Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Friday, June 9, 2017

No comments :
बाले छानेको केटि

बा आमाको कान्छो छोरा म बाईस वर्ष पनि पुरा हुन लागेछ । अझै आफुलाई चाहि बच्चै जस्तो छु जस्तो लाग्छ । गालामा झप्प दारी अनि सिरुपाते जुँघाले आफ्नै साथी सङ्गी हरुले पनि चिन्न छोडिसके । सबै दाई दिदि हरुको घर जम भैसकेको अवस्था थियो । अब पालो चाही मेरो थियो । बजारमा पनि कस्तो यहि बेलामा आफुलाई नै लेखिएको गीत आएछ ।
 यसपाली हिउदो महिनामा बिहे नगरी भाछैन ।
कन्याको ठहर ठेगाना केहि पनि टुङ्गो लाछैन । .........खुब सुनियो यो गित पनि ।
कहिलेकाहीँ घर जादा आमाले दारी काट्न के जोगि जस्तो भएर हिडेको भन्नुहुन्थ्यो । नाई के कति काट्नु फेरि आईहाल्छ । छोरा मान्छे हो दारी नआए के आउछ त भनेर टारिदिन्थे । बा आमालाई चाही छोराले दारी पालेर बुडो देखिएर तनाब भएको रहेछ । सबैको बिहे भैसक्यो अब कान्छाको पनि जोडि बाधिदिन पाए त आनन्दले मर्न पाईन्थ्यो भनेर बा आमा कुरा गरेको सुन्थे ।

आफुलाई भने केहि गरेर मात्र बिहे गर्ने सोच थियो । कुनै कामको टुङ्गो छैन । बिहे गरेर चाही के गर्नु नि । अहिले आफु नै बा आमाको भरमा छु झन बिहे पछि  अर्को बोझ किन थप्नु र भन्ने सोचेको थिए । बा आमाले बिहेको लागी निकै कर गरिरहनुहुन्थ्यो । मैले बिहे गरेर झन तपाईहरुलाई बोझ थपिन्छ । दाईहरुले बिहे गरेर के सुबिस्ता भयो खै ? आखिर उहि होइन र ? यस्तै कुरा गरेर सम्झाउथे ।

सानो तिनो पसल गरेर आफ्नो पेट पाल्न थालेको थिए । पसलबाट डेरा जादै गर्दा बा को फोन आयो । फोन उठाए "त सङ्ग जरुरी कुरा गर्नु छ । काहा छस" भन्नुभो ।
"म गाडीमा छु बा किन के कुरा हो र भन्दा हुन्छ नि भन्नु न । " मैले जवाफ फर्काए ।
"ल ल कोठामा पुगेर फोन गर अहिले राखे " यति भनेर फोन राख्नु भो ।

मनमा अनेक कुराहरु खेल्न थाले । के कुरा रहेछ गाडिमा भन्न नहुने । अरु बेलामा सन्चो बिसन्चो सोध्नु हुन्थ्यो तर आज जरुरी कुरा छ भनेर राखिदिनु भो त  । के कुरा अनुमान नै गर्न सकिन । सोच्दा सोच्दै कोठामा पुगे । अनि फोन गरे ।
"बा के जरुरी कुरा हो भन्नु त ? "
" तेरो लागी बुहारी हेरेको छु । तेरो भन्नु केहि छ ? "
"बुहारी ?"

No comments :

Post a Comment