Tuesday, January 31, 2017
मुक्तककार राजन कार्कीकाे केही मुक्तकहरू
मुक्तकहरू![]() |
| राजन कार्की मोरङ हरैचा हाल मलेसिया |
१ माया पठाएर के गर्छौ डर पठाएर के गर्छौ आडीलो नभएको त्यो भर पठाएर के गर्छौ मलाई पत्तै नलाग्ने ठुलै रोग लागिसकेको छ धामी पठाएर के गर्छौ डाक्टर पठाएर के गर्छौ २ सधैं अरुको स्थान हडप्ने गर्छ यो दुनियाँ पछी अहंकार अघि राम जप्ने गर्छ यो दुनियाँ बलेको आगो नियन्त्रण गर्नु पर्ने अवस्थामा उल्टै आगोमा घ्यू थप्ने काम गर्छ यो दुनियाँ ३ जोगी पनि बन्न सक्छु दानी पनि बन्न सक्छु खराब पनि बन्न सक्छु ज्ञानी पनि बन्न सक्छु सुन!मै हुँ भनि पाखुरा सुर्किने छिचिमीराहरु आगो पनि बन्न सक्छु पानी पनि बन्न सक्छु ४ दिएको ठेगानामा तिमी आउँदा भिर भेट्ने छौ पाइलाहरु सार्दै जादा खोलीको तिर भेट्ने छौ आकर्षक बाकस राखिएको छ उघारी हेर्नु त्यहाँ कफन ले सजिएको मेरो पार्थिव शरीर भेट्ने छौ ५ दु:ख पिडा अनि आँसु नै आँशुको तालमा छु दुनियाँको के कुरा गर्नु याहाँ आफैं बेहलमा छु तिमी भन्छौ चाँडै यो ज्यान सम्हाल्न आउनु है कसरी आउनु प्यारी म त्यो दुरको बाङ्गालमा छु
यसरी पाेख्दै छन मुक्तककार एवम् गजलकार राजन कार्की मनकाे भावना
![]() |
| राजन कार्की
मोरङ हरैचा हाल मलेसिया |
मायालुकाे नयाँ गजल
![]() |
| सबिना सुवेदी मायालु |
उ आउन त आउँछ,बोल्दै बोल्दैन
मलाई हेर्छ लजाउछ,बोल्दै बोल्दैन।।
मलाई हेर्छ लजाउछ,बोल्दै बोल्दैन।।
छड्के नजर लगाई,निहुरि रहन्छ
दन्ते लहर देखाउछ,बोल्दै बोल्दैन ।।
किन हो किन मुटुमै,बिझ्ने गरि
नजरको तिर चलाउछ,बोल्दै बोल्दैन।।
आउँछ मेरो दिलको,आगनिमा सधै
मनको माया बिसाउछ,बोल्दै बोल्दैन।।
डर थियो या कुनै कारण ,सोचिरहेछु
मौन भै जिस्काउछ,बोल्दै बोल्दैन ।।
Sunday, January 29, 2017
बिन्दा खतिवडा लुरीका केही मुक्तकहरू
मुक्तकहरू![]() |
| बिन्दा खतिवडा लुरी |
जबदेखि पराइको जिन्दगीलाई अनुपम बनायो
जन्म-जन्मान्तरको नाता सबै खत्तम बनायाे
सफलताको शिखर चुम्न छोरो सहर पसेदेखि
बुढेसकालका आमाबाबा राख्ने वृद्धाश्रम बनायो
२.
तस्बिर दिदाँ फिर्ता आधा जलाइ पठायो
मुटु दिदाँ जथाभावी चलाइ पठायो
मन जल्यो तिम्रो यादले भनी पत्र पठाएथी
प्रति उत्तर मट्टीतेल र सलाइ पठायो
३.
बिर्सेर बस्नै नसक्ने दिल भएको बेला
सम्झनामा आँसु टिलपिल भएको बेला
उताबाट खवर आयो जीवन एक्लै जिउनु भन्ने
उ बिना एकपल जिउन मुस्किल भएको बेला
४.
जिन्दगीको बाटोहरू मोडेर आएको छु
नजानिदो सम्बन्ध जोडेर आएको छु
न फुटाउनु न टुटाउनु जतन गरि राखिदिनु
मेरो मुटु तिम्रो समिप छोडेर आएको छु
बिन्दा खतिवडा लुरी
धादिङ्ग
साहित्यमा नयाँ उदयमान नक्षत्र सबिना सुवेदी मायालका मुक्तकहरू
मुक्तक१.
