Thursday, April 27, 2017
परिकी आमा - अविशेक श्रेष्ठ वियोगी
परिकी आमा
माघको त्यो पारिलो घाममा सनिवारको नुवाई धुवाई सकेर मोबाइलमा फेसबुक चलाउदै थिए । फेसबुकको भित्तामा नियाल्दै गर्दा एउटी सुन्दरी युवतीको फोटो भएको आई डीबाट फ्रेन्ड रिक्वेस्ट आयो । एसेप्ट गरी हालौ जस्तो लाग्यो तर नाम हेर्दा फेक आई डी जस्तो लाग्यो । म पुराना ती दिनहरू सम्झिए र झस्किए । केटा साथीहरूले फेक आई डी बाट अति दुख दिन्थे । फेरी आज पनि तिनै केटाहरूले दुख दिन लागे भनेर एसेप्ट गर्न चाहिन । उसको प्रोफाईल चेक गरे । मात्र एउटा फोटो रहेछ जुन प्रोफाईलमा थियो । नाम हेर्दा केटीलाई बुझाउने सर्वनाम थियो । फोटो एउटा मात्र । साथीहरू पनि धेरै थिएन ।
मनमा खुल्दुली लाग्यो । के गरुँ के गरुँ भयो । आखिर के नै गर्न सक्थे र । वश एसेप्ट गरे । मनमा चिसो पस्यो । उनी त अफलाईन भैसकेकी रहिछिन । उनिको प्रोफाइल हेरेर नै चित्त बिझाए । उनी फेरि अनलाइन आउछिन भन्ने आशामा एक घन्टा कुरे तर आउने कुनै छाटकाट देखिएन । कुनै केटिको फ्रेन्ड रिक्वेस्ट आउनु त कता हो कता भएकाहरुले पनि कुरा गर्दैनन् थे । तर आज एक्कासि यसरी सुन्दरी केटिले रिक्वेस्ट पठाउदा मन साच्चै प्रफुलित थियो । मनमा अनेकौं तर्क बितर्क खेल्न थाल्यो । म त कस्तो पागल भएछु हैट । के के पो सोच्न थालेछु । फेरि सोचे कुन केटाले आज मलाइ उल्लु भनाउदै छ । म चाहिँ सपनामा हराउन पुगेछु ।
बेलुका खाना खाएर फेरि फेसबुक तिर छिरे । फेसबुक चलाउनु दिनचर्या नै थियो मेरो । "हाई " भनेर म्यासेज देखे । म्यासेज उसैको थियो जो दिउसो एसेप्ट गर्नेवाली थिई । मनमा कता कता फेरि बसन्तका पालुवा पलाउन थाले । हतार हतारमा रिप्लाई गरे "हजुर" । "के छ खबर सन्चै छौ ?" भनी उताबाट चिनजानको जसरि रिप्लाई आयो । म अलमल्ल परे । "मलाई चिन्छौ" भनेर प्रतिउत्तर दिए ।
"नाई चिन्दिन । तिम्रो लेखहरु मन पर्छ अनि एड गरेको नि "
" ए ए सन्चै छु । तिमिलाई नि "
" ए मलाई नि सन्चै छ । कसरी लेख्छौ यति मिठा लेखहरु ? "
" लेख्दै गर्दा आउदो रहेछ नि "
" ल ल लेख्दै गर ल । पछि कुरा गर्छु नि है बाई" यति भनेर अफलाईन भई ।
छिनमै आई र सपना सरि बिलाई । के के भनुला भन्ने सोचमा थिए तर कुरै नसुनी अफलाईन भइ । आखिर सुन्न पनि को नै हु र म । बित्थामा म पनि के के सोच्न पुगेछु । "हस" भनेर पठाए तर म्यासेज सिन भएन । नाम पनि सोध्न भ्याएन छु । भोलि अनलाइन आई भनी सोधौला भनी सुत्ने तरखर गरे तर निद आएन । फेरि उसको प्रोफाइल हेरे । उसको प्रोफाइलको फोटो हेर्दै कति बेला निदाएछु पत्तो पाईन । भोलि पल्ट बिहान भालेको डाकोले निद्रा खुल्यो । फेरि हतार हतार फेसबुक खोले । उनी अफलाईन नै थिइन ।
फेसबुकमा एउटा स्टाटस राखे " कसैको आगमनले साच्चै मन प्रफुलित भएको छ ।"- फिलिङ ह्याप्पी ।
फेसबुकमा स्टाटस राखेर डाटा अफ गरे । उठेर आफ्नो काम तिर लागे । बिहानको करिब आठ बजेतिर फेरि फेसबुक खोले । थुप्रै लाईक र कमेन्ट आएको रहेछ । बधाई छ, को आईन फेरि, ल ल प्रगती गर्नु जस्ता कमेन्ट आएको थियो । कमेन्टको भिडमा उनिको कमेन्ट पनि थियो " को होला त्यो भाग्यमानी जो तिम्रो जिवनमा आगमन भएको छ ।" रिप्लाईमा " तिमी नै हौ भाग्यमानी " भन्न टाईप गरे । तर फेरि हटाए । नचिनेको मान्छेलाई सुरुमा नै तेसो भन्न पनि चाहिन । केटाहरुको काम पो हो कि अझै म दुविधामा नै थिए ।
न त नाम थाहा छ । न त भेटेको नै छ न त देखेको नै । तै पनि उसको एउटा फोटोले नै जिवनमा अनौठो परिवर्तन आउदै थियो । उसलाई भेट्न पाए जस्तो, बोल्न पाए जस्तो हुन थाल्यो ।
अनलाईन चेक गरे । उनिलाई अनलाइiनमा देखे । म्यासेज पठाए "हाई के छ खाना भयो त" तत्काल रिप्लाई आयो "ठिक छु । अब एकछिनमा खाने । खाना त पाक्दैछ । " "ए ल ल मलाई पनि है खाना" जिस्किएको जस्तै गरि प्रतिउत्तर दिए । "भै हाल्छ नि आउन । म पकाएर राख्छु नि ।" उसको रिप्लाई आयो ।
म : कता आउनु नि ?
उनी : मेरो घरमा ।
म : कता हो र तिम्रो घर ?
उनी : खादबारी ।
म : के भनेर चिन्छन नि तिमिलाई ? म त मान्छेहरुलाई सोध्दै आउछु नि ।
उनी : छुच्ची काली ।
म : नाम त होला नि । फेसबुकमा भएको नामले कसरी चिन्नु ?
उनी : हिहिहिही है ।
म : हाहाहा....
म : अ साच्चै भन त तिम्रो नाम चै t?के रे ।
उनी : सुस्मिता लामा ।
म : आहा कति राम्रो नाम । किन अरु नाम राखेको नि ?
