Thursday, June 22, 2017
करेन्ट - अविशेक श्रेष्ठ मास्टर
करेन्ट
असारको महिना यसै त पानी पर्ने सिजन । आज पनि झम झम बर्सिरहेकाे थियो पानी । लाथ्यो कसैको वियोगमा मौषम पनि रोइरहेको छ धर्धरी । काठमाडौको ठाउँ पानी परे हिलै हिलो हुने । चैत बैशाखको हुरिले उठाएको धुलो पनि त कहाँ बिर्सेको थिए र । आखिर जे भए पनि सबैको रोजाइ यहि काठमाडौ नै थियो । हुने खाने पनि यहि र गरेर खानेहरु पनि यहि थियो । हुने खानेलाई त रमाइलो थियो होला सायद झरी परेर । तर गरेर खाने मजदुरहरुको बिहान बेलुकाको छाक नै टार्न मुस्किल थियो । म पनि गरेर खाने मजदुर नै भएर होला सायद यस्तै कुराहरु मनमा कुरा खेलिरहेको थियो ।
एक्कासी मोबाइलको घण्टीले मौनता भङ्ग गर्यो । हेरे अपरिचित नम्बर थियो । फोन उठाए । केहि डराएको केहि आत्तिएको आवाजमा बोल्दै थियो ।
"तपाई सुन्दरको साथी होइन ? "
"अ हो किन र ? के भयो ? हजुर को हो नि ?" आत्तिएर सुन्दरको नाम लिदा मनमा चिसो पस्यो । एकै चोटी प्रश्न माथी प्रश्न तेर्साए । उस्ले आफ्नो परिचय दिन भन्दा के भयो त्यो भन्न उचित ठान्यो सायद ।
"उसलाई करेन्ट लाग्यो । अहिले बेहोस अवस्थामा छ । तपाई छिट्टै यहाँ आउनुस ।" हस भने । फोन काटियो । हस त भने तर हतासमा कहाँ त सोध्नै बिर्सिएछु । उसले पनि भन्न बिर्सिएछ क्यारे । फेरि फोन गरे ।
सबै कुरा राम्ररी सोधपुछ गरे । एउटा घरमा वायरिङ्गको काम गर्दै गर्दा करेन्ट लागेर बेहोस भएछ । बेहोसी अवस्थामा नै अस्पताल पुर्याईएर फोन गरेको रहेछ ।
झम झम पानी परिरहेको थियो । छाता ओडेर म हतार हतारमा अस्पताल पुगे । इमर्जेन्सी कक्षको बेडमा मृत्यु सङ्ग लडिरहेको थियो सुन्दर । कपडा खोलिएको थियो । छात्तिमा दुईवटा कालो दाग थियो । सहजै अनुमान लगाउन सकिन्थ्यो कि उसलाई छात्तिमा करेन्ट लागेको रहेछ ।
बाहिर सुन्दरलाई ल्याउने मान्छेहरू खासखुस गर्दै थिए । "वायरिङ्ग गर्दै थियो एकास्सी भुईमा पछारियो । पानीले गर्दा तार सर्ट भएछ क्यारे करेन्ट लाग्यो ।"
डाक्टरहरु पनि हतास हतासमा काम गर्दै थियो । म सिसाको झ्यालबाट भित्र नियालिरहे ।
आखिर मान्छेको जिन्दगी पनि के रहेछ र । बिहान सङ्गै खाना खाएर हास्दै काममा हिडेको सुन्दर अहिले एक्कासि यस्तो अवस्थामा देख्दा सपना जस्तो लागिरहेको थियो । डाक्टर बाहिर निस्कियो । सोधे "डाक्टर साब कस्तो छ अहिले सुन्दरलाई ?" डाक्टर सुने नसुने गरेर फटाफट अघिअघि लाग्यो म पछि पछी लागे । बल्ल बोल्यो डाक्टर " उसलाई बचाउन मुस्किल छ । अब सबै भगवान भरोसा ।" डाक्टरको कुरा सुनेर मेरो पाईलाहरु रोकिए । गोडाहरु फतक्क गलेको थियो । म थचक्क तेहि बसे ।
अति नै मिलनसार मान्छे थियो सुन्दर । हासिमजाक गर्न एकदमै सिपालु । कयौं दुखहरु त उसलाई भेटेर नै भुल्थे । तर आज यो दुखको दिनमा पनि उसैको हासिमजाकको खाचो थियो तर उ आफै मृत्यु सङ्ग लडिरहेको छ । आफ्नै टाउको पनि भारी भएर आयो । उसका बिगतहरु आखामा झल्झली नाच्न थाल्यो ।
