Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Wednesday, February 22, 2017

मर्न अलिकति बीष खाइदिए पुग्छ ।

No comments :
अविशेक श्रेष्ठ वियोगी
गजल
मर्न अलिकति बीष खाइदिए पुग्छ ।
घाटीमा बलियो डोरि लाइदिए पुग्छ ।

घरको पीडा फकिरलाइ के थाहा
वश उसलाई त आइदिए पुग्छ । 


जामको कुनै वास्तै छैन ट्राफिकलाई
चिट काट्न सानो गल्ती पाइदिए पुग्छ ।

यो वियोगी सफल हुन्थ्यो एकदिन
मेरो दिलमा तिमी छाइदिए पुग्छ ।

Sunday, February 19, 2017

एकै स्टेजमा वाचन भए गजल मुक्तक र कविता

No comments :













काठमाडौँ  ll लेकबेसी साहित्य संजालले आयोजना गरेको सम्झनामा नोहन रसिक विशेष रचना वाचन शृङ्खला समापन भएको छ। एकै स्टेजमा वाचन भएको गजल मुक्तक र कविता श्रवण गर्ने साहित्यकार तथा साहित्य अनुरागिको भिड नै रहेको थियो।
लेक बेसिकी संयोजक बिन्दा खतिवडा लुरिको सभादक्ष,सहप्राध्यापक तथा कवि प्रभा भट्टराईको प्रमुख अतिथ्यता र बरिस्ठ कवि तथा समिक्षक रमेश शुभेच्छुकको बिशिस्ट आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा कवि प्रकाश रम्घाली, कवि अमृता स्मृति ,कवि हेमन्त शिशिर र कवि सुदेश सत्यालले २/२वटा कविता वाचन गर्नुभएको थियो भने गजलकार राम अविरल विस्ट, गजलकार रसिक राज, गजलकार बिलास रोकाय,गजलकार महेश संघर्षले ४/४ गजल वाचन गर्नु भएको थियो।त्यस्तै मुक्तककार प्रान्जल,मुक्तककार सबु आरोही,मुक्तककार अजय अनमोल,मुक्तककार प्रतीक्षा सस्मितले ६/६मुक्तक वाचन गर्नुभएको थियो।
२०७३माघ २२गते बित्नुभएको साहित्य आकाशका उदयमान तारा तथा संचारकर्मी नोहन रसिकको आत्माको शान्तिको निम्ति आयोजना गरिएको उक्त कार्यक्रम अबधिभर कार्यक्रम संचालक पृय मिलनले उहाले रचना गर्नुभएको रचना वाचन गर्नुभयो भने शिवोम भन्डारिले उहाको रेकर्डिङको निम्ति दिनुभएको गजल गाउनु भयो साथै लेकबेसिका सदस्य अशिम उदाशले रसिकको जिवनी तथा साहित्यमा दिनुभएको योगदानको चर्चा परिचर्चा गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अथिति सह प्राध्यापक बरिस्ठ कवि प्रभा भट्टराईले युवा पुस्ताको साहित्यको यो जोस देखेर आफू खुसी रहेको कुरा व्यक्त गर्नुभयो।
हलको सिट क्षमता भन्दा बढी उपस्तिथिको कारण उभिएर साहित्यिक रचना सुनिरहनुभएका साहित्य अनुरागिको भिड रहेको उक्त कार्यक्रममा समिक्षक तथा प्रमुक अतिती रमेष सुभेच्छुक्ले मुक्तक गजल कविता तिनै बिधालाई एकै स्थानमा उभ्याउन सकेकोमा लेक बेसि साहित्री संजाललाइ बधाई दिदै वाचित सम्पुर्ण रचनाको समिक्षा गर्नु भयो।
Source : Pearlst journal

Wednesday, February 15, 2017

"सम्झनामा नोहन रसिक विशेष रचना वाचन"

No comments :




















७ गते शनिबार दिनको १२बजेबाट डिल्लिरमण पुस्तकालय लाजिम्पाटमा "सम्झनामा नोहन रसिक विशेष रचना वाचन"मा हामी श्रावण गर्ने छौ:
कवि
Amrita Smriti का कविताहरु
कवि हेमन्त शिशिर का कविताहरु
कवि
प्रकाश रम्घाली का कविताहरु
कवि
Sudesh Satyal का कविताहरु
...
गजलकार Ram Abiral Bista का गजल
गजलकार महेश संघर्स (डे लास्ट दि) का गजल
गजलकार
Bilash Rokaya का गजल
गजलकार
रसिक राज का गजल
मुक्तककार Pran Jal का मुक्तक
मुक्तककार
सबु आरोही का मुक्तक
मुक्तककार प्रतीक्षा सस्मित का मुक्तक
मुक्तककार अजय अनमोल का मुक्तक

आउनुहोस है तपाईं पनि।।।।।एकै स्थानमा ३नै विधा।।।।।
आयोजक :लेकबेसी साहित्य संजाल
स्थान :दिल्लिरमण पुस्तकालय लाजिम्पाट
समय :दिनको १२बजेबाट

Wednesday, February 1, 2017

मुक्तककार सराेज सुमनकाे मनछुने प्रेमिल मुक्तक

No comments :


मुक्तक

सपनाकाे शुन्य शहर,सजाउन आउनु तिमी
कुरिबस्छु गुलाफसङ्गै,लजाउन आउनु तिमी यो मेरो रित्तो जिन्दगानी भरि दिए मायालुले पिरतिको मीठो सङ्गित,बजाउन आउनु तिमी ।। सरोज सुमन ज्यामरुङ-६,धादिङ हाल चितवन ।।