उनी : तेतिकै राख्न मन लाग्यो अनि राखेको नि ।
म : ए ल ल ।
यस्तै यस्तै कुरा कानी चलिरह्यो । सधैं सुनसान छाउने मेरो फेसबुकको इनबक्स यसरी म्यासेजले भरिदा कुन केटाको मन खुसी नहोला र ? कुरै कुरामा फोटो पठाउन आग्रह गरे । उताबाट फ्याट फोटो पठाई । नदिको किनारमा दुई हात फिजाएर उड्न खोजेको जस्तो अवस्था , गोरी बाटुलो अनुहार, भेस्ट र जिन्सको पाईन्टमा सजिएको, लामो केश तेहि माथी हावाले हल्का उडाएको । "आहा कति सुन्दर तस्वीर ।" मन मनै सोचे । फेरि म्यासेज गरे " यति राम्री मान्छेको नाम चै छुच्ची काली । सुहाएन है ।" उताबाट हासेको स्टिकर आयो । म्यासेन्जरमा उसको नाम छुच्ची काली ( सुस्मिता लामा) राखे । अनि पछि कुरा गर्ने है भनेर छुट्टियौ ।
बिस्तारै फेसबुकमा कुराकानी बाक्लिदै गयो । फुर्सद भयो कि फेसबुक खोलिहालौ जस्तो लाग्थ्यो । अनि उसको उपस्थिति छ कि छैन हेरिहाल्ने । अफलाईन भए पनि म्यासेज छोडिहाल्थे । उसले पनि अनलाइन आउदा म्यासेज छोडेर जान्थिन । म आफुलाई मन परेका सायरीहरु म्यासेज गरिरहन्थे । कति सायरीहरु उसले पनि पठाउथ्यो । रमाइलो सङ्ग नै फेसबुकमा कुराकानी चलिरहन्थ्यो ।
एकदिन बेलुका खाना खाएर फेसबुक खोले । सुस्मिता पनि अनलाइन नै रहिछिन । नम्बर लिए अनि मेरो नम्बर पनि दिए । अब फोनमा पनि कुराकानी गर्ने है भन्दा हस भनेकि थिइन । मैले लव साईन स्टिकर पठाए । उताबाट पनि तेस्तै सुहाउँदो स्टिकर फिर्ता आयो ।
"म तिमीलाई माया गर्छु काली । के साँच्चै मलाई साथ दिन्छौ ?" यसै भनेको थिए उसको ईन्बक्समा । तुरून्तै रिप्लाई दिई " जुनी जुनी साथ दिन्छु भनेर स्वास्नी बनाएर लानेले त जीन्दगीबाटै लात मार्यो । तिमी त फेसबुकमा भेटिएको मान्छे । कसरी माया गर्छौ भनेर विश्वास गरू ? " म्यासेज हेरेर झसङ्ग भए ।
उनको म्यासेजले मलाइ स्तब्ध बनायो । उसको लागि दिने कुनै पनि प्रती उत्तर थिएन । कस्तो नमज्जा लाग्यो । आखिर म उसको फोटोमा हेरेर नै लठ्ठ परेको थिए तर वास्तविकता आफुले सोचेको भन्दा धेरै फरक पाए । आफुले सोचेको सबै कुरा हुन्थ्यो त किन दुखी हुनु पथ्यो र ? कहिले काहिँ आफुले सोच्दै नसोचेको नमिठा अनि तिता र कहिले भुल्न नसक्ने पलहरु जिवनमा आईपर्दो रहेछ । उनको म्यासेजले केही कुरा सिकाएको थियो ।
उनले आफ्नो वास्तविकता बताई या म सङ्ग टाढिन यस्तो कुरा गरिन त्यो त मैले बुझिन । उसको यस्तो प्रती उत्तरले मन सुकेको थियो । मन भरि सङ्गालेर राखेको माया अन्जानमा छताछुल्ल पोखिएका थिए । म मौन रहे । आखिर के नै भन्न सक्थे र ? कसैले माया दिने बहानामा स्वार्थ लुटेर उनिलाई नाङ्गो रुख जस्तो बनाएको रहेछ । तेहि घाउ माथी मैले पनि फेरि मायाको आशा देखाउदा उसले कसरी विश्वास गर्न सक्ला र ? मैले गर्ने माया दबाएर राखे ।एकोहोरो माया आखिर एकोहोरो नै हुदो रहेछ । उसलाई आफ्नो पागलपन देखाउन चाहिन ।
हामी पहिले जस्तै हासिमजाक अनि तिता मिठा कुराहरू गर्न त सकिन्छ । बरु असल साथी भएर बस्न सक्छौ । एक अर्काको, सुख दुख बाड्न सक्छौं नि भन्ने बिचार आयो । मैले उनी सङ्ग माफी माग्दै म्यासेज गरे " आखिर मैले तिम्रो मन दुखाउन यो सब गरेको होइन । मलाई पनि त थाहा थिएन तिम्रो वास्तविकता । कसैले कसैलाई माया गर्न त पाउछ नि है । तिमी नै भन मेरो मायालाई तिमी कुन रुपले लिन्छौ ? " म्यासेज हेरेर अफलाईन भइन । कुनै प्रतिक्रिया नै नदिई यसरी अफलाईन भए पनि मलाई लाग्यो उनलाई ठूलो चोट परेको रहेछ । बाहिर ओठमा मुस्कान लिएर पनि भित्र जलन हुदो रहेछ । देखावटी हासो हासेर र एकान्तमा धेरै रुदो रहेछ मान्छे । आखिर जिन्दगी के छ र दुइदिनको नासो नै त हो नि । जति दुख परेपनी देखाउन नमिल्ने रहेछ । यस्तै यस्तै बुझे मैले ।
