Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Tuesday, March 28, 2017

अगेनिमा मेरा आमाबाबा आगो ताप्दै थिए रे सुने एक्कासी हुरिबतास चल्यो,खरानी बनायो ।।

No comments :



गजल-२०७३/१२/०८

मट्टितेल खन्यायो मन जल्यो,खरानी बनायो
र लाग्छ  उस्को ज्यानै गल्यो,खरानी बनायो ।।

ए महाशय गरिबको जिन्दगी भन्नू के नै हो र ?
सलाइको बट्टामा काटी दल्यो,खरानी बनायो ।।

यो संसारको नर संहार गर्नेहरु कति बढेछन
सल्लाघारिमा एक सिंठा बल्यो,खरानी बनायो ।।

राती श्रीमतिको कुटि कुटि हत्या गर्‍यो उस्ले
ला!छोराछोरिको आँखा छल्यो,खरानी बनायो ।।

अगेनिमा मेरा आमाबाबा आगो ताप्दै थिए रे
सुने एक्कासी हुरिबतास चल्यो,खरानी बनायो ।।

-सरोज पाठक
निलकण्ठ न पा-११,धादिङ।।

No comments :

Post a Comment