Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Thursday, April 6, 2017

जातिय समानताको मीठो भाषण दिन्छन तर ब्राह्मण नै रोजियो मन्दिरको पुजारीको लागि

No comments :



गजल

युद्ध हेरियो सामान्य रैछ हतियारधारीको लागि
लडाइँ  देखियो युवक  हरुको  नारीको   लागि

जातिय समानताको मीठो भाषण दिन्छन तर
ब्राह्मण नै रोजियो मन्दिरको पुजारीको लागि

मलाइ यि मान्छेको बिचार  मन पर्दैन  जब
छाता सजाइयो रुख काटेर छहारीको लागि

जवान भए म पनि बुझ्न  थाले बाध्यता हरु
प्रदेशमा दुख खेपियो बन्धक बारीको लागि

बिरामीको मतलब छैन आफ्नो मात्रै सुख हेरे
हिजो एम्बुलेन्स रोकियो नेता सवारीको लागि

रूपक ढुङ्गाना 'संरक्षण'
धादिङ

No comments :

Post a Comment