मलाई उसको पुरै वास्तविकता जान्न मन लाग्यो । आखिर मान्छेको मन भित्र को पसेर हेर्न सकिदो रहेछ र । मान्छेको अनुहार हेरेर नै उसको मन बुझ्न सकेको भए आज यस्तो अवस्थामा पुग्ने थिएन । तर नसकिदो रहेछ । मैले उसको मन दुखाउन यो सब गरेको थिइन । मेरो पनि त मन नै हो अन्तर कुन्तर बाट उसको लागि माया पलायो त मेरो के दोष । फोन गरे फोन रिसिभ भएन फेरि पनि गरे फेरि पनि भएन । मन गर्हौ भयो । दुइतिन दिन तेतिकैमा बित्यो । न फेसबुकमा नै आईन न त फोन नै गरिन । बल्ल तल्ल तीन दिन पछि फेसबुक झुल्किईन । साच्चै खुशी छाएको थियो मेरो मनमा । फेसबुकमा रिप्लाई दिईन " तिमी त म सङ्ग रिसायौ होला है । म तिमी सङ्ग रिसाएको छैन । तिमिले मलाई जुन माया देखायौ यस्तो मायाले म हायल कायल भएको छु । मलाई अन्यथा नसोच्नु । म त बिग्रेको मान्छे मेरो पुरै वास्तविकता बुझ अनि मात्र निर्णय गर । पछि तिमिलाई पनि त अफ्ट्यारो पर्न सक्छ ।"
उसको कुरा पनि मनासिब नै थियो । के प्रेम भनेको केटाकेटीको खेल मात्र हो र ? हासिकमजाक मात्र प्रेम हो र ? उसको म्यासेजले मलाई लज्जित बनायो । एक पल्ट गहिरिएर सोचे । आफैलाई आफुले नै काउकुती लगाएको अनुभुती भयो । मैले गरेको प्रेम सम्झिए उसको म्यासेज सम्झिए । म त उसको सुन्दरतामा विलिन भएको थिए । मात्र बाहिरी आवरणमा मात्र प्रेम गरेको रहेछु । सम्झिए एकोहोरो मेरो प्रेम । सम्झिए एकोहोरो झुकाव । सम्झिए आफुलाई अनि उसलाई पनि । आफ्नो उ प्रतिको प्रेम नुन खुर्सानी नलागेको तरकारी जस्तो खल्लो लाग्यो । फेक आई डि बाट त धेरै पल्ट झुक्किएको थिए केटाहरूको बदमासीले । तर आज आफ्नै आखाले अनि मनले पनि झुक्याएर खिसी गरिरहेको थियो । जिस्काईरहेको थियो मलाई आफ्नै मनले "फेरि नमज्जाले झुक्कियौ है भन्दै ।" आखिर जे भएपनी म विवस थिए । चुपचाप सहिरहे ।
उसले आफुलाई म त बिग्रेको मान्छे भन्दा आफैले गल्ती गरेको महसुस भयो । मेरो कारणले नै उसले आफुलाई बिग्रेको मान्छे भन्न बाध्य भईन। म्यासेज टाईप गरे " म तिमि सङ्ग फोनमा कुरा गर्छु । मिल्छ भने रिसिभ गर । केहि कुरा बुझ्नु छ । जान्नु छ तिम्रो वास्तविकता । भन्नै पर्छ भन्ने कर पनि गर्दिन । तिम्रो खुसीको कुरा । भन्न मन लागे भन्न सक्छौ नलागे पर्दैन ।" समय तेस्तै साझको छ बजेको थियो होला । मेरो घरको सबै जना काम सकेर फर्किसक्नु भएको थियो । फोन गर्ने वातावरण थिएन । " राती म आफै फोन गर्छु अनि भनौला नि है एकै चोटी त भन्न सक्दिन होला । केहि कुराहरु भन्छु । जे भन्छु फोनमै भन्छु । अहिले छुटिए है ।" यति म्यासेज छोडेर अफलाईन भइन । मैले पनि रिप्लाई पठाए " हस " ।
बेलुकाको खाना खाएर ओछ्यानमा पल्टिए । फेसबुक खोल्न मन पनि लागेन । उनैको फोनको प्रतीक्षामा बसिरहे । उनैको बारेमा कुरा खेलिरहेको थियो । आखिर के भएको रहेछ उनिको जिवनमा । यति राम्री जिवनसाथि पनि नपच्ने कस्तो रहेछ त उसको श्रीमान । जस्ले आज कालीको जिवनमा आशु दिएको छ । उसको त्यो सुकोमल ओठमा कति सुहाउथ्यो होला हासो तर आखा बाट आशु बगाउन बाध्य छिन । आफैले आफैलाई बिग्रेको मान्छेको दर्जामा राखेकी छिन । मोबाइलको को घण्टी बज्यो । मोबाइलमा नजर लगाए । नया नम्बर थियो । उठाउन मन लागेन । पटकपटक घण्टी बजिरह्यो । सोहि नम्बरबाट म्यासेज आयो " फोन उठाउन म सुस्मिता " फोन नउठाएकोमा पछुतो लाग्यो । आफैले फोन गरे । उताबाट आवाज आयो " हेल्लो "
किन नया नम्बर ?
अर्को सिममा पैसा थिएन । आमाको बाट गरेको
मैले जिस्किदै भने आफ्नै आमा कि सासु आमा ?
उनी भावुक भइन तिमि के कुरा गर्छौ । म माईत बसेको दुई बर्ष भैसक्यो । अब कसरी फेरि सासु आमा ?
सरि म त जिस्केको मात्र । खाना खायौं ।
अ खाए । तिमिले खायौं ?
अ खाए मैले नि ।
कुरा सामान्य नै थियो । सधै जस्तो औपचारिकतामा नै सिमित थियो । खासै उसको जिवनमा घटेको घटना भन्लिन जस्तो लागेन । मलाई उसको वास्तविकता जान्न हतार थियो । आफैले भने तिम्रो बारेमा चै नभन्ने ?