अनेक थरी सपनाहरु सजाएर आछु,
चाहिएको भन्दा धेरै रमाएर आछु,
हिजो मेरो सुन्दरताको खुबै तारिफ गर्यौ,
हेर त आज गाजल लगाएर आछु।।
२.
घरमा जहान भोकै छन गाँस नपाएर।
कापी रहेछन् शरीरहरु कपास नपाएर।
यो सरकार महलमा निदाई रहेछ।
सडकमा छन् जनता बस्ने बाँस नपाएर।
३.
बेसरी बहने हुरि बनेर।
धारिलो तरबार अनि छुरी बनेर।
रेटेर गयो जिन्दगीलाई मेरो।
माया गर्ने मान्छे निष्ठुरी बनेर।
४.
सपना साकार पार्न खोज्दा बिपना बेकार भो।
नहुनु पर्ने कुरा हरु नै बारबार भो।
यो मनलाई रहर अझै पुगेकै थिएन।
त्यो मनलाई खै किन जाने हतार भो।
वियाेगी र खुशी बिच भएका केही मुक्तक सवाल जवाफहरू
फुर्सदको समयको सदुपयोग गर्दै साहित्यलाई पछ्याउने क्रममै चाेमु शेर्पा खुशी जि सँग मुक्तक सवाल जवाफ गर्ने अवसर प्राप्त भयो ।त्यसैले यता सम्झना स्वरुप वालमा राख्न चाहेकाे हो । सम्पुर्ण साहित्यिक मनहरू बाट प्रतिक्रिया को आशा राख्दछु ।
मुक्तक न.१
भेटियौ फेसबुकमा गोरी परिछौ ।
ताप्लेजुङकी शेर्पाको छोरी परिछौ ।
पहिलो भेटमै मिठो बोलि गर्यो ।
सुटुक्कै दिल चोर्ने मोरी परिछौ ।
अविशेक श्रेष्ठ "वियोगी"
न.२
गोरखाको काले तिमी बियोगी रहेछौ।
मुक्तक लेख्न अझ माहिर भोगी रहेछौ।
नचोरी दिल चोर बनाएर मलाई अचम्म
अरुको दिलमा बस्ने मायाको रोगी रहेछौ।
चोमु शेर्पा "खुशी"
न.३
तिमी गोरी म काले हाम्रो तन मिल्ला र ?
तिमी खुसी म वियोगी हाम्रो मन मिल्ला र ?
तिमी धनि बाबुको छोरी होलाउ क्यारे
म त दुख पाएको मान्छे हाम्रो धन मिल्ला र ?
अविशेक श्रेष्ठ "वियोगी"
न.४
रङ मा फरक हेर्न आउदैन मलाई ।
नाम सङ्ग मन फेर्न आउदैन मलाई ।
धनको कुरा मेरो सामु नगरेकै बेस
घमण्डले जीवन घेर्न आउदैन मलाई।
चोमु शेर्पा "खुशी"
न.५
तिम्रै नाम बनाउन हात काट्नु पर्ला जस्तो छ ।
यो मुटु र त्यो मुटु सुटुक्क साट्नु पर्ला जस्तो छ ।
हेर्दा हेर्दै मंसिर गयो पुसमा हुन्न भन्छन ।
माघमा लगन जुराएर आट्नु पर्ला जस्तो छ ।
अविशेक श्रेष्ठ "वियोगी"
न.६
सपना यो मुटुको नदेख्दा हुन्छ
काटेर हात नाम नलेख्दा हुन्छ
आट्ने बेला कटिगो मेरो त अब
यो दिलमा पाइला नटेक्दा हुन्छ।।
चोमु शेर्पा "खुशी"
न.७
लाउदिन म यदि माया लाउनु पाप हो भने
गलाउथ्यो पत्थर प्रेम आगोको राप हो भने
वियोगी हुँ योगी जीवन बिताईदिउला बरू
कसैलाई दिलमा सजाउनु अभिशाप हो भने।
अविशेक श्रेष्ठ "बियोगी"
न.८
पाप होइन हुनत अमृत पनि हो माया ।
पत्तै हुदैन कुन बेला हुन्छ दायाँबायाँ
अनि थाल्छ पिरोल्न गाह्रो हुन्छ ज्युन
उज्यालोनै छेकि दिने बनी दिन्छ छाया ।
चोमु शेर्पा "खुशी"
न.९
माया गर्छु भन्दा तर्किन्छौ किन ?
