Friday, March 24, 2017
तिमीलाई त म मजाले गर्भवती बनाइदिन्छु सक्छौ भने मलाई गर्भवती बनाएर देखाउ । अविशेक श्रेष्ठ वियोगी
फुर्सदको समयमा मुक्तकिला मन हरुलाई एकीकृत गर्दै जादा जस्तो भेटियो यता तेस्तै टासियो । प्रतिक्रियाको आसामा छौ । मित्र तेजस्वी नानूलाई धेरै धेरै धन्यवाद ।
मुक्तक सवाल जवाफ
१.
नारी जस्तै पराइ घर समाएर देखाउ ।
भित्र पीडा लुकाइ बाहिर रमाएर देखाउ ।
महिला जति गर्न सक्ने हिम्मत भए पुरुष ,
गर्भवती भइ बच्चा जन्माएर देखाउ ।
तेजस्वी नानू
२.
दुख सुखमा मिलिजुली बाच्नुपर्छ ।
म पनि केहि गर्छु भनि आट्नुपर्छ ।
पुरुषले बच्चा जन्माउनु पर्छ भने
पहिले तिम्रो मेरो यौनाङ्ग साट्नुपर्छ ।
अविशेक श्रेष्ठ वियोगी
३.
महिलाप्रति समान नजर आबश्यक छ।
हक अधिकार बराबर आबश्यक छ।
मर्द भए जसरी नि बच्चा जन्माउनु तिम्ले,
यौनाङ्ग साटफेर बेगर आबश्यक छ ।
तेजस्वी नानू
४.
सक्छौ भने समानताको गीत गाएर देखाउ ।
केही गरि समाजमा अगाडि आएर देखाउ ।
तिमीलाई त म मजाले गर्भवती बनाइदिन्छु
सक्छौ भने मलाई गर्भवती बनाएर देखाउ ।
अविशेक श्रेष्ठ वियोगी
५.
आउने छु एकदिन सबलाइ पछारि आउने छु ।
पुरुष लाई कैयौ कोष पछि पारि आउने छु ।
चानचुने नसोच्नु हाम्लाइ पुरुष महासय,
बनेर असल सभ्य नारी आउने छु ।
तेजस्वी नानू
६.
आफ्नो ठाँउमा आफै ठुला छन घमण्ड नगर्नु
आफैले आफैलाई कहिल्यै सजाय दण्ड नगर्नु
नारी पुरूष एकै रथका दुई पाङ्ग्रा भन्छन
चलि आएको नियमलाई खण्ड खण्ड नगर्नु ।
अविशेक श्रेष्ठ वियोगी
७.
हाम्ले होइन यो कुरा सिक्नु पर्छ तिम्ले ।
मानसिकता को नराम्रो सोच झिक्नु पर्छ तिम्ले ।
बिचार होइन व्यबहार मा देखाउ यो कुरा,
रथ को अर्को पाङ्गा भै टिक्नु पर्छ तिम्ले ।
तेजस्वी नानू
८.
सबैलाई उस्तै देख्ने तिम्रो नजर बैमानी ।
नारी पुरूष एकै भन्न गर्छौ आनाकानी ।
रोजी असल पुरूष खाली सिउदो भर अब
दाईको छोरो खेलाउदैमा जाला जवानी ।
अविशेक श्रेष्ठ वियोगी
९.
यो जिन्दगी सम्हाल्ने अाको छैन कोही ।
मनले चाहेजस्तो अझै पाको छैन कोही ।
भावनालाई बुझ्ने मान्छे बन्न सक्छौ भने,
तिमी आउ अरु मेरो भाको छैन कोही ।
तेजस्वी नानू
१०.
धर्तीमा बसी सक्दिन दिन जुन तिमीलाई
दुख सुखमा साथ दिन्छु पार्दिन रून तिमीलाई
मैले मात्र बुझेर हुदैन बुझ्नुपर्छ तिमीले पनि
कसैले पनि रोक्न सक्दैन मेरो हुन तिमीलाई
अविशेक श्रेष्ठ वियोगी
११.
चाहिन्न जुन मलाइ प्यार भए पुग्छ ।
म प्रती तिम्रो स्वच्छ बिचार भए पुग्छ ।
तिमी भए जुन म सङ्गै हुन्छ प्यारा,
सुखदुखमा साथ दिने आधार भए पुग्छ ।
तेजस्वी नानू
Subscribe to:
Post Comments
(
Atom
)

No comments :
Post a Comment