एउटा गाउले केटा साधारण परिवारमा हुर्केको परिवारको जेठो सन्तान भएर पनि होला परिवारबाट निकै माया पाएर हुर्केको थियो । माया सङ्गै परिवारको जिम्मेवारी पनि उसैले सम्हाल्न पर्ने अवस्था थियो । पढाई पनि राम्रै थियो । एस एल सी मा पनि प्रथम श्रेणी मा उतिर्ण भएको थियो । मन भरी धेरै पढ्ने आसा लिएर काठमाडौ छिरेको थियो सुन्दर । काठमाडौ छिरेको दिन बेलुका "दाई म धेरै पढेर धेरै पैसा कमाउछु अनि मेरो बा आमा भाई बैनीहरुलाई सुख सङ्ग राख्छु " हो यसै भनेको थियो सुन्दरले । यो वाक्यांश अहिले पनि झल्झली याद आईरहेको छ मलाई ।
काठमाडौको ठाउँ आफ्नो भन्नु कोहि हुँदैन । सुन्दरको लागी त म थिए मेरो लागी सुन्दर थियो । उसले दाई अनि मैले भाई भन्थे । तर साथी भाई भएपनी दाजुभाई भएर बसेको थियौ । यहाँ पढ्न आफुले सोचेको जस्तो सजिलो छैन । कलेजको महँगो शुल्क, कोठा भाडा, खाना खाजा, अनेकौ झमेला थियो । घरबाट पनि कति नै हेर्न सकिन्छ र ? गाउँमा भाई बैनीहरुलाई पनि बा आमाले नै सुखदुःख गरेर पढाउनु भएको थियो । केहि महिना त घरबाट आएको खर्चले राम्रो सङ्ग नै पढ्यो । बिस्तारै बिस्तारै पैसाको अभाव हुन थालेपछी दाई म पनि काम गर्छु भनेको थियो सुन्दरले ।
दिउसोको एक बजिसकेको थियो । अझै पनि झमझम बर्सिरहेको थियो पानी । मेरो आखाहरु पनि रसाउन पुगेछ झरी सङ्गै । अनयासै आसुका ढिक्काहरु खस्न लागे । अरुले नदेख्ने गरि झरिमा रुझेर पखालिदिए । फेरि फर्किए झ्यालमा । नियाले सुन्दरलाई सिसाको झ्यालबाट नै । धेरै दिनको थकाईले आराम गरिरहेको जस्तो देखिन्थ्यो । बेला बेलामा चलमलाउथ्यो । सुन्दरको शरिरले अलिकती चाल लिदा मात्रै पनि मनमा हर्षको पालुवा पलाउथ्यो । म एकोहोरो भएर उसलाई हेरिरहन्थे । मनमा अनेकौ कुराहरु तछाडमछाड गर्दै नाचिरहेको थियो ।
एकपल्ट फेरि ति दिनहरु सम्झिए । आफैलाई ग्लानी भएर आयो । अपराधी आफै भएको महशुस गरे । मैले नै काम सिकाएको थिए सुन्दरलाई । इलेक्टिसियन बनाउन मैले नै सुरुवात गरेको थिए । तर आज यो दिन देख्नुपर्यो ।
कलेजको पढाई सङ्गै उसलाई काम जसरी पनि चाहिएको थियो । आवश्यकता र बाध्यता एकै चोटी मडारिएर आएको थियो सुन्दरको जिवनमा । कुन कुन अफिस मात्र धाएनौ हामी काम खोज्न । अफिसमा बसेर काम गर्न अनुभव अनि आफ्नो मान्छे चाहिने रहेछ । त्यो माथी भर्खर कलेज सुरु गरेको केटालाई कस्ले काम दिन्छ र ? दिनभर डुलेर बेलुका फर्किदा हातमा लाग्यो शुन्य ।
सुन्दरको घरमा खबर पठाउन त बिर्सेको रहेछु । मोबाइल झिकेर काकाको नम्बर डायल गर्न लागे । हात थर्थर कापेको थियो । सास रोकिएला जस्तो भएको थियो । पहिलो चोटी फोन उठाउनु भएन । लामो सास फेरे । फेरि दोहोर्याए सोहि क्रमलाई । बल्ल फोन उठाउनु भयो ।
"काका नमस्कार म तल्ला घरे कान्छा चिन्नु भो त ?"
" अ भन त बाबु के छ खबर "
"ठिकै छ काका । पानी परिरहेको छ । म त बाहिर काममा छु । अनि खाजा खाजा खानु भो ?"