अनयासै पछाडी फर्किन्छौ किन ?
जुनी जुनी साथ दिन्छु भन्दा पनि
अर्कै बाटो तिर लर्किन्छौ किन ?
अविशेक श्रेष्ठ "बियोगी"
न.१०
घृणा लाग्छ साचो प्रेम गर्छु भनी ढाट्छन् धेरै
स्वार्थ पूरा गर्न सयौं सङ्ग झुटो मन साट्छन् धेरै
जुनि जुनि साथ कसैले कसैलाई दिन सक्दैनन्
यता ठिक्क परि अन्त प्रेमका डोरि बाट्छन धेरै ।
चोमु शेर्पा "खुशी"
न.११
सक्दिन म ल्याउन त्यो आकाशको जुन।
सुख दुख त्यस्तै हो कहिल्यै पार्दिन रून।
बहलाउ मन, चाखि हेर मायाको स्वाद
माया बिना बाचेको मान्छे छ आखिर कुन।
अविशेक श्रेष्ठ "बियोगी"
न.१२
भो मलाई चाहिएन आकाशको जुन पनि
सुन्नु छैन मन बहलाउने बिरहको धुन पनि
बस्दैन माया सुखको चाहाले या चाखेर
महत्व नभए पित्तल झै देखिन्छ सुन पनि ।
चोमु शेर्पा "खुशी"
न.१३
तिम्रो लागि आउने ब्यबधान छेक्छु अब।
तिमीलाई पाउने मृग तृष्णा देख्छु अब ।
एकोहोरो भए पनि माया गर्छु तिमीलाई
तिम्रै दिलमा छाउने तिम्रै नाम लेख्छु अब।
अविशेक श्रेष्ठ"वियोगी"
न.२
गोरखाको काले तिमी बियोगी रहेछौ।
मुक्तक लेख्न अझ माहिर भोगी रहेछौ।
नचोरी दिल चोर बनाएर मलाई अचम्म
अरुको दिलमा बस्ने मायाको रोगी रहेछौ।
चोमु शेर्पा "खुशी"
न.३
तिमी गोरी म काले हाम्रो तन मिल्ला र ?
तिमी खुसी म वियोगी हाम्रो मन मिल्ला र ?
तिमी धनि बाबुको छोरी होलाउ क्यारे
म त दुख पाएको मान्छे हाम्रो धन मिल्ला र ?
अविशेक श्रेष्ठ "वियोगी"
न.४
रङ मा फरक हेर्न आउदैन मलाई ।
नाम सङ्ग मन फेर्न आउदैन मलाई ।
धनको कुरा मेरो सामु नगरेकै बेस
घमण्डले जीवन घेर्न आउदैन मलाई।
चोमु शेर्पा "खुशी"
न.५
तिम्रै नाम बनाउन हात काट्नु पर्ला जस्तो छ ।
यो मुटु र त्यो मुटु सुटुक्क साट्नु पर्ला जस्तो छ ।
हेर्दा हेर्दै मंसिर गयो पुसमा हुन्न भन्छन ।
माघमा लगन जुराएर आट्नु पर्ला जस्तो छ ।
अविशेक श्रेष्ठ "वियोगी"
न.६
सपना यो मुटुको नदेख्दा हुन्छ
काटेर हात नाम नलेख्दा हुन्छ
आट्ने बेला कटिगो मेरो त अब
यो दिलमा पाइला नटेक्दा हुन्छ।।
चोमु शेर्पा "खुशी"
न.७
लाउदिन म यदि माया लाउनु पाप हो भने
गलाउथ्यो पत्थर प्रेम आगोको राप हो भने
वियोगी हुँ योगी जीवन बिताईदिउला बरू
कसैलाई दिलमा सजाउनु अभिशाप हो भने।
अविशेक श्रेष्ठ "बियोगी"
न.८
पाप होइन हुनत अमृत पनि हो माया ।
पत्तै हुदैन कुन बेला हुन्छ दायाँबायाँ
अनि थाल्छ पिरोल्न गाह्रो हुन्छ ज्युन
उज्यालोनै छेकि दिने बनी दिन्छ छाया ।
चोमु शेर्पा "खुशी"
न.९
माया गर्छु भन्दा तर्किन्छौ किन ?
