Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Sunday, April 2, 2017

अप्रिल फुल - केशु खण्डलुक मगर

No comments :
केशु खण्ड लुक मगर पाल्पा

कथा : अप्रिल फुल
       पहाडको रानी भनेर चिनिने पाल्पाको तानसेन सहर साच्चिकै आफैमा एउटा प्रकृतिको सुन्दर उपहार हो।त्यही  सुन्दर शहर तानसेनको बारुदखानमा एउटा तीनतले घरको भित्रपट्टी एउटा सानो कोठा छ अर्थात मेरो अस्थायी बासस्थान।त्यही सानो कोठा भित्र एउटा सानो र्याक छ अनि अर्कोपट्टी कुनामा चारवटा इट्टामाथि ग्यासको चुल्हो राखेको छु अनि त्यही नजिकै सिलिन्डर।ढोका खोल्नसाथ भित्र पस्न अप्ठ्यारो हुनेगरी एउटा सानो बेड छ त्यही सानो बेडमा सुतेर नै मैले ठुला ठुला सपना देख्ने गर्छु।अनि भित्तामा मेरा दुइ/तीन जोर कपडाहरु आत्महत्या गरेकाहरु झै झुन्डिरहेको छ।

मेरो सानो कोठा हेर्दा लाग्छ म यात्रुले कोचाकोच भैरहेको बसमा यात्रा गर्दै छु।कति साघुरो छ मेरो कोठा तर त्यही साघुरो कोठाभित्र मेरो निकै नै फराकिला,बिशाल सपनाहरु सजिएका छ्न।
आज April Fool को दिन।हिजो मात्र सुरिलो आवाजको धनी मलाई निकै मन पर्ने प्रस्तोता अच्युत घिमिरेले कथाकार बिमल आचार्यको कथा 'स्मृति प्लस' बाचन गरेको सम्झिन्छु।कथामा भनिए अनुसार साच्चिकै प्रेम एउटा उत्साह,प्रेरणा अनि हौसला हो।मलाई पनि सिरुको मायाले निकै हौसला अनि प्रेरणा दिने गर्छ।उनी छन र त म सपना पुरा गर्न दौडिरहेको छु।मैले कोसिस गरिरहेको छु।

