ्गिन्थ्यो । उसको बारेमा धेरै सोच्ने गर्थे । परिको बारेमा सोच्थे । अनि आफ्नो बारेमा सोच्थे । कतै बाट पनि तालमेल नमिलेको जस्तो लाग्थ्यो जिन्दगी ।
पहिले नै भनेकी थिई सुस्मिताले । मलाई बुझ अनि मात्र माया देखाउ भनेर । आज उनि नै मलाई माया देखाउछिन । खै म के बुझु ? कस्लाई बुझु ? सुस्मितालाई बुझु कि समाजलाई बुझु कि परिलाई बुझुकी म आफैलाई बुझु । कसैलाई बुझ्न सकिन । अन्तिममा खुलस्त भनिदिए । सुस्मिता म तिमिलाई म माया गर्छु तर तिमिलाई आफ्नो बनाउन सक्दिन । हामी अहिले जे छौ तेसैमा रमाउन सिक्नुपर्छ । हामी असल साथि भएर बसौला । सुखदुःख साटौला । यतिमा नै चित्त बुझाउ है । मलाई अन्यथा नसोच।
मेरो म्यासेजले उनि हायल कायल भइन सायद । नहोस पनि कसरी सुस्मिताको प्रत्येक गासमा ढुङ्गा लागेको थियो । प्रत्येक पाईलामा ठेस लागेको थियो । एक पछि अर्को गर्दै विश्वासघात भएको थियो । विश्वासघात गर्नेमा म अनि हामी दोसि थियौ । सुमन र म दोसि थियौ । मायाको आसा देखाई स्वार्थको ब्रम्हलुट गरेका थियौ । मैले सोचे हाम्रो भेट बेकारमा किन भएछ । किन नजिकिन पुग्यौ हामी । हामि नजिकिन नपुगेको भए उसको मन भाचिदैन थियो होला । मैले त झन मल जल गरि हुर्काए बढाए अन्तिममा फुल्ने बेलामा कोपिला नै चुडे ।
म्यासेज सिन भए पछि फेसबुकमा म्यासेज गर्न मिलेन । छुच्ची काली (सुस्मिता लामा) भएको ठाउँमा फेसबुक युजर देखियो । लाग्यो मलाई ब्लक गरेछ । नयाँ आई डि बाट उसको नाम खोजे तर उसको नाम गरेको धेरै भेटियो तर उनि भेटिइनन । पछि बुझे फेसबुक नै डिएक्टिभ गरिछिन । आफैमा पछुतो लाग्यो । मेरो कारणले आज सुस्मिता दुखी भैछिन ।
फोन गरे सुस्मिताको नम्बरमा । फोन रिसिभ भएन । म्यासेज गरे सुस्मिता एकपल्ट फोन रिसिभ गर धेरै कुरा गर्नु छ । अब आईन्दा कहिले दुख दिने छैन । कहिले तिम्रो मन भाच्दिन । कहिले तिम्रो बाटोमा काडा बनेर आउदिन । मेरो कुरा बुझ्ने प्रयास गर्ने कोसिस गर । आखिर के नै बुझ्न बाकी थियो होला र अब । मायाको आशा देखाई बिच बाटोमा नै अलपत्र पारेको थिए मैले सुस्मितालाई । म्यासेज गरेको करिब पाँच मिनेट पछि उसैको नम्बरबाट फोन आयो । फोन रिसिभ गरे । उता बाट उहि पुरानो आवाज तर दर्द मिसिएको अनि पिल्सिएको आवाजमा हेल्लो सुनियो । मन भक्कानिएर आयो । केहि बोलि नै फुटेन । म मौन रहे । कति धेरै कुरा गर्नुछ भनेर म्यासेज गरेको थिए तर कुनै बोलि म बाट निस्किएन । तेकिकैमा फोन काटियो ।
मैले आफैले फोन गरे । आफ्नो कुरा भन्न सुरु गरे । सुस्मिता म तिमिलाई पहिले जति माया गर्थे अहिले पनि तेतिकै माया गर्छु । तिमिमा नै मैले सारा संसार देखेको थिए देखेको पनि छु । तिमिलाई आफ्नो बनाउने चाहना नभएको पनि होइन । घरमा कुरा गरेको थिए । कुनै कुरा सुन्न मान्नु भएन । यदि मैले तिमिलाई आफ्नो बनाउदा घर छोडेर टाढा हुनुपर्छ । यो समाजबाट अपरिचित हुनुपर्छ । तिमि सुमन सङ्गै हुँदा भगाउन सकेको भए म मर्द अनि बहादुर हुने रैछु तर आज तिमि एक्लो हुँदा साथ दिन्छु भन्दा म नामर्द हुने रैछु । जस्तो जे भए पनि मेरो घर परिवार बाट टाढा हुन सक्दिन । तिमि पनि माया गर्छौ म पनि माया गर्छु । अनि म मेरो घर परिवार सबैलाई माया गर्छु । तिमि सङ्ग कति नै भयो त माया गरेको । मेरो आमा सङ्ग त झन तिर्नै नसक्ने दुधको भारा तिर्नु छ । मलाई आखिर जे सम्झिन्छौ सम्झ त्यो तिम्रो कुरा हो । हामी चाहेर पनि एक हुन सक्दैनौं । मलाई माफ गर सुस्मिता । परिको राम्रो ख्याल गर्नु है । म एकोहोरो बोलिरहेको थिए उता सुस्मिता सुक्क सुक्क गर्दै थिईन
मेरो एकोहोरो बोलि सुनिरहि । मात्र सुक्क सुक्क आवाज मात्र सुनिन्थ्यो । तिमि पनि केहि त बोल न भने पछि बल्ल मुख खोली । आखिर कसको विश्वास हुदोरहेछ र ? सबै आफ्नै स्वार्थ त हेर्दो रहेछ नि । आफु यस्तो हुँदा हुदै पनि तिमिलाई पाउने आसा राख्नु मेरो पनि गल्ती हो । सुमन र तिमिमा खासै अन्तर पाउन सकिन । अहिले त लाग्छ सबै पुरुषहरू एकै हुन । जसरी फलामलाई तताएर कुटे पछि एउटा हतियार बन्छ त्यसरी नै मलाई मेरो जिन्दगिले पटकपटक ततायो पटकपटक कुट्यो । अब आसुमा आफुलाई डुबाई जिन्दागिको हतियारलाई पाईन हालेको छु । सायद अब खिया लाग्दैन होला । मेरो हराएको खुसी तिमिले फिर्ता गरेको छौ । तिमिले भनेको थियौ नि हरेक कुरा पाउनै पर्छ भन्ने पनि छैन कति कुरा त हेरेर नै चित्त बुझाउनु पर्छ भनेर । आज म तिमिलाई हेरेर नै चित्त बुझाउन बाध्य छु । म अब तिम्रो हुन नसकेपनि तिम्रै समिप वरिपरि रहन्छु । अब परि नै मेरो जिन्दगी हो । परिलाई नै म मेरो जिवन समर्पण गर्छु ।
म बोल्दा उनि चुपचाप थिइन । फेरि उनि बोल्दा म चुपचाप भए । आखिर दुवैमा सुन्यता छाएको थियो । मायाको खेल पनि अचम्मको हुदो रहेछ । जिते दुवैले जित्ने हार्दा दुवैले हार्ने । तर हाम्रो माया बिचैमा स्थगित भएको थियो । कुनै हारजित नै नभई टुङ्गियो । फोन काटियो । त्यहाँ फोन काटिएको थिएन । एउटा सम्बन्ध काटिएको थियो । एउटा निर्दोष कोपिला चुडिएको थियो । मनमा सजाइएको सपनाहरू फुटेको थियो । आखिर सबै आफुले सोचेको जस्तो कहाँ हुदो रहेछ र । चाहेको थिए आफ्नै बनाउला भनेर तर फुल्नै नपाई कोपिलामा नै ओइलिएर झर्यो ।
त्यो दिन देखी सुस्मिता सङ्ग कतै बाट पनि सम्पर्कमा पुग्न सकिएन । धेरै खोजे उसलाई तर समय धेरै अगाडी बढिसकेको थियो । मात्र एउटा सपना बनेर मनमा बसिरह्यो । घरबाट पनि बिहेको कचकच सुरु भैसकेको थियो । जतिबेला पनि बिहे कै कुरा आउथ्यो । मलाई सुस्मिताको मायाले नमज्जा सङ्ग गाजेको थियो । मैले त एउटा नारिलाई आसा देखाएर निरासामा धकेलेको थिए । अब कुनै नारिलाई पनि निरासामा धकेल्नु थिएन । बिहे भन्ने कुरा मेरो जिवनमा कहिल्यै अटाउन सकिन । जब बिहेको कुरा आउथ्यो सुस्मितालाई नै सम्झिन्थे ।