" खाए बाबु । अनि सुन्दरलाई कस्तो छ नि । अचेल त फोन पनि गर्दैन त ।"
" अहिले कता नि काका तपाई"
" म घरैमा छु । यता पनि पानी परिरहेको छ । आज सबै जना घरैमा छ । सुनिराको छ्न सबैले । "
यथार्थ कुरा भन्दा के हालत होला त सुन्दरको घरमा । काकाले आफुलाई समाल्न सक्नुहुन्छ । अनि काकिले ? अनि भाइले ? अनि बैनिले ?
अह भन्दिन । मनमा यस्तै कुरा आयो ।
" उसको मोबाईल बिग्रेको छ काका तेहि भएर फोन नगरेको होला । सुन्दरलाई पनि ठिकै छ । अलिअली ज्वरो आएर सुतिराखेको छ । बरु बुवालाई बोलाईदिनु भन्दै थियो । मैले त भन्नै बिर्सिएछु । तपाई छिट्टै काठमाडौ आउनु है काका । "
"औषधि खाको छैन र तेस्ले ? मोरालाई औषधि भनेपछि तेसै ज्वरो आउछ । औषधि खान कर गर है बाबु । "
" हस काका म अहिले काममा छु पछि फोन गर्छु है काका "
" हुन्छ बाबु "
फोन काटियो । सबथोक काटिएको झै लाग्यो । यता सुन्दर ओइलाएर झर्ने तर्खत गर्दै छ । उता काका काकी हाम्रो छोरा फुल जस्तै फकृदै छ भनेर मख्ख हुनुहुन्छ । करेन्ट लागेर जिवन मरणको दोसाँधमा भएको सुन्दरलाई अलिअली ज्वरो आएको भनेर ढाटिदिए । उसको परिवारलाई वास्तविक घटना पनि सुनाउन सकिन । सुन्दरलाई केहि भइहाले मैले के गर्ने ? केहि सोच्नै सकिरहेको थिइन ।
आज सुन्दर आफ्नो भविष्यको सुन्दर सपना सजाउदा सजाउदै ओइलिएको कोमल फुल जस्तो अवस्थामा छ । काममा प्रतिस्पर्धा हुने हुँदा नै आज यो अवस्था आएको हो । एउटाले लिएको काममा अर्कोले भाजो हाल्ने हुँदा झरी परेको दिन नभनी काममा हिड्नु परेको थियो । कामको मुल्य निर्धारण भएको भए सायद यो अवस्था आउने थिएन होला । काम गर्दा प्रयोग गर्नु पर्ने सेफ्टी पनि सहि रुपमा कार्यान्वयन हुन सकेको छैन । ग्राहकहरु सस्तो र कमसल तार प्रयोग गर्छ्न । आज अलिकती पैसा कम लागे पछी भोली के हुन्छ भन्ने कुरा सोच्दैनन । त्यसैले यस्तो दुर्घटना आईपर्छ ।
हामी जस्तो काम गरेर खानेहरुको कुनै कदर नै छैन । काम गर्नेहरुको लागी कुनै नियम नै छैन । काम गर्ने हामिहरुलाई समाजमा तल्लो दर्जामा हेरिन्छ । कामको कुनै मुल्य नै छैन । काममा एकरुपता छैन । मजदुरको हकहितको लागी खोलिएको सस्थाहरु राजनितिक पार्टीको झोले भएका छन । मजदुरहरुको लागी बनाईएको नियमहरु कार्यान्वयन भएका छैनन् । इलेक्टिसियनलाई दिनुपर्ने सुरक्षाका तालीमहरु दिइरहेको छैन । सामुहिक दुर्घटना बिमा गराइ आकस्मिक उपचार कोष खडा गर्न सकिरहेको छैन ।
आखिर मनमा जति कुरा खेलाए पनि जे हुनु भैसक्यो । अब त्यो कुरा सम्झेर नै के गर्न सकिन्छ र ? कामदारको सुरक्षा बिमा भएको भए उपचारमा सहज हुने थियो । खै त आखिर के रहेछ र ? काम गर्ने मजदुर आखिर नोकर नै त रहेछ नि । कुनै सुरक्षा छैन । कुरा लुकाएर पनि के गर्न सकिन्छ र । काकालाई पनि ढाटेको थिए मैले । सत्य कुरा त भन्नै पर्छ । भोली पल्ट बिहान काकालाई फोन गरेर सबै यथार्थ कुरा सुनाए । काका फोनमा भक्कानिदै बोल्नुभएको थियो । अलिअली पैसाको जोरजाम गरेर काका दिउँसो तिर काठमाडौ आईपुग्नु भो । छोराको अवस्था देखेर सम्हालिन सक्नुभएन । काका गहभरी आशु पारेर एकोहोरो भएर सुन्दरलाई हेरेको हेरै हुनु भो । काकालाई सम्झाए ।
डाक्टरहरु अनवरत रुपमा उपचारमा खटिएका थिए । हामिलाई बाहिर जान भने । मैले काकालाई लिएर बाहिर आए । काकाको आखाबाट आशुको ढिक्का खस्नै लागेको थियो हतपत पुसिदिए । काकाले आफ्नो छोरामा देखेको सपना आशुको ढिक्का सङ्गै पखालिदै गएको थियो । लगभग एक घन्टा बाहिर बसे पश्चात सिस्टर बोल्नुभयो " सुन्दरको मान्छे को हुनुहुन्छ ? उसलाई होस आएको छ भेट्न सक्नुहुन्छ ।"
एकाएक आखामा खुसिहरु मडारिएर आए । काका हत्तपत्त आशु पुछ्दै भित्र लाग्नु भो । म काकाको पछि पछि लागे । भित्र जाने बित्तिकै बाबुछोरा अङ्गालो हालेर हुन थाले । म छेउमा उभिरहे । बाबुछोराको रुवाईले मेरो मन थाम्न सकिरहेको थिएन । रोक्दारोक्दै कति खेर आशु खसिसकेछ पत्तो पाईन । " यो गरिबको पुकार भगवानले सुनिदिएछ । देखिस छोरा कोहि नहुनेको भगवान हुदो रहेछ । " काका बिलौना पोख्दै हुनुहुन्थ्यो ।
सुन्दर केहि बोल्न सकिरहेको थिएन । उसको सबै भाषा आखाले बोलिरहेको थियो । म एकोहोरो भएर सुन्दरलाई हेर्दै थिए हाम्रो आखा जुध्यो । एक्कासि बलजफ्ती रोकेर राखेको आशु बर्सातको झरी सरि बग्यो । म थाम्न नसकेर सुन्दरलाई अङ्गाल्न पुगे ।
बिस्तारै सुन्दरको स्वास्थ्यमा सुधार आउदै थियो । हामी खुसी थियौ । चिनेजानेका साथिभाई र आफन्तहरु फलफूल लिएर भेट्न आउन थाले । चाडै निको हुन्छ भनेर ढाडस दिएर जान्थे । करिब एक हप्ता अस्पतालमा भर्ना गरेर उपचार गरे पछि डाक्टरले एकदुई दिनमा डिस्चार्ज गर्न सकिने जानकारी दिए । काउन्टरमा रकम जम्मा गर्न भनेपछि फेरि अर्को समस्या आईपर्यो । अलि अलि भएको पैसा औषधि खरिद गर्दैमा सकियो अब कसरी काउन्टरमा रकम जम्मा गर्ने त ?
गरिबको लागी त उपचार गर्न पनि निकै गार्हो हुदोरहेछ । अलि अलि सास हुन्जेल सम्म उपचार गराउन पर्यो तर कसरी उपचार गराउने ? काका टाउकोमा हात लगाएर मेचमा झोक्राईरहनु भएको थियो । " काका के भो ? " मेरो बोलि सुनेर काका झस्कनु भो । "कान्छा अब पैसा कहाँ खोज्ने त ? अलि अलि भएको पैसा पनि सकियो । अब घर फर्कने पैसा छैन । निकै गार्हो पर्ने भो त " उदास र मलिन आवाजमा काका बोल्नु भो । म काकाको कुरा सुनेर चुपचाप जुरुक्क उठेर अस्पताल प्रशासनमा गए ।
व्यवस्थापकको ढोकामा पुगेर भित्र जान अनुमती मागे । उहाँले बस्न आग्रह गर्नु भो । म मेचमा बसे । " सर म सुन्दरको मान्छे । सुन्दरलाई पुनर्जीवन दिएकोमा यो अस्पताल प्रती आभारी छौ । हामी गरिबले त उपचार गर्न पनि निकै गार्हो पर्ने रहेछ । अलि अलि भएको पैसा पनि सबै औषधिमा सकियो । अब औषधिसमेत किन्ने पैसा छैन । अस्पतालबाट डिस्चार्ज गर्ने पैसा कसरी जोहो गर्ने हामी त निकै समस्यामा पर्यौ सर । के गर्न सकिएला त ? " मैले एकै चोटी दुखेसो पोखे । केहि समय सुन्यता छायो । एकछिन पछि "म बिचार गर्छु तपाई अहिले जानुस " भनेर भन्नु भयो । म फर्किए ।
कहिले हर्षको आशु त कहिले दुखको आशु । सुन्दरलाई ठिक भएर हर्षको आशु खस्न नपाउदै फेरि पैसा कसरी तिर्ने भन्ने पिरले काका आशु बगाउदै हुनुहुन्थ्यो । काकालाई सम्झाएर भने " काका पिर नगर्नुस । म बन्दोबस्त गर्छु पैसाको । आखिर जे हुनु भैसक्यो । अब सबै ठिक हुन्छ । मैले माथी गएर पनि कुरा गरेको छु । सायद गरिदिनु हुन्छ । म संघमा पनि कुरा राख्छु । त्यताबाट पनि अलिअली रकम निकाल्न सकिएला । पिर नगर्नुस काका ।" काका अलि अलि भए पनि हासिलो हुनु भो ।
आशाको सानो त्यान्द्रो मात्र बाकी भए पनि खुसी हुन सकिदो रहेछ । आसले नै बाच्न सिकाउदो रहेछ । काकालाई सम्झाई बुझाई गरेर म त्यहाँबाट निस्किए । मान्छेहरु आसा देखाई निराशाको तुसारापात गर्न पनि पछि पर्दैनन् । मलाई तेहि कुराको डर थियो । म अस्पतालबाट निस्किएर सरासर संघको अफिसमा पुगे । त्यहाँ कुराकानी पछि जे नहुनु पर्ने थियो ठ्याक्कै तेहि भयो ।
अफिसबाट अलि अलि केहि सुनुवाइ गर्न सकिने जस्तो कुरा आयो तर कहिले चाही फिक्स भएन । सुन्दरलाई छिटो भन्दा छिटो डिस्चार्ज गर्नु पर्नेछ । यहाँको कुराले केहि ढिलो हुने जस्तो देखियो । घटनाको बारेमा राम्रो सङ्ग बुझेर छलफल पछि मात्र राहत स्वरुप केहि रकम आउने रहेछ । गरुङ्गो मन लिएर फर्किए ।
अस्पतालबाट डिस्चार्ज रिपोर्ट लेखिदियो । उपचार खर्च कसरी तिर्ने भन्ने कुराले झन चिन्तित बनायो । अस्पतालबाट कुनै किसिमको छुट गर्न नसकिने जानकारी आयो । काका फेरि घर फर्कनु भयो । जाने बेलामा काकाले भन्नु भयो " अलि अलि सर सापट गरेर भए पनि छोराको उपचारमा लागेको खर्च तिर्नु पर्यो म गाउँ जान्छु तिमि सुन्दरको ख्याल गर है बाबु" हुन्छ भनेर काकालाई फेरि गाउ पठाए ।
काका गाउँ फर्किए पछि झन मलाई आर्थिक समस्या पर्न थाल्यो । सुन्दरलाई कुरुवा बस्ने कि म बाहिर पैसाको जोहो गर्ने ? झन गार्हो हुन थाल्यो । संघका पदादिकारिहरु अस्पतालमा आए । मैले फेरि सोधे के हुदैछ त भनेर ? सुन्दरको सदस्यता पत्र माग्यो । त्यो भए पछि दुर्घटना भएको ठाउँमा अवलोकनको लागी गयौं । सुन्दरको दुर्घटना भएको स्थलमा पुगेर अवलोकन गरेपछी थाहा भयो सुन्दरलाई करेन्ट कसरी लागेको भनेर । सस्तो र कमसल तारको प्रयोग भएको र सेफ्टी टुलको प्रयोग बिना नै काम गरेको हुँदा सो दुर्घटना भएको रहेछ ।
दुर्घटना भएको घरबेटी सङ्ग भेटेर कुराकानी गर्यौ । घरबेटीले पनि आफुले सस्तो तार किनेर केहि पैसा बचाउन खोज्दा दुर्घटना भएको स्वीकार गर्यो र सुन्दरको उपचारमा लागेको खर्च बेहोर्ने कुरा स्वत स्फुर्त रुपमा स्विकार्दै हामी सबै अस्पतालमा फर्कियौ । अस्पतालमा भएको उपचार खर्चको लागी पैसा जम्मा गरिसकेपछी सुन्दरलाई भेट्न सबै जना गयौ । आफ्नो गल्तिले दुर्घटना भएको भन्दै सुन्दरसङ्ग माफी माग्यो । सुन्दरले पनि आफुले सेफ्टी टुलको प्रयोग बिनानै काम गरेकोले यस्तो भएको स्वीकार गर्यो ।
