Thursday, December 14, 2017
खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ
खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |
खै त आमालाई के दिन सक्यौ ?"
बच्चाहरुको प्यारो शब्द "आमा"
ए होइन, होइन
आज भोलिका साहित्यकारहरुको पनि प्यारो शब्द "आमा"
बनावटी समाजसेवीहरुको पनि प्यारो शब्द "आमा"
आमाको पेटमा बसेर आमाकै रस चुसेर
हामी सजिब बन्यौ ।
आमालाई जीवन मरणको दोसाँधमा राखेर
रगतपक्ष पार्दै,
आमाकै शरीर च्यातेर
बनावटी रुवाई रुदै जन्मिने हामी
खै त आमालाई के दिन सक्यौ ?
पुस्ट युगल वृक्ष चुसेर झोलुङ्गो बनायौ
उसकै छातिमा लडिबुडी खेल्दै
आफुलाई बलवान ठान्यौ ।
कमल फुल जस्तो आफ्नो जवानीलाई रहरमा सुकाएर,
आफ्नो इच्छा आकांक्षालाई मनमा लुकाएर,
हाम्रै लागि आफ्नो सुन्दरता खर्च गरिन ।
तर
खै त आमालाई के दिन सक्यौ ?
जब हामी जन्मियौ ,
हामिले यो सुन्दर संसारमा पाईला राख्दा
खुशीको आँसु बगाउने आमा
तिनै आमा पलपलमा आँसु बगाईरहन्छिन ।
हामी सन्तानकै पिरमा पल पलमा मर्छिन ।
तेस्को बदलामा हामिले
खै त आमालाई के दिन सक्यौ ?
आफ्नो शरीर चिरा चिरा पारेर
हाम्रो शरीरमा कपडा भरिदिएकी थिई ।
आफ्नो पेटमा पटुका कसेर
पनि हामिलाई खेलौनाको नजिक गरिदिएकी थिई ।
आज तिनै आमासङ्ग
न त सुन्दरता छ ,
न त त्यो जवानी ,
न त कसैको साथ छ त
न कसैको भरोसा ।
वश !
सन्तानकै पिर गर्दै आँसु पिएर
पल पलमा मरेर बाचिरहेकी छिन ।
खै त आमालाई के दिन सक्यौ ??
Subscribe to:
Comments
(
Atom
)