बल्ल आफ्नो कथा सुनाई । म चुपचाप सुनिरहे ।
म दस कक्षामा पढ्दै गर्दा म कसैको प्रेममा परे । अथवा पारियो । के नै सोच्न सक्थे होला र त्यो कुर्कुरे बैसले मातिएको बेला । भर्खर चौध पुरा भएर पन्ध्र वर्ष लागेकी थिए । जे देख्यो तेहि राम्रो लाग्ने । कस्तो बेला पनि आउदो रहेछ । म को हु भन्ने कुरा पनि बिर्सिने ।

एकछिन सबै जना चुपचाप बसिरह्यौ । पछि उ आफै बोल्यो । म सुमन । तिमि अति मन पर्छ सुस्मिता । तिम्रो अरु कोहि ब्याई फ्रेन्ड त छैन नि ? छैन भने म तिमिलाई माया गर्छु । रबिना पनि सङ्गै थिई । म लाजले हो कि डरले कालो निलो भएछु । सुमन अझै के के लालित्य घस्दै थियो । सबै कुरा याद पनि भएन । म फटाफट अघि बढे । सुमन र रबिना के के कुरा गर्दै थियो । बुझिन बुझ्न पनि चाहिन । अलिक अगाडि गएर रबिनालाई पर्खिरहे । एकछिन पछि रबिना आई । बाटोमा सुमन कै कुरा गर्न थाली । उसले आफ्नो प्रेमको कुरा पनि सुनाई । सुमन कै साथी समिर सङ्ग प्रेम रहेको कुरा सुनायो । रबिनालाई सुमनले भेट गराउन भनेको रहेछ । योजना अनुरुप नै हाम्रो भेट भएको रहेछ । भन्दै थिई सुमनले तिमिलाई अति मन पराउछ । बाकी कुरा तिम्रो हातमा । यति भनेर रबिना आफ्नो घर गइन । म पनि आफ्नो बाटो लागे ।
बिस्तारै हाम्रो भेटघाट पनि बाक्लिदै गयो । उसले निकै ख्याल गर्थ्यो मेरो । हामी दिन दिनै जसो भेट्थ्यौ । मिठा मिठा मायाका कुरा गर्थ्यौ । उसको समिपमा पुग्दा मलाई छुट्टै आनन्द मिल्थ्यो । पछि पछि उसले खासै वास्ता गर्न छोड्यो । दिउसै रक्सीको नशामा लठ्ठ पर्थ्यो । भेट्न आउदा पनि ह्वास्वै रक्सिको गन्ध आउथ्यो । कति पटक सम्झाए । मेरो नजिक हुँदा हुन्छ जस्तो गर्थ्यो तर म बाट छुट्टीएर गएपछि रक्सी नै उसको साथी बन्थ्यो । सधैं जसो यसरी नै दिनचर्या बितेको थियो उसको । कहिले नर्भस पनि हुन्थ्यो । म तिमिलाई धेरै माया गर्छु भन्थ्यो । म पनि मख्ख पर्थे । कुरै कुरामा शारीरिक सम्बन्धको कुरा पनि गर्थ्यो । मैले चाही मलाई बिहे गर अनि मात्र भनेर टारिदिन्थे । उ रिसले चुर हुन्थ्यो । कति पल्ट त जुरुक्क उठेर पनि हिढेको थियो ।
त्यो चन्चले उमेरले धोका दियो मलाई । केहि सोच्न नै सकिन । आज पनि ति पलहरु झल्झली याद आउछ । अहिलै जस्तो लाग्छ । हिजो जस्तै लाग्छ । सम्झिन्छु त्यो पलहरु । माया गर्नु र मन पराउनुमा धेरै अन्तर हुँदो रहेछ । उसले मलाई मन पराउदो रहेछ मैले माया गर्छ भन्ने ठानेछु । त्यसैको सजाय होला सायद आज भोग्दैछु । पलपल मरेर बाचे । पलपल बाचेर मरे ।
उनि निकै भावुक भइन । सुस्मिता भनेर म बोलेपछी उनि झसङ्ग भइन । एकछिन दुवै तिर शुन्यता छायो । पछि मैले नै सोधे घर गए पछि के भयो ?
फेरि सुरु गरिन आफ्नो कथा । घरमा पुगे पछि आफैलाई कता कता काउकुती लागेको अनुभुती भयो । म पनि ठुली भएको अनुभुती गर्न पुगे । फेरि सुमनलाई सम्झिए । आहा कति मिलेको जिउडाल कति मिठो बोलि । मलाई मन पराउदो रहेछ । आफैले आफैलाई राम्री देखे । मनमा खुसी छायो । राती पनि उसको याद गर्दा गर्दै कतिखेर निदाएछु थाहा पाइन । भोली पल्ट स्कुल जादै गर्दा बाटोमा सुमन कुरेर बसेको रहेछ । त्यो दिन त एक्लै थिए । फेरि हिजैको कुरा दोहोराउन थाल्यो सायद बिर्सिन्छ भनेर घोकेर आएको थियो होला सायद । सबै कुरा मिठो बोलिमा नै भन्यो । मन मनै मैले पनि चाही सकेको थिए । सजाई सकेको थिए दिलको राजकुमार बनाएर । मैले पनि माया गर्छु भनिदिए । हामी अन्जानमै अङ्गालोमा बाधिसकेका रहेछौ।
उसले फोन गर्लिन नि त भन्ने लागेको थियो तर फोन गरिनन । म पनि उसको कुरा खेलाउदै सुत्ने तरखर गरे । निद पटक्कै थिएन । तेति सानो उमेरमा नै प्रेममा परेकी सुस्मिताले के राम्रो के नराम्रो कसरी छुट्टाउन सक्लिन र खै । किन घरमा बुवा आमा दाईहरुको कुरा नसुनेकी होला जस्तो लाग्यो । फेसबुक खोले । अनलाइन पनि देखिन । मनमा अनेकौं कुरा हरु खेलिरह्यो । कति बेला भुसुक्क निदाएछु थाहा पाईन । भोलिपल्ट बिहानै ब्यालेन्स राखेर कल गरे । फोन लागेन । आमाको नम्बरमा घण्टी बजाए । उताबाट अपरिचित आवाज आयो आफैले फोन काटे ।
न फोन न म्यासेज न त फेसबुकमा नै । कतै पनि देखिएन । खै किन यसरी बेपत्ता भईन । बुझ्न सकिन । दैनिक जसो फेसबुकमा खोज्थे तर उनि आउने छाटकाट देखिएन । यसरी नै करिब एकमहिना बित्यो । एकदिन नयाँ नम्बरबाट फोन आयो । उठाए । उताबाट उहि मधुर आवाज आयो " हेल्लो"
"सुस्मिता कता छौ ? भुल्यौ है मलाई । मेरो मनमा उथलपुथल पारेर बेपत्ता भयो त । किन यति निस्ठुरी भएकी त ?" एकै सासमा आफ्नो तितो पोखे ।
उनि बोलिन " काठमाडौं आउदै छु पर्सितिर । तिमि पनि फुर्सद छ भने आउ है । भेटेर कुरा गर्नुपर्छ । "
"हस " भनिदिए ।
घरमा जबको लागी फम खुलेको छ म फम भर्न जान्छु भन्ने बहाना बनाएर काठमाडौ तिर लागे । कंलकी झरेर फोन गरे सुस्मितालाई । नागढुङ्गा आईपुगेको जानकारी दिईन । क्याफे छिरेर चिया पिउदै उसको पुराना म्यासेज र फोटो हेर्दै कुरिरहे । करिब एक घन्टा पछि फोन आयो । उनि पनि आईपुगिछिन । एघार बजे हाम्रो पहिलो भेट कंलकिमा भयो । मन्द मुस्कान सङ्गै बोलिन "कति बेला आईपुग्यौ त ? "
भर्खरै हो । गाडीमा गार्हो त भएन नि ।
भएन । सजिलै भयो ।
यहि बसिराख्ने ?
हास्दै बोलिन कता लान्छौ त ? सबै बोझ म माथी थुपारेर हलुँगो भइन ।
तिमि जता भन्छौ तेहि लान्छु कता जान्छौ ? मैले पनि बोझ उसले जस्तै फिर्ता पठाए । उनि हासिन । म पनि हासे । दुवै जना हास्यौ । वरिपरिका मान्छेहरु हामिलाई नै हेरिरहेका रहेछन । उनि लजाईन ।
चोकबाट निस्केर सितापाईला तिर लाग्यौं । एउटा होटलमा खाना खायौं । अनि बालाजुको लागी माईक्रो चढ्यौ । बालाजु चोकमा झरेर पार्क तिर लाग्यौ । करिब दश मिनेटको हिडाई सङ्गै हामी पार्क पुग्यौ । पार्कको एउटा छेउमा बस्यौ । सबै आ आफ्ना सुरमा रमाउदै थिए । बच्चाहरु खेलिरहेका थिए । युवा युवतिहरु आ आफ्नै तिता मिठा कुराहरु बाढ्दै थिए ।
कुरा गर्ने हेतुले जिस्काए । साची तिम्रो बिहे भयो त ? हास्दै बोलिन अ भयो । छोरी पनि छिन परि । हेर त भन्दै मोबाइल झिकेर देखाई । जस्तो आमा उस्तै छोरी । कुनै खोट लगाउने ठाउँ थिएन । परि साच्चै परि जस्तै थिइन । आहा कति राम्री रैछिन । आमा होईन छोरी चाही लग्नु पर्ला जस्तो छ भनेर जिस्किए । लाने भए आमा छोरी नै लैजाउ छोरी मात्र त दिन्न । जिस्किदै भनिन ।
कुरा बदल्दै हेर त कति राम्रो फुल फुलेको भनेर देखाए । आहा कति राम्रो फुल भन्दै चुड्न लागिन । मैले नचुड्न भने । सबै कुरा पाउन नै पर्छ भन्ने पनि छैन । कति कुरा त हेरेर नै आनन्द लिनुपर्छ । उनिलाई जसरी हेरेर नै चित्त बुजाएको थिए मैले । राम्रो देखेर नै त चुडिइन उनि । ओइलाए पछि कस्ले वास्ता गर्छ र । सबैलाई फुलेको फुल नै त मन पर्दो रहेछ । झरेको फुलको के अर्थ जति नै सुगन्ध दिए पनि ।
सम्झना बिर्सनाको लागी एउटा फोटो खिच्ने जमर्को गर्यौ । भर्खरै सत्र अठार वर्षका एक युगल जोडि हाम्रो नजिक आए । मैले अनुरोध गरे एउटा फोटो खिचिदिनुस न भनेर । नाई नास्ती नगरीकन मोबाईल लिएर फोटो खिचिदिन तयार भयो । सुस्मिता मेरो देब्रे हात समाएर लुपुक्क टासिईन । खिच्नेले खिचिक्क पारिदिए । मोबाईल दिदै बोल्यो । तपाईहरुको जोडि अति सुहाएको छ । कहिले नछुटोस है । हामी कहिले पो जोडिएका थियौ र जोडिन । मन खिन्न भयो ।
समय लर्किदै थियो । हामी छुट्टिनै पर्थ्यो । उनको बाकी कथा सुन्न हतार भैदिए । उनि आफ्नो जिवन कहानी सुरु गर्न तिर लागिन म चुपचाप सुनिरहे ।
एकदिन बेलुका नौ बजेतिर सासु आमा र म खाना खान कुरेर बसिरहेका थियौ । लर्बरिदै सुमन घर आयो । राम्रो सङ्ग उभिन सक्ने अवस्थामा थिएन । मैले समाएर ओछ्यान सम्म पुर्याउन कोसिस गरे तर उल्टो मलाई नै धकेलेर लडाईदियो मझेरिमा । किन खान सकेका होला त कुकुरको झोल भन्दै आमा कराउन थाल्नु भो । अनि सुमन बर्बराउन सुरु गर्यो । सबै यथार्थ कुरा खोल्यो हाम्रो प्रेम चक्कर देखी बिहे सम्मको । आमा रुन थाल्नु भो । म पनि सङ्गै रुन थालेछु ।
म सङ्गको प्रेम सबै बनावटी रहेछ । कसैलाई देखाउने हेतुले प्रेम प्रस्ताव राखेको रहेछ । बाजी जित्न कै लागी मलाई प्रेमजालमा पारेको रहेछ आखिर म माछी सरि बल्छीको गड्यौलो सुलुत्तै निले । आज तेहि बल्छी अड्किरहेको छ घाटिमा । सधै जसो रक्सी खाएर हल्ला गर्दै घरमा फर्किने कहिल्लै काम नगर्ने भएर आमाले जवर्जस्ती बिहे गर्न वाध्य पारेको रहेछ । उसले माया गर्ने मान्छे अर्कै रहेछ तर तेहि बानीले छुटिन पुगेको रहेछ । मलाई पनि थाहा थियो त्यो उसको बानी । पछि मायाले सुधार्छु भन्ने आट गरेर भागी बिहे गरे जहिले तेस्तै । कति पल्ट त मरु मरु पनि लाग्यो मर्न काल पनि आएन । म अभागी किन मर्थे होला र ?
बेलुकाको झगडाले रुदै सुत्यो । बिहान उठेपछी सम्झायो बुझायो हुन्छ अब खान्न भन्छ । माया गरेको जस्तो पनि गर्छ । मनमा अलिअली भए पनि खुसी पलाउछ फेरि बेलुका उहि चाला । जसरी नि घर गरि खान नै थियो । कयौ दुखसुख काटेर बसे । बिहे गरेको तिन वर्ष पछि मेरो पेटमा गर्भ भएको कुरा सुनाउदा फुरुक्क परेको थियो सुमन । लगभग एक हप्ता सम्म त उहि मान्छे पनि होइन जस्तो भएको थियो । फेरि के भयो पुरानै अवस्थामा फर्कियो । पेटमा गर्भ, सधै जसो लोग्नेको कुटाई, घरको सबै काम । कसरी कटाए होला त्यो दिनहरु सम्झिदा पनि बिरक्त लागेर आउछ ।
परि पनि जन्मिई । घरमा खुसी आउला भन्दा उल्टो कलह । नानी पाएर बस्दा अति दुख भोग्नु पर्यो । अझै याद छ मलाई परि चार दिनकी हुँदा रक्सी खाएर मलाई दाउराले हान्दा चोट नै लागेको थियो ।" खत देखाउदै थिई । खत प्रष्ट देखिन्थ्यो निधारमा ।
सुस्मिताको कुरा सुनिरहदा मेरो मनमा आधी हुरि नै चल्न थाल्यो । कति सहनसिल हुदो रहेछ नारी । आफ्नो जिवन नै सुम्पिएर उसकै लागी सङ्गै जिउन मर्न तत्पर हुदो रहेछ । कति दुख पनि हासिहासी कटाईदिन सक्ने रहेछ । वाह भन्न मन लागेको थियो तर गला अवरुद्ध भयो कुनै बोलि फुटेन । हामी दुवै जना चुपचाप बस्यौ । एकछिनको मौनता पछि उनी आफै बोलिन । के भयो ? केहि भाको छैन भनेर टारिदिए । अनि बाकी कुरा भन अब भने । मुन्टो हल्लाएर हुन्छ भन्ने संकेत गरिन ।
एकातिर प्रशव पिडा अर्को तिर चोट, घरको काम, बच्चाको स्याहार सुसार, लोग्नेको टोकेसो निकै कष्टकर भयो । हिम्मत नहारी यहि छोरिको मुख हेरेर बाचिरहे । एउटा आसा पलाएको थियो । छोरी कै मुख हेरेर भए पनि जिवन कटाउछु भन्ने । कहिल्यै मेरो मायालाई बुझेन सुमनले । छोरिलाई चाही अति माया गर्थ्यो । गाउँ घरतिर पनि सबैको कुरा काट्ने बाटो म नै हुदो रहेछु । के के न खाउला भनेर भागेर आएकि थि खाई ठुलो भाग भनेको धेरै पटक सुनेको थिए । यस्तो सुन्दा त सबथोक बिर्सिएर टाढा जाउ जाउ जस्तो हुन्थ्यो । तर कसरी जाउ ?
कयौं पटक सम्झाए बुझाए । पटक्कै सुध्रिएन सुमन । बिस्तारै माईतीमा राम्रो हुन थाल्यो बाबु आमाको मन नै त हो । आखिर कति दिन सम्म कठोर पार्न सक्दो रहेछ र । मलाई लिन बुवा आउनु भो । म खुसिले गदगद भए । म माइतीघर फर्किए । आमा सङ्ग सुखदुःखको कुरा गरे । आमाछोरी कुरा गरेर बस्यौ । दाईहरुले खासै वास्ता गर्नु भएन । आमाछोरी नै रोएर रात बितेछ । हप्ता दश दिन पछि सुमन लिन आयो । ससुराली आउँदा त सालिन भएर आएको थियो । सुमन पनि हो कि होइन छुट्टाउन मुस्किल । सबै सङ्ग राम्रै कुराकानी गर्यो । मलाई लिन आएको कुरा गर्यो । म जान्न भनिदिए । आमा बुवाले मलाई सम्झाई बुझाई गर्नु भयो । आखिर जे जस्तो भए पनि मेरो भन्नु सुमन नै थियो । मेरो घर भन्नु पनि सुमनको नै घर थियो । म फर्किन राजी भए ।
भोलिपल्ट हामी घर फर्कियौ । लगभग बेलुकाको छ बजेतिर घर पुग्यौ । फेरि पुरानै व्यबहार देखायो । म माईत गएको उसलाई जलन भएको रहेछ । किन माईत गईस भन्दै झगडा गर्न थाल्यो । कपालमा समाएर रिगाउन थाल्यो । आखिर म के नै गर्न सक्थे र जता जता घुमाउथ्यो तेतै घुमिरहे । कता कता ठोक्कियो ठोक्कियो । के के बोल्थ्यो बोल्थ्यो । आमा रुदै आएर छुट्याउनु भयो । उ निस्केर हिड्यो । हामी सासु बुहारी रोएर बसिरह्यौ । हाम्रो आवाजमा परिले पनि साथ दिन्थिन । आमालाई भनिदिए । आमा म यसरी दिनदिनै मरेर बाच्न सक्दिन । म आफ्नो सुर गर्छु । मलाई माफ गरिदिनु आमा । आमा रुदै हुनुहुन्थ्यो । कुनै शब्द बोल्नु भएन । म घर फर्केको भोली पल्टै परिलाई काखमा च्यापेर फेरि माईत फर्किए । आमा रोइरहनु भएको थियो ।
आफ्नो ति बिगतका दिनहरु सम्झिएर भक्कानिदै थिई । आआफ्नै पिडा अनि दर्द हुदो रहेछ । खै कस्लाई पो थाहा छ र जिन्दगीले कुन मोड लिन्छ भनेर । जव आफुले माया गरेको मान्छेको साथ पाउदा कति खुसी थिइन होला तर आज उसैको नाम लिन पनि नपरे हुन्थ्यो जस्तो गर्छीन । खै किन यस्तो हुन्छ ?
लामो सुस्केरा पछि फेरि बोलिन करिब दुई वर्ष भो म माईत बसेको । माईतिमा पनि आमा बा मात्र आफ्नो हुदो रहेछ । दाजुभाईहरु त पराईको छोरिको लोग्ने भइहाल्यो । आफ्ना आफ्नो जस्तो नहुदो रहेछ । भाउजुहरुको टोकेसो सहनै पर्छ के गर्नु चुपचाप सहिदिन्छु । आफुलाई सबैले बिग्रेको आईमाईको संज्ञा दिन्छन । चुपचाप सुनिदिन्छु । घर गरेर खान नसक्ने पनि किन बाचिराख्नु भन्ने जस्तो तिखो वाण कानमा पर्दा जिउदै मरेको अनुभुती हुन्छ । परेलिका डिलबाट खस्नै लागेका ति मोतिका दाना जस्ता आशुका ढिक्काहरु कालो गाजल लत्पत्याउने दाउमा थिए होलान सायद तर मैले रुमाल झिकेर पुसिदिए । झनै झम्टेर मेरो अङ्गालोमा कसिईन र धित मरुन्जेल रोइन ।
सबै आआफ्नै बाटो लाग्दै थिए । हामी पनि निस्कियौ । दिन त सजिलै बित्यो रात पनि कटाउनु नै थियो । आफन्त भन्नु कोहि थिएन । कतै बस्ने निर्णय गर्यौ । हामी बाजाजु चोकमा उभिरहेका थियौ । माइक्रोको खलासी भाई कराइदै थियो नयाँ बसपार्क चक्रपथ चावेल चावेल ........ हामी पनि चढ्यौ माईक्रोमा । माछापोखरी पुगेपछि दाजु भाउजुको भाडा दिनु त भन्दै खलासी भाई करायो । पछाडी फर्केर हेरे । कोहि थिएन दाजु भाउजु भन्न सुहाउने मान्छेहरु । फेरि बोल्यो खलासी भाई दाजु तपाईहरुलाई भनेको । म एकछिन अलमल्लमा परे । दाजु भाउजु शब्दले सार्है काउकुती लाग्यो । सुस्मिता पनि मेरो मुखमा टुलुलु हेर्दै थिइन । हामी नयाँ वसपार्क ओर्लियौ ।
गेस्टहाउसमा पुगेर कोठा बुकिङ गर्ने तिर लाग्यौ । गेस्टहाउसवालाले कोठाको बयान गर्दै बोल्यो कस्तो कोठा चाहिने हो कुन्नी ? दुईओटा बेड भएको साथमा एटेज बाथरुम भएको कोठा बुकिङ्ग गर्ने जानकारी दिए । हाम्रो परिचय टिप्न थाले सम्बन्धमा लेखियो श्रीमान श्रीमती । लेखिनुको कारण थियो अनेक झमेलाबाट जोगिन । सुस्मिता चुपचाप थिई ।
खाना खाएर कोठा तिर लाग्यौ । उनि एउटा बेडमा म अर्को बेडमा पल्टिए । अनेक कुराहरु मनमा खेलिरहेको थियो । सायद उनको मनमा पनि तेस्तै भएको थियो होला । बत्ती निभायौ । मलाई नै सुमनको प्रतिविम्व देखिन क्यारे हामी एक अर्कामा हरायौ । सायद उनले पनि सारा संसार भुलिन होला । म पनि मदहोस भएको थिए । हामी दुवै जना आखा चिम्लेर छुट्टै संसारमा रमाएका थियौ । जसरी नि हामी आफ्नै वास्तविकतामा फर्किनु नै थियो । अन्तिममा दुवै जना गल्तिको महसुल गर्दै थियौ तर समयले हामिलाई गिज्याईरहेको थियो । हामी लज्जित अनि भावुक भएका थियौ । गल्तिको प्रायश्चित गर्नु भन्दा कुनै विकल्प थिएन हामी सङ्ग ।