सुन्दरलाई कोठामा ल्याए पछि बिस्तारै सुधार आउदै गयो । गाउँ बाट काकी सङ्गै भाई बहिनी पनि आएका थिए । आफ्नो परिवार सङ्ग बस्न पाउदा सुन्दरले पनि आफ्नो पिडा अलि हलुङ्गो महसुस गरेको थियो । सुन्दरको ओठमा फेरि पुराना खुसिहरु फर्किएको थियो । अब फेरि आफ्नो कामलाई निरन्तरता दिन परिहाल्यो । म पनि काममा जान थाले । करिब एक महिना पछि सुन्दर पनि काममा जान सक्ने भयो ।
संघमा छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको थियो । सुन्दरले आफ्नो घटना पनि सुनाउने मौका पनि पायो । काममा हुन सक्ने सम्भावित दुर्घटनाबाट कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर छलफल गरियो । जोखिमलाई हटाउन सेफ्टी टुलको प्रयोग अनिवार्य गर्न पर्ने , गुणस्तरीय तार र सामानको प्रयोग गर्ने गराउने , रेट दर भाउमा एकरुपता ल्याउने, समय समयमा तालिम तथा भेटघाट गर्नु पर्ने , जस्ता कुराहरु छलफलबाट निस्केको थियो । त्यस पछि गरेका काम हरुमा कहिले पनि हेलचक्राई गरेनन । काम गर्दा सधैं सुरक्षित भएर काम गर्न थाल्यो । अरुलाई पनि सोहि सल्लाह दिन्थ्यो । अहिले सुन्दर पनी पुरै निको भैसकेको छ । खुसी भएर आफ्नो काम गर्छ । यहि काममा नै सन्तुष्ट छ ।
Sunday, June 18, 2017
प्रिय सुन्दरीजल
प्रिय सुन्दरीजल
तिमिलाई भेट्न मन नभएको पनि कहा हो र ? एक पल्ट अस्ति नै आउदा कति लजाएकी थियौ है तिमि । मलाई त भुल्यौ होला है तर मैले त सम्झिरहेको छु । तिम्रो यादले खुब गार्हो भएको थियो । अस्ति नै आउन मन लागेको थियो तर हेरन समय नै मिलेन । आज बल्ल आउन पनि कति गार्हो परेको थियो । एक्लै आउदा अरुले शंका गर्ला भनेर म त साथी अनि बैनिहरुलाई नै लिएर आएको छु ।
कलन्किबाट गाडी चडेर जोरपाटी झरियो अनि फेरि खचाखच भरिएर बल्ल तल्ल आएपुगे तिम्रो सामु । तिमि पनि म आएको देखेर कति खुसी भएकी थियौ है । मख्ख परेकी थियौ । म त लाजले पानी पानी भएको थिए । अनि एउटा गोप्य कुरा के छ भने नि तिमिलाई भेट्न आउने योजना एक महिना अघिको हो । एकमाहिना अघि देखी तिमिलाई खुब मिस गरेको थिए । तर हिजो फिक्स भयो आज आउने भनेर ।
अशिमलाई लेराउन अति गार्हो पर्यो नि तिमिलाई के थाहा । कति गरेर बल्ल लेराए । हिजो नौ दस बजे सम्म पनि आज आउने कुरा फिक्स भाको थिएन तर कुरा नमिल्ने हो कि भनेर कति दुखी थिए । बैनिहरु त तिमिलाई हेर्न भनेर अस्ति नै देखी खुट्टा उचालेर बसेका थिए। मख्ख परेकी छिन बैनीहरु पनि । फेरि आउने है दादा भन्दैछिन मुसि बैनी त झन ।
