Sunday, January 29, 2017
गजलकार अशिम त्रिपाठी ''उदाश'' काे बिल्कुलै नयाँ मन छुने गजल
![]() |
| अशिम त्रिपाठी''उदाश'' |
''गजल''
मेरी अामाले मलाई जन्माउनु भो।
दुख दुखै सहेर पनि हुर्काउनु भो।।
,,
छोरो बिद्वान बनाउने सपना बोकेर,
बा'ले मलाई राजधानि पठाउनु भो।
,,
छुट्ने बेला अाँखाबाट अाशु खसाल्दै,
अामाले बिदाईको हात हल्लाउनु भो।
,,
हरेक दिन यहि कुराले मलाई पिरोल्छ,
दुप्लाउनु भो कि?अामा मोटाउनु भो?
,,
नपढेरै कालिदाश बिद्वान भएका हुन्,
मलाई बिद्वान बनाउन किन पढाउनु भो?
,,
अशिम त्रिपाठी''उदाश''
Subscribe to:
Post Comments
(
Atom
)

No comments :
Post a Comment