एकदिन म अफिसमा सामाजिक सेवामा नयाँ कर्मचारीको अन्तर्वार्ता लिदै थिए । टेवलमा एउटा फाईल थियो । फाईल पल्टाएर हेरे । नाम थियो परि लामा । भित्र आउन आग्रह गरे परिलाई । जव उनि ढोकाबाट भित्र छिरिन सुस्मिता नै भित्र छिरेको अनुभुती गर्न पुगेछु । सुस्मिता तिमि भन्दा उनि बोलिन हजुरले मेरो ममिलाई चिन्नु हुन्छ । म चुपचाप बसे । कुनै जवाफ थिएन । बस्न आग्रह गरे । परिलाई बच्चामा फोटो देखेको थिए । तर आज स्वयम आखा अगाडि देखे त्यो पनि सुस्मिताको रुपमा देखे । पारिवारिक बारेमा सोधे । परि बोलिन हामी त पहिले मामाघरमा बस्थ्यौ । म सात वर्षको हुँदा आमा छोरि छुट्टै कोठामा बस्न थाल्यौ । ममिले धेरै दुख गरेर मलाई पढाउनु भयो । अहिले मैले मेरो पढाई सके । अब ममि कै सल्लाह अनुसार सामाजिक सेवामा लाग्न चाहान्छु । उनि बोल्दै थिइन म भने हाम्रो ति पुरानो दिन हरु सम्झिदै थिए ।
। समाप्त ।
म बोल्दा उनि चुपचाप थिइन । फेरि उनि बोल्दा म चुपचाप भए । आखिर दुवैमा सुन्यता छाएको थियो । मायाको खेल पनि अचम्मको हुदो रहेछ । जिते दुवैले जित्ने हार्दा दुवैले हार्ने । तर हाम्रो माया बिचैमा स्थगित भएको थियो । कुनै हारजित नै नभई टुङ्गियो । फोन काटियो । त्यहाँ फोन काटिएको थिएन । एउटा सम्बन्ध काटिएको थियो । एउटा निर्दोष कोपिला चुडिएको थियो । मनमा सजाइएको सपनाहरू फुटेको थियो । आखिर सबै आफुले सोचेको जस्तो कहाँ हुदो रहेछ र । चाहेको थिए आफ्नै बनाउला भनेर तर फुल्नै नपाई कोपिलामा नै ओइलिएर झर्यो ।
त्यो दिन देखी सुस्मिता सङ्ग कतै बाट पनि सम्पर्कमा पुग्न सकिएन । धेरै खोजे उसलाई तर समय धेरै अगाडी बढिसकेको थियो । मात्र एउटा सपना बनेर मनमा बसिरह्यो । घरबाट पनि बिहेको कचकच सुरु भैसकेको थियो । जतिबेला पनि बिहे कै कुरा आउथ्यो । मलाई सुस्मिताको मायाले नमज्जा सङ्ग गाजेको थियो । मैले त एउटा नारिलाई आसा देखाएर निरासामा धकेलेको थिए । अब कुनै नारिलाई पनि निरासामा धकेल्नु थिएन । बिहे भन्ने कुरा मेरो जिवनमा कहिल्यै अटाउन सकिन । जब बिहेको कुरा आउथ्यो सुस्मितालाई नै सम्झिन्थे ।
एकदिन म अफिसमा सामाजिक सेवामा नयाँ कर्मचारीको अन्तर्वार्ता लिदै थिए । टेवलमा एउटा फाईल थियो । फाईल पल्टाएर हेरे । नाम थियो परि लामा । भित्र आउन आग्रह गरे परिलाई । जव उनि ढोकाबाट भित्र छिरिन सुस्मिता नै भित्र छिरेको अनुभुती गर्न पुगेछु । सुस्मिता तिमि भन्दा उनि बोलिन हजुरले मेरो ममिलाई चिन्नु हुन्छ । म चुपचाप बसे । कुनै जवाफ थिएन । बस्न आग्रह गरे । परिलाई बच्चामा फोटो देखेको थिए । तर आज स्वयम आखा अगाडि देखे त्यो पनि सुस्मिताको रुपमा देखे । पारिवारिक बारेमा सोधे । परि बोलिन हामी त पहिले मामाघरमा बस्थ्यौ । म सात वर्षको हुँदा आमा छोरि छुट्टै कोठामा बस्न थाल्यौ । ममिले धेरै दुख गरेर मलाई पढाउनु भयो । अहिले मैले मेरो पढाई सके । अब ममि कै सल्लाह अनुसार सामाजिक सेवामा लाग्न चाहान्छु । उनि बोल्दै थिइन म भने हाम्रो ति पुरानो दिन हरु सम्झिदै थिए ।
। समाप्त ।
Thursday, April 6, 2017
जातिय समानताको मीठो भाषण दिन्छन तर ब्राह्मण नै रोजियो मन्दिरको पुजारीको लागि
गजल
युद्ध हेरियो सामान्य रैछ हतियारधारीको लागि
लडाइँ देखियो युवक हरुको नारीको लागि
जातिय समानताको मीठो भाषण दिन्छन तर
ब्राह्मण नै रोजियो मन्दिरको पुजारीको लागि
मलाइ यि मान्छेको बिचार मन पर्दैन जब
छाता सजाइयो रुख काटेर छहारीको लागि
जवान भए म पनि बुझ्न थाले बाध्यता हरु
प्रदेशमा दुख खेपियो बन्धक बारीको लागि
बिरामीको मतलब छैन आफ्नो मात्रै सुख हेरे
हिजो एम्बुलेन्स रोकियो नेता सवारीको लागि
रूपक ढुङ्गाना 'संरक्षण'
धादिङ
Sunday, April 2, 2017
अप्रिल फुल - केशु खण्डलुक मगर
![]() |
| केशु खण्ड लुक मगर पाल्पा |
कथा : अप्रिल फुल
पहाडको रानी भनेर चिनिने पाल्पाको तानसेन सहर साच्चिकै आफैमा एउटा प्रकृतिको सुन्दर उपहार हो।त्यही सुन्दर शहर तानसेनको बारुदखानमा एउटा तीनतले घरको भित्रपट्टी एउटा सानो कोठा छ अर्थात मेरो अस्थायी बासस्थान।त्यही सानो कोठा भित्र एउटा सानो र्याक छ अनि अर्कोपट्टी कुनामा चारवटा इट्टामाथि ग्यासको चुल्हो राखेको छु अनि त्यही नजिकै सिलिन्डर।ढोका खोल्नसाथ भित्र पस्न अप्ठ्यारो हुनेगरी एउटा सानो बेड छ त्यही सानो बेडमा सुतेर नै मैले ठुला ठुला सपना देख्ने गर्छु।अनि भित्तामा मेरा दुइ/तीन जोर कपडाहरु आत्महत्या गरेकाहरु झै झुन्डिरहेको छ।
मेरो सानो कोठा हेर्दा लाग्छ म यात्रुले कोचाकोच भैरहेको बसमा यात्रा गर्दै छु।कति साघुरो छ मेरो कोठा तर त्यही साघुरो कोठाभित्र मेरो निकै नै फराकिला,बिशाल सपनाहरु सजिएका छ्न।
आज April Fool को दिन।हिजो मात्र सुरिलो आवाजको धनी मलाई निकै मन पर्ने प्रस्तोता अच्युत घिमिरेले कथाकार बिमल आचार्यको कथा 'स्मृति प्लस' बाचन गरेको सम्झिन्छु।कथामा भनिए अनुसार साच्चिकै प्रेम एउटा उत्साह,प्रेरणा अनि हौसला हो।मलाई पनि सिरुको मायाले निकै हौसला अनि प्रेरणा दिने गर्छ।उनी छन र त म सपना पुरा गर्न दौडिरहेको छु।मैले कोसिस गरिरहेको छु।
मेरा आखाहरु निकै थकित छ्न बिहानको मर्निङवाल्कको थकानले।लगाउन अनि टुडिखेललाई छ-सात चक्कर लगाएको थिए।म हातमा किताब लिएर पढ्न खोजिरहेको छ।घरी घरी ब्रेक झ्याप्प लगाउदा गाडीमा सवार यात्रुहरू हुत्तिन खोजे झै मेरा शिर हातमा लिदै गरेको पुस्तकमा ठोकिन्छ।अनि फेरि म आफुलाई संयमित बनाई नजर पुस्तकतिर राख्ने कोसिस गर्छु।किनकि मैले पढ्नु छ,प्रगती गर्नुछ धेरै धेरै अनि खुशी पार्नुछ बाबुआमा अनि आफुलाई माया गर्ने मान्छे सिरुलाई।यो मेरो सोच तिनीहरुकै मायाले त उब्जाएको हो म यस्तै सोचिरहेको हुन्छु।