तिमि पनि निकै माथी बसेको छौ के । बैनिहरु त उकालो चढ्न पनि तिन चार ठाउँमा बस्दै चढेको । सहरको कोलाहल बाट मुक्त भएर तिम्रो त्यो शितल काखमा हराउन पाउदा को चाही खुसि नहोला र है । आज भोली त पहिले जस्ती राम्री रहेनछौ । तिम्रो त्यो झरना बाट झरेको केश पनि अहिले त पातलो भएछ । बर्सात हुदैछ अब फेरि पलाएर बाक्लो अनि लामो हुन्छ कि ? अहिले सम्म त यस्तो अवस्थामा छौ झन फाल्गुन चैतमा कस्ती भएकी थियौ होला है । सायद तिमि बिरामी पो पर्यौ कि ? तर मलाई भनेनौ । हुन त म पनि आइन नि है । अब म आए पिर नगर ।
आज दिन भर त खुबै रमाइलो भयो नि । सम्झना अनि बिर्सनाको लागी फोटो पनि खिच्यौ । सायद असार साउन लागेर होला तिमि त सरियो साडिमा सजिएकी रहेछौ । तिमिलाई त हरियो साडिमा साच्चै परि जस्तै देखिएकी छौ । तर पहिलेको जस्तै त्यो लाली जोबन अनि मुस्कान भएको भए त झन कस्ती देखिन्थ्यौ होला । म त तिमिलाई जति हेरे पनि हेरिरहु जस्तो लाग्छ ।
तिमि संगै बसिरहन मन थियो तर के गर्नु अरुले नराम्रो नजर लगाउलान भनेर फर्किन लाग्दा तिमि किन रोएकी ? म फेरि फेरि आउछु नि चिन्ता नगर । तिमिलाई सम्झिरहन्छु । मलाई पनि नभुल है । तिमिलाई रोएको सुहाउदैन । बिदा गर्दा रोएर होइन हासेर गर्नुपर्छ । टाढा भएर पनि तिमिलाई असीमित यादहरु रुमालमा पोको पारेर पठाउछु । तर अर्को पल्ट आउदा नरुनु है । यसपाली त पुरै रुझायौ आशुले । म पनि रोइदिए तिम्रो आशुले जित्यो क्यारे अरुले देखेनन । नत्र कस्तो रुञ्चे भन्दा हुन है । तिमिलाई बिदाईको हात हल्लाउदै म फर्किदै छु । तिमि राम्रो सङ्ग बस्नु है । म अहिले छुट्टिए । बाई ।
Wednesday, June 14, 2017
बाले छानेको केटि
भाग दुई
उफ्फ बाले त फेरि बिहेको कुरा चलाउन लाग्नु भएछ । यसो बिचार गरे कति पल्ट बहाना बनाएर कुरा टारु । आखिर बिहे त गर्नु नै छ क्यारे । कुरो अगाडि बढे पनि केहि छैन सजिलो उपाय त अन्तिममा मन परेन भन्दिए भैहाल्यो । बाबु आमाको मन पनि त राखिदिनु नै पर्यो क्यारे ।
" ल ल तपाईहरु नै भन्नु हुन्छ भने मेरो भन्नु केहि छैन । कस्तो केटि हो अलि राम्रो सङ्ग बुझेर मात्र कुरा गर्नुस । मलाई यहाँ आफ्नो जिउ त पाल्न गार्हो भाको बेला अर्काको छोरी ल्याएर चाही के पो गर्नु ?"
"हेर बाबु बिहे एकपल्ट नगरी भाको छैन । जे कुरा पनि बेलैमा गरे राम्रो हुन्छ । बेलैमा मेलो लागे पो सकिन्छ त । केटि सानो गाठिकी काली काली हिस्सी परेकी छे । भर्खरै सरकारी जागिर खाएकी रहिछे । उस्ले आफ्नो जिउ आफै पाल्छिन । मलाई चाही हुन्छ झै लाग्यो । अब त के भन्छस । "
" हामिलाई मात्र भएर हुदैन बा । जागिरे हो भने त हामिलाई के पत्याउलान र खै । जागिरको अहम हुन्छ । खै बा कुरा गर्न व्यर्थ होला झै लागेको छ मलाई त । "
"तेरो मामा सङ्ग कुरा गरेको छु । मामाको नजिकको नाता रहेछ । मामाले भने पछि फरक जादैन । म कुरा गर्न लगाउछु । बरु केटि चाही त भन्दा दुईतिन वर्ष जेठी छिन रे । तर दुईतिन वर्षले खासै फरक पार्दैन । "
" ल ल बा बरु मोबाइल नम्बर र नाम भए कुरा गर्न सजिलो हुन्थ्यो होला । हामी कुरा गर्छौ अनि घरमा कुरा पुर्याउला । मिले माग्न जाउला । नत्र किन दुख पाउने हैन र ?"