मेरा आखाहरु निकै थकित छ्न बिहानको मर्निङवाल्कको थकानले।लगाउन अनि टुडिखेललाई छ-सात चक्कर लगाएको थिए।म हातमा किताब लिएर पढ्न खोजिरहेको छ।घरी घरी ब्रेक झ्याप्प लगाउदा गाडीमा सवार यात्रुहरू हुत्तिन खोजे झै मेरा शिर हातमा लिदै गरेको पुस्तकमा ठोकिन्छ।अनि फेरि म आफुलाई संयमित बनाई नजर पुस्तकतिर राख्ने कोसिस गर्छु।किनकि मैले पढ्नु छ,प्रगती गर्नुछ धेरै धेरै अनि खुशी पार्नुछ बाबुआमा अनि आफुलाई माया गर्ने मान्छे सिरुलाई।यो मेरो सोच तिनीहरुकै मायाले त उब्जाएको हो म यस्तै सोचिरहेको हुन्छु।
यत्तिकैमा मेरो मोबाइल  धेर्‍र्‍र्‍र्‍र धेर्‍र्‍र्‍र्‍र गरेर फोन आउछ।म मोबाईल भाईब्रेसनमा राख्ने गर्छु।अनि हत्तपत्त मोबाईल लिएर हेर्छु।सिरुको साथी शर्मिलाले कल गरेकी रहिछे।आज April Fool को दिन।यसले मलाई फूल गर्न खोजेकी हुनुपर्छ यस्तै सोचेर म रिसिभ गर्दिन।केहि समयपछि फेरि त्यसरी नै मोबाइल बज्छ।म रिसिभ गर्छु।
'ओए,किन फोन नाउठाको हं ?तैले किन सिरुको मन दुखाईस?थाहा छ त्यसको नतिजा के भयो?हेर्न आइज यहा लुम्बिनी मेडिकल कलेजमा..' एकैचोटी शर्मिलाले यति धेतै शब्द भन्न भ्याई।
'किन के भयो र शर्मी सिरुलाई?भन न के भयो' मैले अत्तिदै बोलिदिए।साच्चिकै मैले के भनेको छु र उसको मन दुखाउने?म मनमनै सोचिरहन्छु।
'केशु,सिरुले बिष खाइछे,तिमिले माया गर्दिन भनेको कारण।म अहिले प्रभास छु।छिटो आइज'
टुट...टुट.... फोन काटिन्छ।म तयार हुन्छु।यत्ती छिटो तयार हुन्छु कि मनौ कसैले रिमोट झ्याप्प दबाउदा झ्याप्प अर्को अर्को च्यानल फेरिए जस्तो।हत्तपत्त बुटवल जाने बसमा चढ्छु।सिट प्याक छ।म बसको गल्लीमा उभिरहेको छु।
त्यो बसको गति आज मलाई कछुवाको चाल भन्दा ढिलो भएको महसुस गर्दैछु।तर गाडीको गति त ठिकै छ मात्र म हातारिएको छु।मेरि उनीलाई भेट्न,मेरि सिरुलाई भेट्न।जो हस्पिटलको बेडमा मलाई नै कुरिरहेकी छिन त्यो पनि मेरो आफ्नै कारण।
बिहानै टुडिखेल मार्निङवाल्क जानुभन्दा अगाडि मैले सिरुलाई कल गरेर भनेको थिए।
'सिरु,अब म तिमिलाई माया गर्न सक्दिन।म तिमिलाई घृणा गर्छु।मैले हरेक कुरामा तिमिभन्दा राम्री केटी भेटाईसकेको छु।तिमि अब आफ्नै बाटो गर म आफ्नो बाटो गर्छु'
'केशु,के भनेको तिमिले यस्तो,मलाई घृणा गर्छ्यौ रे?अनि मेरो माया नि..तिमिलाई मेरो कुनै मतलब छैन है..तिमि म बिना खुशी नै हुन्छ्यौ भने म जे पनि गरुला'
मलिनो आवाज बोल्दै उसले फोन काटेकी थिइन।म मुसुमुसु हास्दै टुडिखेल हिडिरहे अखिर आज त मज्जाले सिरुलाई Fool बनाउन सके भनेर।म त दिउसो भेटमा सबै कुरा मजाक मात्र हो भनेर भन्न चाहन्थे तर भैदियो अर्कै।
सानो खलासी भाईको 'दाई भाडा दिनुस त' आवाज सङ्गै पो म झसङ्ग हुन्छु।मैले गोजीबाट रु.पचास झिकेर दिन्छु।प्रभास सम्मको भाडा काटेर बाकी फिर्ता पैसा दिन्छ खलासी भाईले तर म तिमि नै राख भन्छु।मेरो उदासीपन उसले बुझ्छ सायद अनि त्यो पैसा आफ्नो अर्को खल्तीमा राख्छ।
म मनमनै आफुलाई सराप्छु।तानसेनको भागवती टोलमा ठुलो पाँचतले घर भएको लाहुरेको छोरी थिइ सिरु।तर मनमा घमण्ड पटक्कै थिएन।स्थायी बसिन्दा भए पनि निकै साधारण।सदा जीवन,उच्च बिचार आगलेकी एक नमुना केटी।कलेजको पहिलो दिन देखी नै उ मेरो साथी बनेर आजको दिनसम्म मेरो प्रेमिका बन्न भ्याई।मलाई निकै माया गर्ने मान्छे।

गाउबाट बाबाले ज्याला गरेर पठाउनुभएको पैसाले तानसेनको महांगीमा बाचेको मान्छे म।मैले तिमिभन्दा राम्री पाए भन्दा पक्कै मैले पनि मेरो औकात बिर्सिन पुगेछु क्यारे।तर मैले त April Fool पो मनाको त,त्यसरी ज्यान नै त दिन नहुने उसले।मनलाई रंगशाला बनाएर कुरा निकै खेलिरहेको हुन्छ।फेरि मनमनै सोच्छु,यदि उसलाई केहि भएको भए?अह म सोच्न पनि सक्दिन।
उसलाई केहि भएको म के हुन्छुहोला भन्दा उसलाई जन्म दिने आमाबाबुको हालत के हुन्छ होला?म यहि बढी सोच्न थाल्छु।मैले त 2 बर्ष अगाडि भेटेको हु उसलाई तर मलाई उसको यत्ती धेरै चिन्ता लागेको छ भने जन्म दिएर 20 बर्ष पाल्नुभएको आमाबाबु त पक्कै......म अडिन्छु।त्यो भन्दा बढी सोच्न सक्दिन।
बास्तबमा जे जसो भएपनी मैले गल्ती गरेको छु।अझै ठुलो गल्ती हुनबाट जोगिएको छ। मनमनै भावगनलाई धन्यवाद दिन्छु अनि संगसङ्गै उसको स्वास्थ्यको कामना पनि।