यत्तिकैमा मेरो मोबाइल धेर्र्र्र्र धेर्र्र्र्र गरेर फोन आउछ।म मोबाईल भाईब्रेसनमा राख्ने गर्छु।अनि हत्तपत्त मोबाईल लिएर हेर्छु।सिरुको साथी शर्मिलाले कल गरेकी रहिछे।आज April Fool को दिन।यसले मलाई फूल गर्न खोजेकी हुनुपर्छ यस्तै सोचेर म रिसिभ गर्दिन।केहि समयपछि फेरि त्यसरी नै मोबाइल बज्छ।म रिसिभ गर्छु।
'ओए,किन फोन नाउठाको हं ?तैले किन सिरुको मन दुखाईस?थाहा छ त्यसको नतिजा के भयो?हेर्न आइज यहा लुम्बिनी मेडिकल कलेजमा..' एकैचोटी शर्मिलाले यति धेतै शब्द भन्न भ्याई।
'किन के भयो र शर्मी सिरुलाई?भन न के भयो' मैले अत्तिदै बोलिदिए।साच्चिकै मैले के भनेको छु र उसको मन दुखाउने?म मनमनै सोचिरहन्छु।
'केशु,सिरुले बिष खाइछे,तिमिले माया गर्दिन भनेको कारण।म अहिले प्रभास छु।छिटो आइज'
टुट...टुट.... फोन काटिन्छ।म तयार हुन्छु।यत्ती छिटो तयार हुन्छु कि मनौ कसैले रिमोट झ्याप्प दबाउदा झ्याप्प अर्को अर्को च्यानल फेरिए जस्तो।हत्तपत्त बुटवल जाने बसमा चढ्छु।सिट प्याक छ।म बसको गल्लीमा उभिरहेको छु।
त्यो बसको गति आज मलाई कछुवाको चाल भन्दा ढिलो भएको महसुस गर्दैछु।तर गाडीको गति त ठिकै छ मात्र म हातारिएको छु।मेरि उनीलाई भेट्न,मेरि सिरुलाई भेट्न।जो हस्पिटलको बेडमा मलाई नै कुरिरहेकी छिन त्यो पनि मेरो आफ्नै कारण।
बिहानै टुडिखेल मार्निङवाल्क जानुभन्दा अगाडि मैले सिरुलाई कल गरेर भनेको थिए।
'सिरु,अब म तिमिलाई माया गर्न सक्दिन।म तिमिलाई घृणा गर्छु।मैले हरेक कुरामा तिमिभन्दा राम्री केटी भेटाईसकेको छु।तिमि अब आफ्नै बाटो गर म आफ्नो बाटो गर्छु'
'केशु,के भनेको तिमिले यस्तो,मलाई घृणा गर्छ्यौ रे?अनि मेरो माया नि..तिमिलाई मेरो कुनै मतलब छैन है..तिमि म बिना खुशी नै हुन्छ्यौ भने म जे पनि गरुला'
मलिनो आवाज बोल्दै उसले फोन काटेकी थिइन।म मुसुमुसु हास्दै टुडिखेल हिडिरहे अखिर आज त मज्जाले सिरुलाई Fool बनाउन सके भनेर।म त दिउसो भेटमा सबै कुरा मजाक मात्र हो भनेर भन्न चाहन्थे तर भैदियो अर्कै।
सानो खलासी भाईको 'दाई भाडा दिनुस त' आवाज सङ्गै पो म झसङ्ग हुन्छु।मैले गोजीबाट रु.पचास झिकेर दिन्छु।प्रभास सम्मको भाडा काटेर बाकी फिर्ता पैसा दिन्छ खलासी भाईले तर म तिमि नै राख भन्छु।मेरो उदासीपन उसले बुझ्छ सायद अनि त्यो पैसा आफ्नो अर्को खल्तीमा राख्छ।
म मनमनै आफुलाई सराप्छु।तानसेनको भागवती टोलमा ठुलो पाँचतले घर भएको लाहुरेको छोरी थिइ सिरु।तर मनमा घमण्ड पटक्कै थिएन।स्थायी बसिन्दा भए पनि निकै साधारण।सदा जीवन,उच्च बिचार आगलेकी एक नमुना केटी।कलेजको पहिलो दिन देखी नै उ मेरो साथी बनेर आजको दिनसम्म मेरो प्रेमिका बन्न भ्याई।मलाई निकै माया गर्ने मान्छे।
गाउबाट बाबाले ज्याला गरेर पठाउनुभएको पैसाले तानसेनको महांगीमा बाचेको मान्छे म।मैले तिमिभन्दा राम्री पाए भन्दा पक्कै मैले पनि मेरो औकात बिर्सिन पुगेछु क्यारे।तर मैले त April Fool पो मनाको त,त्यसरी ज्यान नै त दिन नहुने उसले।मनलाई रंगशाला बनाएर कुरा निकै खेलिरहेको हुन्छ।फेरि मनमनै सोच्छु,यदि उसलाई केहि भएको भए?अह म सोच्न पनि सक्दिन।
उसलाई केहि भएको म के हुन्छुहोला भन्दा उसलाई जन्म दिने आमाबाबुको हालत के हुन्छ होला?म यहि बढी सोच्न थाल्छु।मैले त 2 बर्ष अगाडि भेटेको हु उसलाई तर मलाई उसको यत्ती धेरै चिन्ता लागेको छ भने जन्म दिएर 20 बर्ष पाल्नुभएको आमाबाबु त पक्कै......म अडिन्छु।त्यो भन्दा बढी सोच्न सक्दिन।
बास्तबमा जे जसो भएपनी मैले गल्ती गरेको छु।अझै ठुलो गल्ती हुनबाट जोगिएको छ। मनमनै भावगनलाई धन्यवाद दिन्छु अनि संगसङ्गै उसको स्वास्थ्यको कामना पनि।
मनै त हो,कहा शान्त भएर बस्न सक्छ र?फेरि अनेक कुराहरु सम्झिन थाल्छु।उसले आफ्नो आमालाई हाम्रो प्रेम सम्बन्धको बारेमा खुल्लस्त बताएकी थिइन।खोइ मेरो व्यबहार बाट नै प्रभावित भएर उसकी आमाले मलाई ज्वोइको रुपमा स्विकरी सकेकी थिइन।मैले पनि उसको आमालाई माइजु भन्न भ्याईसकेको थिए।म गरिव गाउले केटो भएपनि हाम्रो प्रेममा कहिल्यै कुनै समस्या आएको छैन।
अस्ति भर्खरै मात्र म बिरामी हुदा सिरुले नै मेरो हेरचाह गरेकी थिइन।पानी तताउने देखी लिएर खाना खुवाउने सम्म गरेकी थिइन तर आज मैले त्यो मान्छेलाई एउटा मजाकको रुपमा बोलेको शब्दले झण्डै मृत्युको मुखमा पुर्याएको।साच्चिकै मैले ठुलो गल्तीको गरेको छु।यस्तै सोचिरहेको छु म।
यत्तिकैमा खलासी भाईले ढोकाबाट 'ल प्रभास,प्रभास आयो..अनि बुटवल बुटवल' यस्तै बोलेको सुन्छु।म ओर्लिन्छु बसबाट अनि लाग्छु हस्पिटल तिर।
निकै दौडेर म लुम्बिनी मेडिकल कलेजको इमर्जेन्सी रूमतिर जान्छु।म भित्र पुग्नासाथ सिरुकी बहिनि आएर भन्छे 'हजुरले दिदिलाई माया गर्नुहुन्न रे भेनाजु,त्यै भएर दिदिले बिष खानुभाको रे……अब दिदिलाई सधै माया गरिराख्नु है?
'हुन्छ,नानु'म उसलाई आंगलो हालेर रुन्छु।
'प्रमिस?'
'प्रमिस' मैले सकि नसकी भन्छु।अनि सिरु कहा जान्छु।मेरि सिरुलाई त्यस्तो हालतमा देख्दा मेरो नि मन गह्रौ भएर आउछ।उ एक्कासि मेरो आगंलोमा आउछे।अनि रुन्छे।'किन तेसो गर्यौ सिरु?तिमिलाई केहि भएको भए?'
म उसलाई जोडले कस्सिएर भन्छु।
'हामी नारीहरु कि त प्रेम नै गर्दैनौ,गरेपछी जिवनभर साथ छोड्दैनौ केशु..मेरो भन्नु तिमि नै त हौ नि अनि तिमिले नै तेसो भनेपछि म बाच्नुको के अर्थ?'उ जोडले रुदै बोल्छे।
'मैले त अप्रील फुल मनाएको पो थिए त सिरु.....'
