Sunday, February 19, 2017
एकै स्टेजमा वाचन भए गजल मुक्तक र कविता
काठमाडौँ ll लेकबेसी साहित्य संजालले
आयोजना गरेको सम्झनामा नोहन रसिक विशेष रचना वाचन शृङ्खला समापन भएको छ।
एकै स्टेजमा वाचन भएको गजल मुक्तक र कविता श्रवण गर्ने साहित्यकार तथा
साहित्य अनुरागिको भिड नै रहेको थियो।
लेक बेसिकी संयोजक बिन्दा खतिवडा लुरिको
सभादक्ष,सहप्राध्यापक तथा कवि प्रभा भट्टराईको प्रमुख अतिथ्यता र बरिस्ठ
कवि तथा समिक्षक रमेश शुभेच्छुकको बिशिस्ट आतिथ्यतामा संचालन भएको उक्त
कार्यक्रममा कवि प्रकाश रम्घाली, कवि अमृता स्मृति ,कवि हेमन्त शिशिर र कवि
सुदेश सत्यालले २/२वटा कविता वाचन गर्नुभएको थियो भने गजलकार राम अविरल
विस्ट, गजलकार रसिक राज, गजलकार बिलास रोकाय,गजलकार महेश संघर्षले ४/४ गजल
वाचन गर्नु भएको थियो।त्यस्तै मुक्तककार प्रान्जल,मुक्तककार सबु
आरोही,मुक्तककार अजय अनमोल,मुक्तककार प्रतीक्षा सस्मितले ६/६मुक्तक वाचन
गर्नुभएको थियो।
२०७३माघ २२गते बित्नुभएको साहित्य आकाशका
उदयमान तारा तथा संचारकर्मी नोहन रसिकको आत्माको शान्तिको निम्ति आयोजना
गरिएको उक्त कार्यक्रम अबधिभर कार्यक्रम संचालक पृय मिलनले उहाले रचना
गर्नुभएको रचना वाचन गर्नुभयो भने शिवोम भन्डारिले उहाको रेकर्डिङको निम्ति
दिनुभएको गजल गाउनु भयो साथै लेकबेसिका सदस्य अशिम उदाशले रसिकको जिवनी
तथा साहित्यमा दिनुभएको योगदानको चर्चा परिचर्चा गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अथिति सह प्राध्यापक बरिस्ठ कवि प्रभा भट्टराईले युवा
पुस्ताको साहित्यको यो जोस देखेर आफू खुसी रहेको कुरा व्यक्त गर्नुभयो।
हलको सिट क्षमता भन्दा बढी उपस्तिथिको
कारण उभिएर साहित्यिक रचना सुनिरहनुभएका साहित्य अनुरागिको भिड रहेको उक्त
कार्यक्रममा समिक्षक तथा प्रमुक अतिती रमेष सुभेच्छुक्ले मुक्तक गजल कविता
तिनै बिधालाई एकै स्थानमा उभ्याउन सकेकोमा लेक बेसि साहित्री संजाललाइ बधाई
दिदै वाचित सम्पुर्ण रचनाको समिक्षा गर्नु भयो।
Source : Pearlst journal
Subscribe to:
Post Comments
(
Atom
)

No comments :
Post a Comment