Sunday, January 29, 2017
वियाेगीका गजलहरू मध्येबाट एउटा गजल
| अविशेक श्रेष्ठ वियोगी घ्याल्चोक 9 गोरखा |
कलियुगे प्रेममा धोका खाएको कस्ले देख्या छ र ।
घाटबाट मसान भुत आएको कस्ले देख्या छ र ।
एकोहोरो भएर उड्छ न्याउली उ त्यो रानीबनमा
बिरहमा प्रेमिल गीत गाएको कस्ले देख्या छ र ।
देख्नेहरू त खुसी नै देख्छन होलान मलाई
देब्रेपट्टी छात्तीमा घाउ लाएको कस्ले देख्या छ र ।
सहरै उज्यालो पार्छु भनी मरि मेट्या छन नेताहरू
बाध्यताले औशीको रात छाएको कस्ले देख्या छ र ।
सबैले पागल भन्न थालेछन यो वियोगीलाई
प्रेमरूपी खेलमा चोट पाएको कस्ले देख्या छ र ।
अविशेक श्रेष्ठ वियोगी
घ्याल्चोक 9 गोरखा
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment