Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Tuesday, January 31, 2017

मायालुकाे नयाँ गजल

No comments :
            

             
सबिना सुवेदी मायालु
गजल,,,
उ आउन त आउँछ,बोल्दै बोल्दैन
मलाई हेर्छ लजाउछ,बोल्दै बोल्दैन।।

छड्के नजर लगाई,निहुरि रहन्छ
दन्ते लहर देखाउछ,बोल्दै बोल्दैन ।।

किन हो किन मुटुमै,बिझ्ने गरि
नजरको तिर चलाउछ,बोल्दै बोल्दैन।।

आउँछ मेरो दिलको,आगनिमा सधै
मनको माया बिसाउछ,बोल्दै बोल्दैन।।

डर थियो या कुनै कारण ,सोचिरहेछु
मौन भै जिस्काउछ,बोल्दै बोल्दैन ।।

No comments :

Post a Comment