'साचो माया गर्नेहरूको लागी न भ्यालेन्टाइन डे,न अप्रील फुल,कुनै फरक पर्दैन।तिनिहरु त माया गरिरहन्छ्न मात्र हरेक पल,मैले जस्तै' फेरि उसले रुदै भन्छे।
'आइ एम सरी,सिरु अब यस्तो कहिल्यै हुदैन,म कहिल्यै तिम्रो मन दुखाउदिन' उसको निधारमा चुम्दै बोल्छु।
'बाबु,कहिल्यै सिरुको मन नदुखाउ,उसले तिमिलाई धेरै माया गर्छे' उसकी आमा मलाई हेर्दै बोल्नुहुन्छ।
यत्तिकैमा डाक्टर साप आउनुहुन्छ।
'डराउनु पर्दैन,तपाइको प्यासेन्ट खतरामुक्त हुन्हुन्छ,आज साझ सम्ममा डिस्चार्ज हुन्छ'
म केहि बोल्न सकिरहेको छैन मात्र हेरिरहेको छु मेरि सिरुलाई अँखा नथाकुन्जेल..मानौ मैले धेरै समय पछि आफ्नो हराएको मुटु पाएको छु।अनि उनि मेरो आंगलो बाधिएर निकै सन्तोषको सास फेरिरहेकी छिन मानौ निकै प्रयास पछि सगरमाथाको सफल आरोहण गरेका आरोहीहरु सगरमाथामा चुचुरामा पुगेर आफ्नो सफलतामा मस्त निदाईरहेका छ्न...😍😍
Saturday, April 1, 2017
खलासी भाइ - बुद्धि सागर
खलासी भाइ`तिमी ठूलो भएर के बन्छौ?´
मोहन जहिल्यैको `विज्ञान सर´ हर्के जहिल्यैको `डाक्टर´ काँहिलो जहिल्यैको `हिरो´ चमेली जहिल्यैकी `गायीका´। मेरो चै हात जहिल्यै हावामा, जिब्रो जहिल्यै चुपचाप। अंग्रेजी घण्टीको अन्तिममा हरेक दिन विज्ञान सरले सोध्थे, म हात उठाएर हाँसीमात्र रहन्थें। अनि सर भन्नुहुन्थ्यो, ‘तँ बुजु्रक नेता बन्नु।’ म जहिल्यै दुबिधामा पर्थेँ– म के बन्नु? नेता बनुँ भनेँ नेता कस्तो हुन्छ? के गर्छ? केहि थाहा छैन। डाक्टर इञ्जिनियर पनि न देख्या छ न राम्ररी बुझ्या छ। अब डाक्टर, इञ्जिनियर, नेता बन्नु अगाडी तिनका बारेमा नबुझी के यो हुन्छु भन्नु। नबुझ्न नी खोज्या होइन। दुईचारचोटी गाउँमा डाक्टर, इञ्जिनियर आ’का छन् भन्ने हल्ला सुनेको हो तर मलाई घरबाट एक्लै हिँड्न दिँदैनन्। फेरि ति डाक्टर इञ्जिनियर हाम्रो चिया पसलमा चिया बिस्कुट खान पनि आएनन्।
म कक्षा दुईमा पढ्थें। घरबाट स्कुल जान पैँतालिस मिनेट हिँड्नुपर्थ्यो। एक्लै हिँड्दा हराउँछ भनेर नौ कक्षामा पढ्ने तल्ला घरका दानबिरे काकाकी छोरीले संगै स्कुल ल्याउने पुर्याउने गर्थिन्। मलाई चाहिँ एक्लै घरबाट स्कुल जाउँजस्तो लाग्ने। एकदिन घर फर्किँदा दिदीलाई सोधें–`म ठूलो भएर के बनम्?´ दिदी भन्थिन्,‘धेरै पढेर पुलिस् बनेस् ।’ ओहो ! त्यस्तो डरलाग्दो बन्नु? त्यस्तो डरलाग्दो हुनपनि धेरै पढ्नुपर्ने रै’छ । आफुलाई भने पढ्नमा भन्दा धेरै ध्यान छुट्टिको दिनको गोलिडन्डामा हुन्थ्यो।
एउटा शनिबार बा कसैको मेला गएनन्। आमा दोकानमै थिन्। बाले `हिँड् घट्ट मकै पिँध्न´ भने। हिँड्न भनेपछि खुब जाँगर चल्ने मलाई। घरबाट घट्ट पुग्न आधाघण्टा लाग्थ्यो। बाटो ठूलै थियो। गाडीचाहिँ बर्षमा कहिले कहिले आउँथे बाटोमा। गाडी देख्न तीनघण्टा हिँडेर खुमलटार पुग्नुपर्थ्यो।
अझै धेरै गाडी देख्नचाहिँ खुमलटारबाट दुई घण्टा गाडी चढेर सदरमुकाम नै पुग्नुपर्थ्यो। बुवाभन्दा अलि पछाडी अथवा अलि अगाडी हिँड्यो कि बाटो भुलिन्छस्, घर आइपुग्दैनस् भनेर संगसंगै हिँडाउनुहुन्थ्यो। म पनि बाटो देख्न पाए कस्तो हुन्थ्यो होला, नहराउन पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो। पसलमा कहिलेकाँही मान्छेले फलानो ठाउँमा मन्दिर बना’का छन् रे , फलाना ठाममा झरना छ रे भन्दा एक्लै जान पाए हुन्थ्यो, बाटो देख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो।
घट्टबाट फर्किँदै गर्दा बालाई सोधें–‘बा यी डाक्टर र इञ्जिनियर कस्ता हुन्छन्।’ बाले हाँस्दै भने,‘डाक्टर डाक्टरजस्तै, इञ्जिनियर इञ्जिनियरजस्तै हुन्छन् केटा।’
फेरि सोधें– ‘म चैं ठूलो भ’र के बनुम् त उसो’भा?’ बाले खै के सोचेर पुलुक्क हेरेर भने–‘डाक्टर बनेनी भो इञ्जिनियर बनेनी भो।’ फेरि खै के सोचे बाले तलदेखि माथिसम्म हेर्दै भने– ‘इञ्जिनियर बनेस् केटा देश विदेश घुम्न पाउँछस्।’
ओ हो ! घुम्न पाइयो त सकियो। अब छोरो इञ्जिनियर भो।
भोलिपल्ट स्कुलमा सरले फेरि सोधे। जुरुक्क उठेर इञ्जिनियर बन्छु भन्दिम् की जस्तो लाग्यो। फेरि सोचें– आ यो सरलाई के भनिराख्नु, एकैचोटी इञ्जिनियर बनेर देश विदेश घुमेरै देखाइदिन्छु। मोहन, हर्के, काइँलाले जहिल्यै कै विज्ञान सर, हिरो र डाक्टर बनिरहे ।
त्यो दिनदेखि गोलिडण्डा खेल्न बन्द। यत्रो इञ्जिनियर भ’र देश बिदेश घुम्ने खुट्टालाई गोलीडण्डा खेलेर गलाउनु हुँदैन। एकदिन शनिबार तल काली खोलामा पुल बनाउने मान्छे आउँदैछन् भन्ने सुनियो। बाले हिँड् केटा इञ्जिनियर हेर्न मात्र के भनेथे खुट्टा पुरै फुरुङ्ग भो। सुकिलो राम्रो को नाममा निलो स्कुलको पाइन्ट ला’र हिँडियो इञ्जिनियर हेर्न। बगरभरि मान्छे नै मान्छे थिए। एकछिन पछि खोलापारी एकहुल मान्छे आ’को देखियो।
बगरमा आएपछि यताबाट दुईजना मान्छे गएर ठूल्ठूला दुईटा झोला तारेर ल्याए। एउटा मान्छे र एउटा झोलालाई पारी नै छाडेर चश्मा ला’को एउटा कालेकाले मान्छेलाई मानबिरे काकाले काँधमा बोकेर खोला तारे। बाले सुटुक्क कानमा भने–‘ए… हेर केटा इञ्जिनियर।’ मनमनै विचार गरें– कस्तो हुतिहारा इञ्जिनियर र’छ, खोलै तर्न नजान्ने इञ्जिनियरले देश विदेश कसरी घुम्ला? झट्ट फेरि सोचें– ए……यो त इञ्जिनियर पो त, जहाँजहाँ जान्छ खोला देख्ने बित्तिकै `छु मन्तर´मा पुल बनाइदिन्छ, अनि आफैंले ब’नाको पुलबाटै तर्दो हो।
टिलिक्क टल्किने कालो जुत्ता, कालै पाइन्ट, रातो कमिज अनि बेहुलाले लाउने जस्तो इस्त्रि धसेको कालो कोट र ऐना देखिने चस्मा ला’को इञ्जिनियर मेरै अगाडिबाट माथितिर गयो र अल्लि माथि गएर झोलाबाट अनेक झ्याम्टा झिकुटा झिकेर तीनलौरे डण्डा गाड्दै टुप्पाबाट पहेंलो दुरपिनले पारी हेर्न थाल्यो। पारीको मान्छेपनि त्यसै गर्दैथ्यो।
अनेक ताना त्रिकुटा मिलाउँदै दुरपिन यता र उता सार्दै पारीको मान्छेलाई हातले यता र उता भन्दै दुरपिन बिसायो र झोलाबाट कालो चारपाटे पटाइजस्तो उघारेर के के थिच्न थाल्यो। बाले सुटुक्क भने,‘हेर केटा कम्पुटर।’ सोचें इञ्जिनियर बन्न सानो कम्पुटरपनि चाहिने र’छ। दुरपिन, ऐना देखिने चश्मा, काला जुत्ता, बे’मा लाउनेजस्तो कोट चाहिँदोर’छ। बाले हिँड् केटा साँझपर्छ भनिहाले, मैले एकछिन बसौँन बा पुल हेरेर जाम्ला भनें। बासंगै अरु मान्छेपनि खितिती हाँसे। दानविरे काकाले हाँस्दै भने–‘अझै सात आठ मै’ना लाग्छ केटा पुल बन्न।’
आम्मामामा! इञ्जिनियरले भन्दा त गाउँभरीका मान्छेले एक–एक घनु बाँस बोकेर आएदेखि एकदिनमै बन्छ ना’थे पुल। घरजाँदा बाटोमा बालाई सोधें–‘बा तो कम्पुटर र दुरपिनलाई कति रुप्पे पर्छ?’ कम्पुटरलाई पचास हजार पर्छ रे केटा दुरपिनलाई त अझ धेरै पर्ला´– बा जान्ने पल्टिए।
भात खा’र सुत्दैगर्दा यस्सो सोचें– त्यत्रो बिधी कम्पुटर, दुरपिन किन्ने पैसो काँ बाट ल्याउने? त्यस्तो जुत्ता, त्यस्तै कोट, चश्मा किन्ने पैसोपनि छैन। यो इञ्जिनियर बनेर काम रै’नछ। एउटा जाबो पुल बनाउननी आ–आठ मैना लाउँदो र’छ। उता फर्किएर बाको पसिना गनाउने कुममा घुस्रिँदै भने-`बा मलाई इञ्जिनियर मन परेन अब डाक्टर हुन्छु।´
भोलिपल्ट अंग्रेजी घण्टीमा फेरि सरले सोधे– हात उठाएर `डाक्टर´ भन्दिम् कि जस्तोपनि ला’गो। फेरि सोचें, डाक्टर पनि इञ्जिनियर जस्तै धोकेबाज र त्यस्तै धनी निस्कियो भने? त्यसदिन पनि चुपचापै बसें।
अलिदिन पछि एकदिन मावलबाट हजुरआमा आउनु’भो। आँखाबाट आँसुु आ’को आयै गरेर सदरमुकाम अस्पताल जान आउनुभ’को बुझियो। भोलि बिहानै अस्पताल लाने कुरा भो र मुलबाटो खुमलटारसम्म पुग्नलाई आमालाई बोक्न साँझमा तल्लाघरे मानबिरे काकाको मा घोडा भन्न बा गए। म ओछ्यानमा पसें। मनमनै सोचें–बाले मलाई पनि सदरमुकाम लगेत गज्जबै हुन्थ्यो। एकछिन पछि बा आए र ओछ्यानमा पसे। म लाडे भएर बाको पसिना गनाउने कुममा घुस्रिँदै भनें– `बा म’नि डाक्टर हेर्न सदरमुकाम जान्छु नी?´ बाले `लु न त बिहाना छिट्टै उठ्नुपर्छ अहिले सुत् भने।´
के खा’र निन्द्रा लाग्थ्यो र। तै पनि डाक्टरका बारेमा सोच्दासोच्दै कतिबेला निदाएछु। बाले बिहानै उठाए। सुकिलोमुकिलो त्यही स्कुलको निलो पाइन्ट ला’र घोडामा आमाको अगाडी बसेर हिँडियो सदरमुकाम डाक्टर हेर्न।
‘ओइ केटा उठ् अब डाक्टर आउने बेला भो’– बाले भने। घोडामा चढेर हिँड्दा कोक्रामा झुलेझैँ भा’थो। कतिबेला भुसुक्कै भएँछु। थुक्क गाडी चढ्या नी था’पाइनछु। म ब्युँझिँदा गज्याङ गुजुङ हल्ला थियो। हामी फलामे कुर्सीमा बसेका थिम्। कोही मान्छे झोलामा स्याउ बोकेर, कोहि पानीका बट्टा बोकेर यताउता गर्दै थिए। अचानक सप्पै मान्छेका आँखा एकैतिर हेर्न थाले। बाले पनि उतै हेर्न थाले। म पनि कुर्सीमा चढेर तन्कितन्की हेर्न थालें। परबाट दुईजना सेता लुगा लगा’का राम्रा दिदीहरुसंग कुरा गर्दै एउटा लामो सेतो कोट ला’को मान्छे आयो। बाले ‘लु डाक्टर साब आए अब’, भने।
टक्टक् इञ्जिनियरका जस्ता काला जुत्ता बजाउँदै सिसाको चस्मा ला’को, सेतो कमिजमा कालो टाइ ला’को मान्छे घाँटीमा पाटको दाम्लोजस्तो बेरेर हाम्रै अगाडीबाट गयो। ओ हो! डाक्टर भनेको ठूलै मान्छे हुँदो रै’छ। हामी बाहिरै बसिरह्यौँ। म फेरि सोच्न थालें– घाँटीमा लाउने त्यस्तै पाटको दाम्लो त बाले बाटिदिन्छन् समस्यै भएन। तर यो सिसाको चस्मा, काला टल्किने जुत्ता, सेतो कोट, टाइ चाहिँ काँ बाट पैसा ल्या’र किन्नु? त्यत्ति नै बेला एउटी दिदी आएर, ‘पालो आयो भित्र जानुस्’, भनिन्। हामी भित्र गइम्। डाक्टर कुर्सीमा बसेका थिए। हामी जानासाथ कागज हेर्दै आमालाई आफ्नो छेउमा बोलायो र आँखा च्यातेर हेर्न थाल्यो। अनि घाँटीको दाम्लोजस्तो खोलेर दुई तिरको टुप्पो कानमा घुसायो, अर्कोपट्टिको ठोसो आमाको छातीमा राखेर घरी यता घरी उता सारिरह्यो। अर्को घडि भा’को कपडा निकालेर आमाको पाखुरामा बाँध्दै कपडाको तल झुण्डिएको सानो बेलुन फ्याँसफ्याँस पार्न थाल्यो। त्यसपछि आमालाई पर्दा भएको कोठामा लग्यो। म चाहिँ खुसुक्क त्यही पर्दाबाट यस्सो चिहाएँ।
ओ हो! त्यो डाक्टरले त आमालाई अगाडि राखेर त्यो इञ्जिनियरको भन्दा ठूलो दुरपिनले आमालाई हेर्दै र’छ। यस्सो उतापट्टि हेरें, टेबलमा इञ्जिनियरको भन्दा ठूलो थिच्ने भा’को कम्पुटर थियो। आ’र बालाई भनें– बा यो डाक्टरपनि इञ्जिनियरजस्तो र’छ। त्यस्तो दुरपिन, कम्पुटर, जुत्ता, टाइ, कोट किन्न पैसा छैन बा। म डाक्टर बन्दिन ल। बाले भने-`चुपलागेर बस् केटा याँ हल्ला गर्नु हुन्न।´ एकछिनपछि डाक्टर निस्कियो र एउटा चिर्कटोमा के–के लेख्दै भन्यो, ‘अप्रेसन गर्नुपर्दैन औषधि खाँदा हुन्छ।’ त्यो चिर्कटो बालाई दियो। मैले यस्सो चिहाएर हेरें– चारपाँच ठाउँ अंग्रेजीमा हाम्रो हेडसरले जस्तै सहि गरेको थियो। जम्मा `ए´ र `इ´ मात्र बुझें। झट्ट बिरेलाई सम्झिएँ। विज्ञान सर हुन्छु भन्थ्यो कमसेकम विज्ञान सरले कालोपाटीमा लेखेको अंग्रेजी त बुझिन्छ।
कतिबेला त्यहाँबाट निस्कौँ जस्तो लाग्यो। डाक्टर पनि धोकेबाज निस्कियो। बाहिर बाले चिर्कटो देखाएर दोकानबाट ओखती किने।
साँझ पर्न लागेको थियो, सरासर गएर गाडीमा चढियो। हामी ढोकाको छेउमा बसेका थिम्। आमा भित्तापट्टि, बुवा छेउपट्टि र म बुवाको काखमा बसेको थिएँ। उत्तापट्टि म जस्तै अर्को केटो सायद आमासंगै बसेको थियो। एकछिनमा भ्यार्र कराउँदै गाडी हिँड्न थाल्यो। बिस्तारै हिँड्दा हिँड्दै एकैचोटि हुटिट्याउँजस्तो उफ्रेर एउटा केटो ढोकामा आइपुग्यो र हातले ढ्यापढ्याप पार्दै `जाम् जाम् गुरुजी´ भन्न थाल्यो। मैलेजस्तै निलो पाइन्ट ला’को थियो। खुट्टामा चुटिएर गाँसेको चप्पल अनि माथि बाले मेलामा जाँदा लाउनेजस्तै पछाडि सानो दुलो परेको ठूलो कमिज ला’को थ्यो। बेलाबेला बाहिर हेर्दै कराउँथ्यो— कटुसे, र्याम्फे, बाँसघारी, बाँसघारी। ‘खलाँसी भाइ कटुसे पुग्न कति लाग्छ?´—पछाडिबाट कसैले सोध्यो। ‘आधिघण्टामा पुग्छ’—खलाँसी भाइले भन्यो। एकछिन पछि आएर बालाई सोध्यो—`काँ झर्ने?´ बाले `खुमलटार´ भन्दै खल्तीबाट पैसा झिकेर दिए। त्यो मान्छे छेउमा आउँदा मेरो बाको कुमबाट आउनेजस्तै पसिनाको गन्ध आउँथ्यो। खलाँसी भाइले सबै मान्छेलाई सोध्न थाल्यो। काँ झर्ने ?—कोल्टेभिर । अनि तपाईँ ?— म कटुसे। आन्टी तपाईँ नी?— म बाँसघारी झर्ने। पछाडि पुगेर फेरि त्यो मान्छे अगाडि आएर उत्तापट्टि बस्ने आन्टीलाई सोध्यो— काँ झर्ने आन्टी? आन्टीले र्याम्फे झर्ने भनिन्।
अनि म जस्तै केटोले सोध्यो—`मेरो मावल कतिबेला पुगिन्छ?´ `अब एकछिनमा पुगिन्छ´ खलाँसी भाइले भन्यो।
ओ हो ! यो खलाँसी भाइलाई त सप्पै था’रछ। त्यो केटाको मावल पनि था’रछ। यो गाडीमा मावल हिँडेका जति सबैको मावल था’होला। घरपनि था’होला। खलाँसी भाइलाई त मेरो मावलपनि था’होला। खलाँसी भाइ त घट्टपनि एक्लै जान सक्छ होला। मन्दिर, झरना सप्पैतिर जान सक्छ होला! सबै ठामको नाम था’रछ, कतै हराउँदैन होला। अचानक मलाई खलाँसी भाइ मन परेर आयो। मेरैजस्तो निलो पाइन्ट र बाको जस्तो सर्ट भए हुने र’छ। न त डाक्टर इञ्जिनियरको जस्तो दुरपिन चाहिने न कम्पुटर चाहिने। कोट, जुत्ता, चस्मा पनि नचाहिने। पैसापनि नचाहिने। एक्लै सप्पैतिर घुम्म नी पाइने। ओ हो ! खलाँसी भाइ पो बन्न सजिलो र’छ।
सोच्दासोच्दै हेर्दाहेर्दै खलाँसी करायो—`खुमलटार झर्ने आउनुस् त।´ बा, हजुरआमा र म तिनैजना झर्यौँ । म त्यो गाडी पर पुगुन्जेल त्यो ढोकामा उभिएको खलाँसी भाइलाई हेरिरहें। बिहानजस्तै घोडामा झालाझुला खेल्दै राती घर पुगियो। खाना खाएर घुप्लुक्क सुतेपछि निदाइयो ।
भोलिपल्ट त्यही निलो पाइन्ट लाएर सानका साथ स्कुल गइयो। हरेक दिनझैं विज्ञान सरले अंग्रेजी घण्टीको अन्तिममा सोधे— `ठूलो भएर के बन्छौ अरे?´ मोहनेले जुरुक्क उठेर भन्यो, ‘म विज्ञान सर बन्छु।’ पुलुक्क हेरेर मनमनै सोचें, ठिक छ। हर्के जुरुक्क उठेर भन्यो, ‘म डाक्टर बन्छु।’ यस्सो तलतिर हेरें हर्केको जुत्ताबाट बुढि औँलाले हेरिरा’को थियो। मनमनै भनें— तेरो डाक्टर हुने जुत्ता देख्दै छु म। काँइलो एकछिन हिरै भो। अनि चमेली गायीका। कक्षाका अरु साथीले दिनैपिच्छे फरक फरक हुन्छु भन्थे त्यसैले अरुको याद भएन। जब सबैको पालो सकियो तब मैले टक्क हात उठाएँ। सरले हेरिरहे । अनि बेन्चिमाथि चढेर गर्वसाथ भनें— `म खलाँसी भाइ बन्छु सर।´
र आज खालासी नै बने!
