Sunday, March 26, 2017
चुपचाप बस्दै छ्न युवा गजलकार रुपक "संरक्षण" आखिर किन ?
"गजल"
दुख परेको बेला चुपचाप बसेको छ
आँसु खस्दा परेला चुपचाप बसेको छ
सुकिला हातले करोडौं गनिरहेछन यहाँ
फुटेको यो हत्केला चुपचाप बसेको छ
मनमा कुराहरु अनियन्त्रित भएपछी
गुरु कराइराछ चेला चुपचाप बसेको छ
धनको अभाव भएपछी एक युवक
सबै बाट भयो हेला चुपचाप बसेको छ
एकान्तमा दुख अनि आँसु साथी हुदा
उसलाइ कसले सम्झेला चुपचाप बसेको छ
रूपक ढुंगाना 'संरक्षण'
किरान्चोक-२ धादिङ
हाल काठमाडौ
Subscribe to:
Post Comments
(
Atom
)

No comments :
Post a Comment