Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Sunday, January 29, 2017

बिन्दा खतिवडा लुरीका केही मुक्तकहरू

No comments :
मुक्तकहरू
बिन्दा खतिवडा लुरी

जबदेखि पराइको जिन्दगीलाई अनुपम बनायो
जन्म-जन्मान्तरको नाता सबै खत्तम बनायाे
सफलताको शिखर चुम्न छोरो सहर पसेदेखि
 बुढेसकालका आमाबाबा राख्ने वृद्धाश्रम बनायो 

२.
 तस्बिर दिदाँ फिर्ता आधा जलाइ पठायो
मुटु दिदाँ जथाभावी चलाइ पठायो
 मन जल्यो तिम्रो यादले भनी पत्र पठाएथी
 प्रति उत्तर मट्टीतेल र सलाइ पठायो 

३.
बिर्सेर बस्नै नसक्ने दिल भएको बेला
 सम्झनामा आँसु टिलपिल भएको बेला
 उताबाट खवर आयो जीवन एक्लै जिउनु भन्ने 
 उ बिना एकपल जिउन मुस्किल भएको बेला 

४.
 जिन्दगीको बाटोहरू मोडेर आएको छु
 नजानिदो सम्बन्ध जोडेर आएको छु
 न फुटाउनु न टुटाउनु जतन गरि राखिदिनु
 मेरो मुटु तिम्रो समिप छोडेर आएको छु

बिन्दा खतिवडा लुरी
धादिङ्ग

No comments :

Post a Comment