उसको बारेमा घरमा सबै कुरा भने । आफ्नो बनाउछु भन्ने लागेको थियो तर जे मैले सोचेको थिए त्यो भन्दा बिल्कुल फरक नजिता निस्कियो । के नामर्दले जस्तो कुरा गर्छ्स । अरुले छोडेको स्वास्नी के ल्याउछस पो भन्ने कुरा आयो त । म त छक्क परे । अस्ति मात्रै पारी गाउको रामेले तल्ला घरे सान्दाईको स्वास्नी लग्दा रामेलाई मर्दको सात वटि भनेको मेरै कानले सुनेको थिए । अरुको मिलिराखेको परिवार छुटाएर लाने चाहि बहादुर, एउटा सहाराको आशामा बसेकी नारिलाई साथ दिदा चाही नामर्द हुने रहेछ । वाह क्या गजव छ मेरो समाज ।
कुरै कुरामा धेरै पटक जिस्काएका थिए तिमि किन बिहे गर्न हतार गर्यौ । नत्र अहिले मजाले डेटिङ्ग गर्दै हुन्थ्यौ । तिम्रै हुन त मेरो पहिलो घर बिग्रेको त । अब गरुला नि त डेटिङ्ग । यस्तै कुरा गर्थिन । मख्ख पर्थिन । अनि छोरी नि भन्दा दुवै जना चुपचाप हुन्थ्यौ । आखिर जे भए पनि मैले सुस्मितालाई माया गरेको थिए । नदेखेरै त माया गर्ने मान्छे म झन भेटेर साक्षातकार गर्ने मौका पाएको थिए । माया पनि खै के रहेछ कुन्नी । पलाएका पालुवा हरु नि त एकदिन पहेलिएर झर्ने त रहेछ नि । बिस्तारै हाम्रो कुराकानी अनि च्याटिङ्ग पातलिदै गयो । खासै कुराकानी पनि हुन छाड्यो । कुरा भै हाल्यो भने पनि सन्चो बिसन्चो र दाल भातमा नै टुङ्गिन्थ्यो । उसको बारेमा धेरै सोच्ने गर्थे । परिको बारेमा सोच्थे । अनि आफ्नो बारेमा सोच्थे । कतै बाट पनि तालमेल नमिलेको जस्तो लाग्थ्यो जिन्दगी ।
पहिले नै भनेकी थिई सुस्मिताले । मलाई बुझ अनि मात्र माया देखाउ भनेर । आज उनि नै मलाई माया देखाउछिन । खै म के बुझु ? कस्लाई बुझु ? सुस्मितालाई बुझु कि समाजलाई बुझु कि परिलाई बुझुकी म आफैलाई बुझु । कसैलाई बुझ्न सकिन । अन्तिममा खुलस्त भनिदिए । सुस्मिता म तिमिलाई म माया गर्छु तर तिमिलाई आफ्नो बनाउन सक्दिन । हामी अहिले जे छौ तेसैमा रमाउन सिक्नुपर्छ । हामी असल साथि भएर बसौला । सुखदुःख साटौला । यतिमा नै चित्त बुझाउ है । मलाई अन्यथा नसोच।
मेरो म्यासेजले उनि हायल कायल भइन सायद । नहोस पनि कसरी सुस्मिताको प्रत्येक गासमा ढुङ्गा लागेको थियो । प्रत्येक पाईलामा ठेस लागेको थियो । एक पछि अर्को गर्दै विश्वासघात भएको थियो । विश्वासघात गर्नेमा म अनि हामी दोसि थियौ । सुमन र म दोसि थियौ । मायाको आसा देखाई स्वार्थको ब्रम्हलुट गरेका थियौ । मैले सोचे हाम्रो भेट बेकारमा किन भएछ । किन नजिकिन पुग्यौ हामी । हामि नजिकिन नपुगेको भए उसको मन भाचिदैन थियो होला । मैले त झन मल जल गरि हुर्काए बढाए अन्तिममा फुल्ने बेलामा कोपिला नै चुडे ।
म्यासेज सिन भए पछि फेसबुकमा म्यासेज गर्न मिलेन । छुच्ची काली (सुस्मिता लामा) भएको ठाउँमा फेसबुक युजर देखियो । लाग्यो मलाई ब्लक गरेछ । नयाँ आई डि बाट उसको नाम खोजे तर उसको नाम गरेको धेरै भेटियो तर उनि भेटिइनन । पछि बुझे फेसबुक नै डिएक्टिभ गरिछिन । आफैमा पछुतो लाग्यो । मेरो कारणले आज सुस्मिता दुखी भैछिन ।
फोन गरे सुस्मिताको नम्बरमा । फोन रिसिभ भएन । म्यासेज गरे सुस्मिता एकपल्ट फोन रिसिभ गर धेरै कुरा गर्नु छ । अब आईन्दा कहिले दुख दिने छैन । कहिले तिम्रो मन भाच्दिन । कहिले तिम्रो बाटोमा काडा बनेर आउदिन । मेरो कुरा बुझ्ने प्रयास गर्ने कोसिस गर । आखिर के नै बुझ्न बाकी थियो होला र अब । मायाको आशा देखाई बिच बाटोमा नै अलपत्र पारेको थिए मैले सुस्मितालाई । म्यासेज गरेको करिब पाँच मिनेट पछि उसैको नम्बरबाट फोन आयो । फोन रिसिभ गरे । उता बाट उहि पुरानो आवाज तर दर्द मिसिएको अनि पिल्सिएको आवाजमा हेल्लो सुनियो । मन भक्कानिएर आयो । केहि बोलि नै फुटेन । म मौन रहे । कति धेरै कुरा गर्नुछ भनेर म्यासेज गरेको थिए तर कुनै बोलि म बाट निस्किएन । तेकिकैमा फोन काटियो ।