#संयोगले!
Tuesday, March 28, 2017
अगेनिमा मेरा आमाबाबा आगो ताप्दै थिए रे सुने एक्कासी हुरिबतास चल्यो,खरानी बनायो ।।
गजल-२०७३/१२/०८
मट्टितेल खन्यायो मन जल्यो,खरानी बनायो
र लाग्छ उस्को ज्यानै गल्यो,खरानी बनायो ।।
ए महाशय गरिबको जिन्दगी भन्नू के नै हो र ?
सलाइको बट्टामा काटी दल्यो,खरानी बनायो ।।
यो संसारको नर संहार गर्नेहरु कति बढेछन
सल्लाघारिमा एक सिंठा बल्यो,खरानी बनायो ।।
राती श्रीमतिको कुटि कुटि हत्या गर्यो उस्ले
ला!छोराछोरिको आँखा छल्यो,खरानी बनायो ।।
अगेनिमा मेरा आमाबाबा आगो ताप्दै थिए रे
सुने एक्कासी हुरिबतास चल्यो,खरानी बनायो ।।
-सरोज पाठक
निलकण्ठ न पा-११,धादिङ।।
Monday, March 27, 2017
-झरी परेको त्यो साझ -सागर लामिछाने
-झरी परेको त्यो साझ
-सागर लामिछाने
"फेरि एउटा पागल थपिएछ" मनमनै बोले।तानसेन बजार भरी चर्चा उसकै थियो।"कस्तो अजिबको पागल रहिछ"बिहनिपख सधै हातमा बोरा बोकि बाटोको कागज टिप्दै हिन्थ्यो,नारायणस्थानको बाटो बिहानी र साझ पख सधै ओहोर दोहोर गरिरहन्थ्यो।कपाल जिङ्ग्रङ्ग लटटै लट्टा परेको,खैरो कपडा मैलो ले कलेटी परेको,खाली खुट्टा ,पानी नपरेर चिरा परेको वारि जस्तै फुटेको पैतला। मान्छे अजिबकै थियो,लोग्ने मान्छे देख्यो कि घुरेर हेर्ने कि त रिसाउने अनि आईमाई मान्छे देख्दा भाबुक हुने कि त रोइहाल्ने।अरुले दिएको केही नखाने ,बदो अचम्मको पागल।कहिले ठाडो गल्लिमा लौरो टेक्दै हिन्थ्यो त कहिले हुलाक अगाडि टोलाएर बस्थ्यो।उमेर चालीस कटे जस्तो देखिए पनि उ तीस बत्तिसको हुनुपर्छ।
एकदिन म धवल पुस्तकालय को बाटो हुँदै भगवती टोल तिर जाँदै थिए।बाटोमा फालिएको फोहोरको डङ्गुर मा उसले केहि खोजिरहेको थियो।पोका पारिएका कागज खोल्दै बोरामा हाल्दै थियो,मलाइ रमाइलो लागेर केही बेर अडिएर हेरिरहे,कागज हरु खोल्ने क्रममा उसले एउटा निलो कागज फेला पार्यो,कागज भित्र बासी भात रहिछ,उसले खोल्दा अमिलो गन्ध ह्वास्स नाकमा ठोक्किन आइपुग्यो उसले त्यो कागजलाइ बदो जतन साथ हातमा लिइ त्यो भात खान लाग्यो,खाएर सकेसी बोरामा राखेको सबै कागज त्यही फोहोरमा खनाइ बाटो लाग्यो,
फेरि एकदिन त्यसै गरि भेटियो उ,नगरपालिका को तलपट्टी तिनधारा जाने बाटोमा उसले त्यो फोहोरोमा खाने कुरा खोजिरहेको थियो सायद।धेरै कागज खोलेर हेर्यो अह!पाएन खानेकुरा उसले खोलिसकेका कागजका पोका पटक पटक खोल्थ्यो तर खानेकुरा पाउदैन्थ्यो पाउथ्यो त केवल कुखुराका रौ,प्याड ,धुलो हरु।उ एकपटक रिसायो उसले भुइमा राखेको लौरो ढल तिर फ्याक्यो खुट्टा बजार्यो,रोयो अनि हास्यो फेरि खोज्न सुरु गर्यो।
करिब बीस पच्चिस मिनेट उभिएर हेरिसकेपछि म मा दया जागेर आयो,बोले।
"के खोज्दै हुनुहुन्छ?"
उसले मेरो कुरा सुनेन सायद।आफनै सुरमा आफ्नो काम गरिरहयो।फेरि बोले,
"ओ दाइ त्यो फोहोरमा के खोज्दै हुनुहुन्छ ?"
एसपाली पुर्लुक्क हेर्यो,जवाफ केही दिएन।
"भोक लाछ हो तपाइलाइ?"
अह जवाफ केही दिएन,झन घुरेर हेर्यो,खाउला झै गरि रिसायो।मनमा डर पलायो,
"साला पागल हो ,हान्यो भने त हान्यो हान्यो नि"मन मनै बोले।अनि पचासको नोट उसलाई दिदै बोले,
"यसले नास्ता पानी खाउ"
पैसा लिनै मानेन।मैले नजिकै गएर हातमा राखिदिए,पैसा फ्याकिदियो।पैसा टिपेर फेरि हातमै राखिदिए,उसले मलाइ एक्कासी ढकल्यो र पैसा च्याटी फ्याकिदियो।मलाइ रिस उठयो र भनिदिए-"साला,खाते...मु* तलाइ दया गरेर पैसा दिदा पचेन होइन,तलाई यहि फोहोरको खानेकुरा मीठो लाग्छ होइन,बासी र सडेगलेको खानेकुरा बसाउछ होइन तेरो औकात नै कहाँ छ र होटेल मा बसेर खान..."
"मेरो औकातको कुरा नगर भाइ..."मेरो कुरा काटी उ एक्कासि बोल्यो।उसका आँखा राता भएका थिए सायद मेरो कुरा मन परेन उसलाइ।
र फेरि बोल्यो।
"त यहा बाट गै हाल"
साझ पर्न आटेको थियो,म केही नबोली कोठा तिर लागे,राती आठ नौ बजे तिर अकास गड्याङ्ग गुडुङ्ग गर्न थाल्यो नभन्दै असिना पानी एकै चोटि बर्सिन थाल्यो।त्यो पागल यस्तो पानीमा कहाँ बस्यो होला?के गर्दै छ होला?खानेकुरा पायो कि नाइ होला?रातभरी भिज्यो भने त चिसोले मर्छ बरै!मनमा अनि दिमागमा उसकै मात्र कुरा खेल्न थाल्यो।
घडिमा रातको साढे दस बजेको थियो,पानी रोकिने कुनै छाटकाट थिएन,हावा हुरि सङ्गै पानी छड्के पर्दै थियो।म छाता लिएर त्यही पागललाइ खोज्न हिडे।
तानसेन बजार पुरै घुम्दा पनि कहि भेटिएन उ अन्तिममा उ टुडिखेलको टोप घरमा भेटियो।पानीले निथुर्क्क भिजेको टाउको र पाउ खुम्चाएर हात छाटिमा राखी कुकुर जसरि कुप्री परेर काप्दै चिसो भुइमा सुतिरहेको।ओछ्याउने केही थिएन,उसलाइ देखेर भित्रै देखि माया लागेर आयो।बोलाए।
"दाइ.."
