Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Monday, March 20, 2017

सुस्मिता जिज्ञासु र गजलकार कपिल मणि को धमाकेदार मायाले ओतप्रोत; मुक्तक सवालजवाफ

No comments :





मुक्तक दाेहाेरी
गाउँबेसि र मेलापातमा धाउन अाउनुहाेला
डाँडा पाखा सँग माया लाउन  अाउनुहाेला
प्यासि बनी मरुभूमिमा कति दिन छट्पटिनु
छिट्टै फर्कि मेरा प्यारा रमाउन अाउनुहाेला ।

सुस्मिता अर्याल

कुरि बस्नु अर्को साल रमाउन अाउनेछु म
डाँडा पाखा सँगै माया लाउन अाउनेछु म
परदेश बाट छिट्टै घर फर्किएर डाेली लिई
तिमिलाई नै जिन्दगानी बनाउन अाउनेछु म ।

कपिल मणी

डाँडा पाखा तिमीलाई नै सुसेल्छन् भाकाहरु
अाउछु मात्रै भन्छन् तर फर्कदैनन्  गाकाहरु
हरेक  साझ तिमीलाई कुरि बस्छु चाैतारिमा
कुर्दा कुर्दा थाकि सके अब त यी अाँखाहरु ।

सुस्मिता अर्याल

यता पनि उस्तै छ हाल सानी तिम्रो जस्तै ।
बगिरहन्छन्  अाँखामा पानी तिम्रो जस्तै ।
अाउछु भन्छु अर्काकाे देश बिदा मिल्दैन
मेराे पनि  भएको छ कहानी तिम्रो जस्तै ।

कपिल मणी

हाे एउटै मुटु दुई तिर हुँदाकाे पीडाले ।
तिम्रै यादले एकान्तमा रुदाकाे पीडाले
भकानिन्छ मुटु फुट्ला जस्ताे हुन्छ छाति
चराएकाे घाँउमा बचन छुदाँकाे पिडाले ।।

सुस्मिता अर्याल

नराेउ बिन्ती सम्झिएर अमुल्य ती अाँसु झारी
जादैन  म कहिपनि  तिम्रो चाेखाे  माया मारी
भरमा पर बिश्वास गर तिम्रै लागि बाँचेकाे छु
बस्न मन त कहाँ छ र तिमिलाई घरमा एक्लै पारी

कपिल मणी

तिम्रै पिरले खाना पनि नरुचेर चाराे हुन्छ
समाजकाे कुरा सुन्न मलाई अति साराे हुन्छ
म त मन बुजाउला जसाेतसाे तस्बिर हेरि
छाेराले बाबा भन्दा मन बुझाउन गाह्राे हुन्छ।

सुस्मिता अर्याल

जसाेतसाे गरि बस मन बुझाउदै सानू ।
घरमा जेछ मिठाे, मसिनो त्यहि खानु ।।
बालबच्चाकाे स्याहारसुसार राम्रोसँग गरि
स्कुलसम्म डाेराएर तिमि अाफै लैजानु ।

कपिल मणी

भनेकाे नमानि जिद्दी हुन्छन् त के गरुँ म
तिम्लाई सम्झि परेलि धुन्छन् त के गरुँ म
सबका बाबा स्कुल पुर्‍याउन जादा खेरि
हाम्रो बाबा खै भनी रुन्छन् त के गरुँ  म

सुस्मिता अर्याल

मेराे पनि माया देउ पुग्नेगरी बालबच्चालाई
हुर्काउनु  पढाउनु  सधैंभरि  बालबच्चालाई
मिठाे माया मनभित्रकाे सुनाईदिनु चिठि पढि
सम्झना छ तिमि अनि बराबरी बालबच्चालाई

कपिल मणी

अाँगालेर तिम्रो तस्बिर छाति भित्र बेर्दैछन्
प्रतिक्षाकाे सुस्केरामा लामाे श्वास फेर्दैछन्
याे साल त मेराे बाबा घर अाउनु हुन्छ भन्दै
बाबुनानी सधैं तिमी अाउने बाटाहरु हेर्दैछन् ।

सुस्मिता अर्याल

कुरेर बस्नु  हेरेर बाटाे अाउछु पियारी ।
बाेकेर खुसी पाेल्टाभरि ल्याउछु पियारी ।
सम्झाउ नानीबाबुलाई तिमी जसरी भए नि
अाएर बरु मैले फेरि सम्झाउछु पियारी ।।

कपिल मणी

स्वच्छ अनि मायालु त्याे मन लिएर अाउनु
सँगसँगै अाफ्नाे नेपाली पन लिएर अाउनु
यत्रो समय त कुर्याै अझ कुर्राैला बरु केही
तर अाउदा बिन्ती! प्याराे तन लिएर अाउनु

सुस्मिता अर्याल

मेराे सारा  तन मनकि रानी हाै तिमी
मैले हेर्ने यी अाँखाका नानी हाै तिमी
तिमी बिना एकपल पनि बाच्न सक्दिनँ
मैले फेर्ने सास मेराे जिन्दगानी हाै तिमी

कपिल मणी

यसरी नै सधै मनकि रानी बनाई राख्नु
अनि ती अाँखाकाे नानि  बनाई  राख्नु
अजम्बरि हाम्रो नाता कहिलै नताेड्नु
त्याे मनमा मायाकाे खानि बनाई राख्नु

सुस्मिता अर्याल

खबर  केछ गाउको सानी असार लाग्याे रे
झमझम पर्छ दिनरात पानी असार लाग्याे रे
बर्खाकाे बेला घरमा बस्नु कहि कतै नहिड्नु
गरेर हेरचाहा बाबू र नानी असार लाग्याे रे ।।

कपिल मणी

हरियाली त्याे वन पाखाले बाेलाउदै छन्
प्रतीक्षारत मेरा यी अाँखाले बाेलाउदै छन्
गैरि खेतमा राेपाई गर्न झरेका सखिहरुले
हजुरलाई अषारे भाकाले बाेलाउदै छन् ।।

सुस्मिता अर्याल

असारमा  गाकाे भाका सुन्न मन लागेको छ
तिम्राे माया मलाई सानी झनझन लागेको छ
अब धेरै बस्दिन म तिमिलाई छाेडि परदेशमा
तिमी उता हुदा यता साह्रै टेन्सन लागेको छ ।

कपिल मणी

सबैलाई धेरै धेरै धन्यवाद छ पढेर प्रतिक्रिया दिनुभएकोमा !!mmm

No comments :

Post a Comment