" ल ल खाना बनाएर खा । पछि कुरा गरुला । नम्बर थाहा भए पछि दिन्छु । "
फोन काटियो ।
मन मनै त्यो केटिको आकृती बनाउन खोजे । बाले भनेको जस्तै कालिकाली हिस्सी परेकी सानो गाठिकी ठिक्कको जिउ । उफ्फ आकृती बन्दै बनेन । नाम सोचे नाम पनि कुनै राम्रो लागेन । मनमा मनोबाद चलिरह्यो । आज आफ्नै मनहरु एक आपसमा खासखुस गर्दैछ तर म भने मौन छु । मनको कुरा सुनेर बसेको छु । आफुलाई कसैले जिस्काईरहेको गिज्याईरहेको जस्तो अनुभुती भैरहेको थियो ।
उफ्फ मनमा पनि के कस्ता तरङ्ग हरु आउदो रहेछ । बाले नै केटिको कुरा ल्याउनु भए पछि आफैमा जवान भएको महसुस गर्न पुगे । तर कस्तो विडम्बना मैले बिहे गर्ने केटिको न त नाम थाहा छ नत देखेको नत भेटेको । सङ्गै रहेर मन्दिरमा गई जुनि जुनि नछुट्ने कसम खाएकाहरु मन र शरिर एक अर्कामा साटेर त छुट्छ्न तर देख्दै नदेखेको मान्छे सङ्ग कसरी बिहे होला त खै । मैले मन पराए भने पनि उस्ले मलाई मन पराउलान त ? तेहि माथी म भन्दा हैसियत वाली रहिछे । जागिर खाएकि मान्छे केहि गरि बिहे भए पनि जागिरको फुर्ति गरिन भने त मजा आएन ।
आखिर जे भए पनि बालाई कुरा अघि बढाउन भनिसके । कुरा गरौला मिले भैहाल्यो नमिले पनि के फरक पर्ने हो र ? कुरा गर्दैमा कसैको इज्जत नै त जादैन नि । मैले मात्र भनेर भएन । जिवन साथी रोज्ने जस्तो कुरा दुइजना खुसी नभए त कसरी हुन सक्छ र । फेरि छिटो निर्णय गर्दा पछि पछुताउन पनि पर्न सक्छ । उसको कुरा पनि बुझौ के भन्छिन । मनमा कुरा खेलाउदा खेलाउदै भुसुक्क निदाएछु ।

Friday, June 9, 2017
बाले छानेको केटि
बा आमाको कान्छो छोरा म बाईस वर्ष पनि पुरा हुन लागेछ । अझै आफुलाई चाहि बच्चै जस्तो छु जस्तो लाग्छ । गालामा झप्प दारी अनि सिरुपाते जुँघाले आफ्नै साथी सङ्गी हरुले पनि चिन्न छोडिसके । सबै दाई दिदि हरुको घर जम भैसकेको अवस्था थियो । अब पालो चाही मेरो थियो । बजारमा पनि कस्तो यहि बेलामा आफुलाई नै लेखिएको गीत आएछ ।
यसपाली हिउदो महिनामा बिहे नगरी भाछैन ।
कन्याको ठहर ठेगाना केहि पनि टुङ्गो लाछैन । .........खुब सुनियो यो गित पनि ।
कहिलेकाहीँ घर जादा आमाले दारी काट्न के जोगि जस्तो भएर हिडेको भन्नुहुन्थ्यो । नाई के कति काट्नु फेरि आईहाल्छ । छोरा मान्छे हो दारी नआए के आउछ त भनेर टारिदिन्थे । बा आमालाई चाही छोराले दारी पालेर बुडो देखिएर तनाब भएको रहेछ । सबैको बिहे भैसक्यो अब कान्छाको पनि जोडि बाधिदिन पाए त आनन्दले मर्न पाईन्थ्यो भनेर बा आमा कुरा गरेको सुन्थे ।
आफुलाई भने केहि गरेर मात्र बिहे गर्ने सोच थियो । कुनै कामको टुङ्गो छैन । बिहे गरेर चाही के गर्नु नि । अहिले आफु नै बा आमाको भरमा छु झन बिहे पछि अर्को बोझ किन थप्नु र भन्ने सोचेको थिए । बा आमाले बिहेको लागी निकै कर गरिरहनुहुन्थ्यो । मैले बिहे गरेर झन तपाईहरुलाई बोझ थपिन्छ । दाईहरुले बिहे गरेर के सुबिस्ता भयो खै ? आखिर उहि होइन र ? यस्तै कुरा गरेर सम्झाउथे ।
सानो तिनो पसल गरेर आफ्नो पेट पाल्न थालेको थिए । पसलबाट डेरा जादै गर्दा बा को फोन आयो । फोन उठाए "त सङ्ग जरुरी कुरा गर्नु छ । काहा छस" भन्नुभो ।
"म गाडीमा छु बा किन के कुरा हो र भन्दा हुन्छ नि भन्नु न । " मैले जवाफ फर्काए ।
"ल ल कोठामा पुगेर फोन गर अहिले राखे " यति भनेर फोन राख्नु भो ।
मनमा अनेक कुराहरु खेल्न थाले । के कुरा रहेछ गाडिमा भन्न नहुने । अरु बेलामा सन्चो बिसन्चो सोध्नु हुन्थ्यो तर आज जरुरी कुरा छ भनेर राखिदिनु भो त । के कुरा अनुमान नै गर्न सकिन । सोच्दा सोच्दै कोठामा पुगे । अनि फोन गरे ।
"बा के जरुरी कुरा हो भन्नु त ? "
" तेरो लागी बुहारी हेरेको छु । तेरो भन्नु केहि छ ? "
"बुहारी ?"

Subscribe to:
Comments
(
Atom
)