उ बोलेन।मोबाइलको टर्छ मुखैमा लागि फेरि बोलाए-"दाइ.."
यसपाली मलाइ घुरेर हेर्यो,अनि सुतिरहेको मान्छे उठेर बस्यो।चिसोले उसको ओठ निलो भएको थियो।
"जाउ हिद्नुस म सङ्ग मेरो कोठामा"
सुरुमा नाइ भनी टाउको हल्लाइ आनाकानी गर्यो।मैले जबर्जस्ति हात समातेर उसलाइ उठाए।अनि कोठा मा ल्याइ नुहाउन पथाइ न्यानो कपडा दिई,चाउ चाउको तातो सुप खान दिदै बोले।
"तपाइको नाम के हो?"
उसले कचौरा हात कपाउदै उठायो र तातो सुप सुरुप्प पार्दै बोल्यो।
"गङ्गालाल श्रेष्ठ.."
"ढाट्नु भयो" म हास्तै बोले।
"म त्यो राणाकालमा राणा द्वारा मारिएको गङ्गालाल श्रेष्ठ होइन,मेरो नाम नै गङ्गालाल श्रेष्ठ"
"घर कहा हो नि"
"भक्तपुर"
"भक्तपुर को मान्छे यहाँ कसरी?
"समय भाइ"
"मतलब"
"आफ्नै मान्छेले धोका दिए"
"भन्नुस म सुन्छु हजुरको कुरा,"
उ रुन थाल्यो।धेरै बेर रोहिरहयो।म केही बोल्न सकिन।सम्झाउन पनि सकिन।धेरै बेर पछि उ बोल्यो।
"तिमी जस्तै मेरो पनि भाइ छ,उ एउटा अफिसमा जागिर गर्छ।महेस श्रेष्ठ मेरो भाइको नाम हामी दुई दाजुभाइ यति मिल्थ्यौ कि हाम्रो छिमेकी हरु हाम्रो मेलमिलाप देखेर डाह गर्थे,मैले अठार बर्षकै उमेरमा बिहे गरे।मिरा चौहान मेरि श्रीमतिको नाम।घरमा आमा बुवा भाइ र म अनि एउटि सदस्य थप भएको थियो,मेरि जहान मिरा।उनी राम्री थिइन,घरमा सबै खुशी थियौ।बुबाको भक्तपुर मा ठूलो भाडा पसल थियो।मिराले साझ बिहान आमालाइ भान्साम सघाउथिन,दिउँसो बुवालाइ पसलमा सघाउथिन भने म पर्ढै थिए,एस एल सि को तयारी गर्दै थिए।
एस एल सि मा राम्रो अङ्क ल्याएर पास भए,त्यति बेला सरकारी जागिर पाउन सजिलो थियो,मैले खरिदारमा नाम निकाले।दिनहरु राम्रै गरि बितिराथ्यो,एकदिन घरमा झगडा भयो,बुवाले मिरालाइ पसलको पैसा लुकाउछे भन्ने आरोप लगाउनु भो।रातभरी मिरा मसङ्ग रोइ।उसले छुट्टिने कुरा गरि।मैले सम्झाउने कोसिस हरे तर उसले मान्दै मानिने।अन्तिममा हामी छुट्टियौ।सम्पतिको नाममा मलाइ एक टुक्रा पनि केहि पाएन।सम्पती माग्दा बुवाले भन्नुभो"आइमाइको फरिया समातेर छुट्टिन तम्सिस सम्पती त,,,"
म कराउन थाले,
"सम्पती त चाहिन्छ मलाइ"
"तेरो जागिर छ,भाइको केही छैन पर्दैन तलाइ सम्पती.."
बुबा देखि सम्पती पाउने कुनै छातकात थिएन,म अदालत गै मुद्दा लड्ने निधो गरे।कम्तिमा पनि छ महिना मुद्दा लर्दा लर्दै दिन बिते।भएको अलि अलि पैसा अनि मिराको गरगहना मुद्दा लर्दै सकियो।आखिर मुद्दा मा बुवाले नै जित्नुभयो।म चिल्लै।उता जागिरमा हाजिर कम भएकाले हाकिम सङ्ग खतपत भैरहेको थियो।कुरा मिल्दैनथ्यो।दुबैले एक अर्काको केही गल्ती भेट्यो भने तलाइ पखको भावना मन मा पलाएका थियौ।
एकदिन हाकिमले घुस खादै गरेको मैले देखे।त्यो कुरा सबै तिर हल्ला फिजाइदिए।हाकिमले रिसाएर मेरो जागिर नै खोसिदियो।अब म रिट्टै भएको थिए।भक्तपुर मै मैले सानो डेरा लिएर बसेको थिए।डेरा महङ्गो थियो,त्यसमाथी जागिर थिएन ।मिरा कराउन थालेकी थिइन,मैले पत्रीका बाद्ने काम पाएको थिए।त्यस बाट आएको कमाइले डेरा को भाडा दिन त पुग्थ्यो तर खान पुग्थेन।दिन कात्न मुस्किल हुँदै गैरहेको थियो,उधारो समान दिनेहरुले दिन छाडेका थिए मिरा ले हरेक साझ खाना खाने बेलामा गुनासो गर्थी।फलानो ले पैसा मागेछ,अब त भोकै बस्नु पर्छ।अलि कमाइ हुने जागीर गर।म खोज्दै छु भनी उनलाइ सम्झाउथे।अहिले पो अँध्यारो छ जिन्दगी पछि कुनै दिन उज्यालो हुन्छ भन्थे,तर दिन हरु झनै कष्टकर हुन थाल्यो।दिनको एकछाक चिउरा र पानी पनि खाएर बस्यौ।
कोहि आफन्तिले भाइको प्रगती बारे कुरा सुनाउथे।एक साझ मिराले नै भनेकी थिइन।
"देवर बाबू ले अफिसमा काम गर्नु हुन्छ रे,त्यही अफिसको अहिले हाकिम बन्नु भाछ रे काम पाउनुहुन्थ्यो कि?"
मैले "हुन्न"भन्थे।भाइ बुवा आमा मलाइ शत्रु जस्तै लाग्थ्यो।
मिराले धेरै कुरा भनी।अब त जागिर नगरे माइत गएर बस्छु सम्म भनी।अन्तिममा भाइ सङ्ग भेट्ने निर्णय गरे।
अनि भाइको अफिस तिनकुनेमा रहिछ,दिउँसो पख भाइ लाई भेटी सबै कुरा राखे।भाइले जागिर दियो।महिनामा सात हजार,डेरा को मात्र तीन हजार बाकी खान लाउन।
भाइ अफिस देखि सधै चाडो निक्लन्थ्यो,उ त हाकिम मान्छे भन्न केही भएन फेरि जागिर जाला भन्ने डर।सुख दुख चलिराथ्यो।मिरा खुसी थिइन।धेरै पछि उनको मुहारमा खुशी छाएको थियो,उनको खुशिमा म पनि खुशी थिए।
एकदिन अफिसको काम चाडै सकि डेरा तिर सरासर लागे।माघ महिना चिसो मौसम त्यसमाथी झरी पर्दै थियो।हात चिसोले कठाङ्गृएको थियो,मुख देखि तातो बाफ फुस फुस छर्दै हिन्दै थिए।बाटो वरपर केटाकेटी हरु आगो ताप्दै बसिरहेका देखिन्थे।बाटोमा भेट भएका हर कोहि को कुरा जाडो देखि सुरु भएर जाडोमै गएर अन्त्य हुन्थ्यो-"ओ हो यो बर्ष त कति जाडो है?"
कोहि तातो तातो चिया नाकको टुप्पा रातो बनाउदै पिउदै थिए त कोहि न्यानो कपडा लाएर हिनिरहेका थिए।म सङ्ग छाता थिएन म झरिमा भिज्दै छिटो छिटो हिनिरहेको थिए।घडिमा छ बजे पनि चाडै अँध्यारो भएको थियो।मिराको हात हप्तौ देखि खालि थियो,चुरा पसल बाट चुरा किनि उनलाइ उपहार दिन मन लाग्यो।दुई दर्जन चुरा र रातो टीका बोकि उनलाइ खुशी बनाउन हतार हतार डेरा पुग्दा त....."
टक्क अडिडै लामो श्वास लिएर..