मनै त हो,कहा शान्त भएर बस्न सक्छ र?फेरि अनेक कुराहरु सम्झिन थाल्छु।उसले आफ्नो आमालाई हाम्रो प्रेम सम्बन्धको बारेमा खुल्लस्त बताएकी थिइन।खोइ मेरो  व्यबहार बाट नै प्रभावित भएर उसकी आमाले मलाई ज्वोइको रुपमा स्विकरी सकेकी थिइन।मैले पनि उसको आमालाई माइजु भन्न भ्याईसकेको थिए।म गरिव गाउले केटो भएपनि हाम्रो प्रेममा कहिल्यै कुनै समस्या आएको छैन।

अस्ति भर्खरै मात्र म बिरामी हुदा सिरुले नै मेरो हेरचाह गरेकी थिइन।पानी तताउने देखी लिएर खाना खुवाउने सम्म गरेकी थिइन तर आज मैले त्यो मान्छेलाई एउटा मजाकको रुपमा बोलेको शब्दले झण्डै मृत्युको मुखमा पुर्याएको।साच्चिकै मैले ठुलो गल्तीको गरेको छु।यस्तै सोचिरहेको छु म।

यत्तिकैमा खलासी भाईले ढोकाबाट 'ल प्रभास,प्रभास आयो..अनि बुटवल बुटवल' यस्तै बोलेको सुन्छु।म ओर्लिन्छु बसबाट अनि लाग्छु हस्पिटल तिर।
निकै दौडेर म लुम्बिनी मेडिकल कलेजको इमर्जेन्सी रूमतिर जान्छु।म भित्र पुग्नासाथ सिरुकी बहिनि आएर भन्छे 'हजुरले दिदिलाई माया गर्नुहुन्न रे भेनाजु,त्यै भएर दिदिले बिष खानुभाको रे……अब दिदिलाई सधै माया गरिराख्नु है?
'हुन्छ,नानु'म उसलाई आंगलो हालेर रुन्छु।
'प्रमिस?'
'प्रमिस' मैले सकि नसकी भन्छु।अनि सिरु कहा जान्छु।मेरि सिरुलाई त्यस्तो हालतमा देख्दा मेरो नि मन गह्रौ भएर आउछ।उ एक्कासि मेरो आगंलोमा आउछे।अनि रुन्छे।'किन तेसो गर्यौ सिरु?तिमिलाई केहि भएको भए?'
म उसलाई जोडले कस्सिएर भन्छु।
'हामी नारीहरु कि त प्रेम नै गर्दैनौ,गरेपछी जिवनभर साथ छोड्दैनौ केशु..मेरो भन्नु तिमि नै त हौ नि अनि तिमिले नै तेसो भनेपछि म बाच्नुको के अर्थ?'उ जोडले रुदै बोल्छे।
'मैले त अप्रील फुल मनाएको पो थिए त सिरु.....'
'साचो माया गर्नेहरूको लागी न भ्यालेन्टाइन डे,न अप्रील फुल,कुनै फरक पर्दैन।तिनिहरु त माया गरिरहन्छ्न मात्र हरेक पल,मैले जस्तै' फेरि उसले रुदै भन्छे।
'आइ एम सरी,सिरु अब यस्तो कहिल्यै हुदैन,म कहिल्यै तिम्रो मन दुखाउदिन' उसको निधारमा चुम्दै बोल्छु।
'बाबु,कहिल्यै सिरुको मन नदुखाउ,उसले तिमिलाई धेरै माया गर्छे' उसकी आमा मलाई हेर्दै बोल्नुहुन्छ।
यत्तिकैमा डाक्टर साप आउनुहुन्छ।
'डराउनु पर्दैन,तपाइको प्यासेन्ट खतरामुक्त हुन्हुन्छ,आज साझ सम्ममा डिस्चार्ज हुन्छ'
म केहि बोल्न सकिरहेको छैन मात्र हेरिरहेको छु मेरि सिरुलाई अँखा नथाकुन्जेल..मानौ मैले धेरै समय पछि आफ्नो हराएको मुटु पाएको छु।अनि उनि मेरो आंगलो बाधिएर निकै सन्तोषको सास फेरिरहेकी छिन मानौ निकै प्रयास पछि सगरमाथाको सफल आरोहण गरेका आरोहीहरु सगरमाथामा चुचुरामा पुगेर आफ्नो सफलतामा मस्त निदाईरहेका छ्न...😍😍

No comments :

Post a Comment