Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Sunday, June 18, 2017

प्रिय सुन्दरीजल

No comments :


प्रिय सुन्दरीजल
तिमिलाई भेट्न मन नभएको पनि कहा हो र ? एक पल्ट अस्ति नै आउदा कति लजाएकी थियौ है तिमि । मलाई त भुल्यौ होला है तर मैले त सम्झिरहेको छु । तिम्रो यादले खुब गार्हो भएको थियो । अस्ति नै आउन मन लागेको थियो तर हेरन समय नै मिलेन । आज बल्ल आउन पनि कति गार्हो परेको थियो । एक्लै आउदा अरुले शंका गर्ला भनेर म त साथी अनि बैनिहरुलाई नै लिएर आएको छु ।

कलन्किबाट गाडी चडेर जोरपाटी झरियो अनि फेरि खचाखच भरिएर बल्ल तल्ल आएपुगे तिम्रो सामु । तिमि पनि म आएको देखेर कति खुसी भएकी थियौ है । मख्ख परेकी थियौ । म त लाजले पानी पानी भएको थिए । अनि एउटा गोप्य कुरा के छ भने नि  तिमिलाई भेट्न आउने योजना एक महिना अघिको हो । एकमाहिना अघि देखी तिमिलाई खुब मिस गरेको थिए । तर हिजो फिक्स भयो आज आउने भनेर ।

अशिमलाई लेराउन अति गार्हो पर्यो नि तिमिलाई के थाहा । कति गरेर बल्ल लेराए । हिजो नौ दस बजे सम्म पनि आज आउने कुरा फिक्स भाको थिएन तर कुरा नमिल्ने हो कि भनेर कति दुखी थिए । बैनिहरु त तिमिलाई हेर्न भनेर अस्ति नै देखी खुट्टा उचालेर बसेका थिए। मख्ख परेकी छिन बैनीहरु पनि । फेरि आउने है दादा भन्दैछिन मुसि बैनी त झन ।

तिमि पनि निकै माथी बसेको छौ के । बैनिहरु त उकालो चढ्न पनि तिन चार ठाउँमा बस्दै चढेको । सहरको कोलाहल बाट मुक्त भएर तिम्रो त्यो शितल काखमा हराउन पाउदा को चाही खुसि नहोला र है । आज भोली त पहिले जस्ती राम्री रहेनछौ । तिम्रो त्यो झरना बाट झरेको केश पनि अहिले त पातलो भएछ । बर्सात हुदैछ अब फेरि पलाएर बाक्लो अनि लामो हुन्छ कि ? अहिले सम्म त यस्तो अवस्थामा छौ झन फाल्गुन चैतमा कस्ती भएकी थियौ होला है । सायद तिमि बिरामी पो पर्यौ कि ? तर मलाई भनेनौ । हुन त म पनि आइन नि है । अब म आए पिर नगर ।

आज दिन भर त खुबै रमाइलो भयो नि । सम्झना अनि बिर्सनाको लागी फोटो पनि खिच्यौ । सायद असार साउन लागेर होला तिमि त सरियो साडिमा सजिएकी रहेछौ । तिमिलाई त हरियो साडिमा साच्चै परि जस्तै देखिएकी छौ । तर पहिलेको जस्तै त्यो लाली जोबन अनि मुस्कान भएको भए त झन कस्ती देखिन्थ्यौ होला । म त तिमिलाई जति हेरे पनि हेरिरहु जस्तो लाग्छ ।

तिमि संगै बसिरहन मन थियो तर के गर्नु अरुले नराम्रो नजर लगाउलान भनेर फर्किन लाग्दा तिमि किन रोएकी ? म फेरि फेरि आउछु नि चिन्ता नगर । तिमिलाई सम्झिरहन्छु । मलाई पनि नभुल है । तिमिलाई रोएको सुहाउदैन । बिदा गर्दा रोएर होइन हासेर गर्नुपर्छ । टाढा भएर पनि तिमिलाई असीमित यादहरु रुमालमा पोको पारेर पठाउछु । तर अर्को पल्ट आउदा नरुनु है । यसपाली त पुरै रुझायौ आशुले । म पनि रोइदिए तिम्रो आशुले जित्यो क्यारे अरुले देखेनन । नत्र कस्तो रुञ्चे भन्दा हुन है । तिमिलाई बिदाईको हात हल्लाउदै म फर्किदै छु । तिमि राम्रो सङ्ग बस्नु है । म अहिले छुट्टिए । बाई ।



No comments :

Post a Comment