"मेरो भाइ र मेरि मिरा एउटै बिस्तारामा पल्टिदै थिए।कुन चाहिँ पतिले सहन्छ,आफ्नी पत्नी पर पुरुष सङग सम्बन्ध गासेको,मेरो मन भाचियो,हातमा रहेको चुरा खसी फुटे,भाचिए त्यो भन्दा बदि मेरो मुटु टुकृयो भाचियो,रुन मन लाग्यो।मैले केही गर्न सकिन आफुलाइ भन्दा बदि बिस्वास गरेकी मिराको खुशी म होइन मेरो भाइ रहिछ,सायद मैले जागिर पाउनु पनि मिराकै कारण हुन सक्छ मलाई बल्ल थाहा भयो,भाइ चाडै अफिस देखि छुट्नुको कारण,मलाइ उनिहरुले कुकुरलाइ सरह गराए।रागो काटदा कुकुरलाइ हड्डी फ्याकियो भने कुकुर हड्डी लिई रमाउदै खान्छ नि त्यस्तै मलाइ पनि जागिर दिई खुशी गराए तर त्यो खुशी धेरै बेर टिकेन।
म अझ सम्झिन्छु,त्यो साझ ,झरी परेको साझ,अकास खै किन रुदै थियो त्यो दिन तर मेरो मन आफनाले नै ढोका दिई रुदै थियो,मलाइ आफू देखि नै वाक्क लाग्न थाल्यो,जिन्दगी बै बोझ लाग्न थाल्यो अझ यो दुई मुठी सास नै भारी हुन थाल्यो,आत्महत्या गर्न नखोजेको होइन तर कालले लान मानेन कि मैले आत्महत्या गर्न जानेन खै किन अहिले सम्म बाचिरहेछु...."
उ टक्क रोकियो,उसको कयौ कुरा सम्झीन सकिन,कहि कुरा बुझ्न सकिन,बुझेको कुरा सम्झेको कुरा डायरिमा लेख्न सम्म सके।भोलि पख बिहानै उ कोठा देखि निस्की ,आफ्नो बाटो लाग्यो।जाने बेलामा उसलाइ मेरो फोन नम्बर दिएको थिए,उसले जतनका साथ गोजिमा राखेको थियो।उ पागल होइन,पागल उसलाइ समयले बनाएको थियो यस्तै सोचे।थाहा छैन अब उ कहाँ जाँदै थियो।त्यसपछी हाम्रो भेट कहिल्यै भएन।तानसेनमा देखा पनि परेन।
करिब एक बर्ष पछि मेरो मोबाइलमा नया नम्बर देखि फोन आयो।कुरा गर्दा उहीँ गङ्गालाल श्रेष्ठ को थियो।भन्दै थियो,बिगतलाइ भुली नया जीवन ज्युन जाँदै छु।भक्तपुर मेरि मिरा मलाइ नै कुर्दै छिन।म गलत छु भाइ,उनले हामी दुबैको लागि शरीर बेचेकी थिइन तर मैले उनलाई बुझ्न सकेनछु।भाइ तिम्री भाउजुलाइ धेरै पछि भेट्न जाँदै छु के लग्दिउ उपहार,,
उ खुशी खुशी बोलिरहेको थियो,मैले हास्तै जवाफ दिए,
"भाउजुको हात र निधार अझै खाली होलान चुरा र टिकि लगिदिनु"
साउनको महिना,झरी परि नै राखेको थियो,समाचारमा नराम्रो खबर सुनियो।त्रिसुलिमा बस खस्यो।बाइसको मृत्यु दुइको उद्दार।
मृत्यु हुनेमा गङ्गालाल श्रेष्ठ को नाम पनि थियो।मन ग्रहौ भएर आयो।साझपख रास्टिय च्यानल बाट समाचार प्रसारण भैरहेको थियो,त्यो दिन पनि झरी परि नै राखेको थियो।सम्झिए गङ्गालाललाइ एक बर्ष अगाडिको उसको हुलिया र म सङ्ग छुटिदा को त्यो अनुहार एकचोटी अनुहारमा आइ नाच्यो।राती अबेर सम्म निद लागेन।म कहिल्यै भुल्ने छैन उसलाइ अनि उसको नमिठो अतितलाइ अझ उसको जिन्दगी बर्बाद गर्ने झरी परेको त्यो साझलाइ अझ भुल्ने छैन त्यो नराम्रो समाचार मेरो कान सम्म ल्याउने झरी परेको त्यो साझलाइ ।
- समाप्त
Sunday, March 26, 2017
चुपचाप बस्दै छ्न युवा गजलकार रुपक "संरक्षण" आखिर किन ?
"गजल"
दुख परेको बेला चुपचाप बसेको छ
आँसु खस्दा परेला चुपचाप बसेको छ
सुकिला हातले करोडौं गनिरहेछन यहाँ
फुटेको यो हत्केला चुपचाप बसेको छ
मनमा कुराहरु अनियन्त्रित भएपछी
गुरु कराइराछ चेला चुपचाप बसेको छ
धनको अभाव भएपछी एक युवक
सबै बाट भयो हेला चुपचाप बसेको छ
एकान्तमा दुख अनि आँसु साथी हुदा
उसलाइ कसले सम्झेला चुपचाप बसेको छ
रूपक ढुंगाना 'संरक्षण'
किरान्चोक-२ धादिङ
हाल काठमाडौ
Friday, March 24, 2017
तिमीलाई त म मजाले गर्भवती बनाइदिन्छु सक्छौ भने मलाई गर्भवती बनाएर देखाउ । अविशेक श्रेष्ठ वियोगी
फुर्सदको समयमा मुक्तकिला मन हरुलाई एकीकृत गर्दै जादा जस्तो भेटियो यता तेस्तै टासियो । प्रतिक्रियाको आसामा छौ । मित्र तेजस्वी नानूलाई धेरै धेरै धन्यवाद ।
मुक्तक सवाल जवाफ
१.
नारी जस्तै पराइ घर समाएर देखाउ ।
भित्र पीडा लुकाइ बाहिर रमाएर देखाउ ।
महिला जति गर्न सक्ने हिम्मत भए पुरुष ,
गर्भवती भइ बच्चा जन्माएर देखाउ ।
तेजस्वी नानू
२.
दुख सुखमा मिलिजुली बाच्नुपर्छ ।
म पनि केहि गर्छु भनि आट्नुपर्छ ।
पुरुषले बच्चा जन्माउनु पर्छ भने
पहिले तिम्रो मेरो यौनाङ्ग साट्नुपर्छ ।
अविशेक श्रेष्ठ वियोगी
३.
महिलाप्रति समान नजर आबश्यक छ।
हक अधिकार बराबर आबश्यक छ।
मर्द भए जसरी नि बच्चा जन्माउनु तिम्ले,
यौनाङ्ग साटफेर बेगर आबश्यक छ ।
तेजस्वी नानू
४.
सक्छौ भने समानताको गीत गाएर देखाउ ।
केही गरि समाजमा अगाडि आएर देखाउ ।
तिमीलाई त म मजाले गर्भवती बनाइदिन्छु
सक्छौ भने मलाई गर्भवती बनाएर देखाउ ।
अविशेक श्रेष्ठ वियोगी
५.
आउने छु एकदिन सबलाइ पछारि आउने छु ।
पुरुष लाई कैयौ कोष पछि पारि आउने छु ।
चानचुने नसोच्नु हाम्लाइ पुरुष महासय,
बनेर असल सभ्य नारी आउने छु ।
तेजस्वी नानू
६.
आफ्नो ठाँउमा आफै ठुला छन घमण्ड नगर्नु
आफैले आफैलाई कहिल्यै सजाय दण्ड नगर्नु
नारी पुरूष एकै रथका दुई पाङ्ग्रा भन्छन
चलि आएको नियमलाई खण्ड खण्ड नगर्नु ।
अविशेक श्रेष्ठ वियोगी
७.
हाम्ले होइन यो कुरा सिक्नु पर्छ तिम्ले ।
मानसिकता को नराम्रो सोच झिक्नु पर्छ तिम्ले ।
बिचार होइन व्यबहार मा देखाउ यो कुरा,
रथ को अर्को पाङ्गा भै टिक्नु पर्छ तिम्ले ।
तेजस्वी नानू
८.
सबैलाई उस्तै देख्ने तिम्रो नजर बैमानी ।
नारी पुरूष एकै भन्न गर्छौ आनाकानी ।
रोजी असल पुरूष खाली सिउदो भर अब
दाईको छोरो खेलाउदैमा जाला जवानी ।
अविशेक श्रेष्ठ वियोगी
९.
यो जिन्दगी सम्हाल्ने अाको छैन कोही ।
मनले चाहेजस्तो अझै पाको छैन कोही ।
भावनालाई बुझ्ने मान्छे बन्न सक्छौ भने,
तिमी आउ अरु मेरो भाको छैन कोही ।
तेजस्वी नानू
१०.
धर्तीमा बसी सक्दिन दिन जुन तिमीलाई
दुख सुखमा साथ दिन्छु पार्दिन रून तिमीलाई
मैले मात्र बुझेर हुदैन बुझ्नुपर्छ तिमीले पनि
कसैले पनि रोक्न सक्दैन मेरो हुन तिमीलाई
अविशेक श्रेष्ठ वियोगी
११.
चाहिन्न जुन मलाइ प्यार भए पुग्छ ।
म प्रती तिम्रो स्वच्छ बिचार भए पुग्छ ।
तिमी भए जुन म सङ्गै हुन्छ प्यारा,
सुखदुखमा साथ दिने आधार भए पुग्छ ।
तेजस्वी नानू
Subscribe to:
Posts
(
Atom
)