मैले आफैले फोन गरे । आफ्नो कुरा भन्न सुरु गरे । सुस्मिता म तिमिलाई पहिले जति माया गर्थे अहिले पनि तेतिकै माया गर्छु । तिमिमा नै मैले सारा संसार देखेको थिए देखेको पनि छु । तिमिलाई आफ्नो बनाउने चाहना नभएको पनि होइन । घरमा कुरा गरेको थिए । कुनै कुरा सुन्न मान्नु भएन । यदि मैले तिमिलाई आफ्नो बनाउदा घर छोडेर टाढा हुनुपर्छ । यो समाजबाट अपरिचित हुनुपर्छ । तिमि सुमन सङ्गै हुँदा भगाउन सकेको भए म मर्द अनि बहादुर हुने रैछु तर आज तिमि एक्लो हुँदा साथ दिन्छु भन्दा म नामर्द हुने रैछु । जस्तो जे भए पनि मेरो घर परिवार बाट टाढा हुन सक्दिन । तिमि पनि माया गर्छौ म पनि माया गर्छु । अनि म मेरो घर परिवार सबैलाई माया गर्छु । तिमि सङ्ग कति नै भयो त माया गरेको । मेरो आमा सङ्ग त झन तिर्नै नसक्ने दुधको भारा तिर्नु छ । मलाई आखिर जे सम्झिन्छौ सम्झ त्यो तिम्रो कुरा हो । हामी चाहेर पनि एक हुन सक्दैनौं । मलाई माफ गर सुस्मिता । परिको राम्रो ख्याल गर्नु है । म एकोहोरो बोलिरहेको थिए उता सुस्मिता सुक्क सुक्क गर्दै थिईन
मेरो एकोहोरो बोलि सुनिरहि । मात्र सुक्क सुक्क आवाज मात्र सुनिन्थ्यो । तिमि पनि केहि त बोल न भने पछि बल्ल मुख खोली । आखिर कसको विश्वास हुदोरहेछ र ? सबै आफ्नै स्वार्थ त हेर्दो रहेछ नि । आफु यस्तो हुँदा हुदै पनि तिमिलाई पाउने आसा राख्नु मेरो पनि गल्ती हो । सुमन र तिमिमा खासै अन्तर पाउन सकिन । अहिले त लाग्छ सबै पुरुषहरू एकै हुन । जसरी फलामलाई तताएर कुटे पछि एउटा हतियार बन्छ त्यसरी नै मलाई मेरो जिन्दगिले पटकपटक ततायो पटकपटक कुट्यो । अब आसुमा आफुलाई डुबाई जिन्दागिको हतियारलाई पाईन हालेको छु । सायद अब खिया लाग्दैन होला । मेरो हराएको खुसी तिमिले फिर्ता गरेको छौ । तिमिले भनेको थियौ नि हरेक कुरा पाउनै पर्छ भन्ने पनि छैन कति कुरा त हेरेर नै चित्त बुझाउनु पर्छ भनेर । आज म तिमिलाई हेरेर नै चित्त बुझाउन बाध्य छु । म अब तिम्रो हुन नसकेपनि तिम्रै समिप वरिपरि रहन्छु । अब परि नै मेरो जिन्दगी हो । परिलाई नै म मेरो जिवन समर्पण गर्छु ।
म बोल्दा उनि चुपचाप थिइन । फेरि उनि बोल्दा म चुपचाप भए । आखिर दुवैमा सुन्यता छाएको थियो । मायाको खेल पनि अचम्मको हुदो रहेछ । जिते दुवैले जित्ने हार्दा दुवैले हार्ने । तर हाम्रो माया बिचैमा स्थगित भएको थियो । कुनै हारजित नै नभई टुङ्गियो । फोन काटियो । त्यहाँ फोन काटिएको थिएन । एउटा सम्बन्ध काटिएको थियो । एउटा निर्दोष कोपिला चुडिएको थियो । मनमा सजाइएको सपनाहरू फुटेको थियो । आखिर सबै आफुले सोचेको जस्तो कहाँ हुदो रहेछ र । चाहेको थिए आफ्नै बनाउला भनेर तर फुल्नै नपाई कोपिलामा नै ओइलिएर झर्यो ।
त्यो दिन देखी सुस्मिता सङ्ग कतै बाट पनि सम्पर्कमा पुग्न सकिएन । धेरै खोजे उसलाई तर समय धेरै अगाडी बढिसकेको थियो । मात्र एउटा सपना बनेर मनमा बसिरह्यो । घरबाट पनि बिहेको कचकच सुरु भैसकेको थियो । जतिबेला पनि बिहे कै कुरा आउथ्यो । मलाई सुस्मिताको मायाले नमज्जा सङ्ग गाजेको थियो । मैले त एउटा नारिलाई आसा देखाएर निरासामा धकेलेको थिए । अब कुनै नारिलाई पनि निरासामा धकेल्नु थिएन । बिहे भन्ने कुरा मेरो जिवनमा कहिल्यै अटाउन सकिन । जब बिहेको कुरा आउथ्यो सुस्मितालाई नै सम्झिन्थे ।
एकदिन म अफिसमा सामाजिक सेवामा नयाँ कर्मचारीको अन्तर्वार्ता लिदै थिए । टेवलमा एउटा फाईल थियो । फाईल पल्टाएर हेरे । नाम थियो परि लामा । भित्र आउन आग्रह गरे परिलाई । जव उनि ढोकाबाट भित्र छिरिन सुस्मिता नै भित्र छिरेको अनुभुती गर्न पुगेछु । सुस्मिता तिमि भन्दा उनि बोलिन हजुरले मेरो ममिलाई चिन्नु हुन्छ । म चुपचाप बसे । कुनै जवाफ थिएन । बस्न आग्रह गरे । परिलाई बच्चामा फोटो देखेको थिए । तर आज स्वयम आखा अगाडि देखे त्यो पनि सुस्मिताको रुपमा देखे । पारिवारिक बारेमा सोधे । परि बोलिन हामी त पहिले मामाघरमा बस्थ्यौ । म सात वर्षको हुँदा आमा छोरि छुट्टै कोठामा बस्न थाल्यौ । ममिले धेरै दुख गरेर मलाई पढाउनु भयो । अहिले मैले मेरो पढाई सके । अब ममि कै सल्लाह अनुसार सामाजिक सेवामा लाग्न चाहान्छु । उनि बोल्दै थिइन म भने हाम्रो ति पुरानो दिन हरु सम्झिदै थिए ।
। समाप्त ।

Subscribe to:
Post Comments
(
Atom
)

No comments :
Post a Comment