अनयासै पछाडी फर्किन्छौ किन ?
जुनी जुनी साथ दिन्छु भन्दा पनि
अर्कै बाटो तिर लर्किन्छौ किन ?
अविशेक श्रेष्ठ "बियोगी"
न.१०
घृणा लाग्छ साचो प्रेम गर्छु भनी ढाट्छन् धेरै
स्वार्थ पूरा गर्न सयौं सङ्ग झुटो मन साट्छन् धेरै
जुनि जुनि साथ कसैले कसैलाई दिन सक्दैनन्
यता ठिक्क परि अन्त प्रेमका डोरि बाट्छन धेरै ।
चोमु शेर्पा "खुशी"
न.११
सक्दिन म ल्याउन त्यो आकाशको जुन।
सुख दुख त्यस्तै हो कहिल्यै पार्दिन रून।
बहलाउ मन, चाखि हेर मायाको स्वाद
माया बिना बाचेको मान्छे छ आखिर कुन।
अविशेक श्रेष्ठ "बियोगी"
न.१२
भो मलाई चाहिएन आकाशको जुन पनि
सुन्नु छैन मन बहलाउने बिरहको धुन पनि
बस्दैन माया सुखको चाहाले या चाखेर
महत्व नभए पित्तल झै देखिन्छ सुन पनि ।
चोमु शेर्पा "खुशी"
न.१३
तिम्रो लागि आउने ब्यबधान छेक्छु अब।
तिमीलाई पाउने मृग तृष्णा देख्छु अब ।
एकोहोरो भए पनि माया गर्छु तिमीलाई
तिम्रै दिलमा छाउने तिम्रै नाम लेख्छु अब।
अविशेक श्रेष्ठ"वियोगी"
वियाेगीका गजलहरू मध्येबाट एउटा गजल
| अविशेक श्रेष्ठ वियोगी घ्याल्चोक 9 गोरखा |
कलियुगे प्रेममा धोका खाएको कस्ले देख्या छ र ।
घाटबाट मसान भुत आएको कस्ले देख्या छ र ।
एकोहोरो भएर उड्छ न्याउली उ त्यो रानीबनमा
बिरहमा प्रेमिल गीत गाएको कस्ले देख्या छ र ।
देख्नेहरू त खुसी नै देख्छन होलान मलाई
देब्रेपट्टी छात्तीमा घाउ लाएको कस्ले देख्या छ र ।
सहरै उज्यालो पार्छु भनी मरि मेट्या छन नेताहरू
बाध्यताले औशीको रात छाएको कस्ले देख्या छ र ।
सबैले पागल भन्न थालेछन यो वियोगीलाई
प्रेमरूपी खेलमा चोट पाएको कस्ले देख्या छ र ।
अविशेक श्रेष्ठ वियोगी
घ्याल्चोक 9 गोरखा
गजलकार रूपक ढुङ्गाना 'संरक्षण' काे गजल
गजलत्याे हातमा मेराे नामकाे चुरा हुनुपर्छ
तिम्रो बुबा जरुर मेरो ससुरा हुनुपर्छ
बाउले तिम्रो बिहेलाइ अन्तै सुर गर्या भए
बुडाकाे साेच जसै अधुरा हुनुपर्छ
अनुराेध या चेतावनी जे साेच तिमी
हामी बिच नै प्रेमिल कुरा हुनुपर्छ
नलजाउ है कत्ती धेरै रहर छ मनामा
मेरा जायज रहरहरु पूरा हुनुपर्छ
तिम्रो मेरो मायाको निशानीमा अब
हामी बाटै भन्ट्याङभुन्टुङ भुरा हुनुपर्छ
रूपक ढुङ्गाना 'संरक्षण'
किरान्चोक-२,धादिङ
अशिम त्रिपाठी "उदाश" र मिना मगर बिच गरिएको मुक्तक दोहोरीका केही अंशहरु।।।
 मुक्तक दोहोरी
१.
अाउदै छु म तिम्रो बस्ति कुरी बस कंलकीमा
भेटिएन तिम्लाई अस्ति कुरी बस कंलकीमा
अहिले सम्म देखेको छैन मैले तिमिलाई,
मान्छे तिमी छाै कस्ति कुरि बस कंलकीमा
= असिम त्रिपाठी "उदाश"
२.
कुरी बस्छु तिमीलाई अाउछाै भने तिमी
मेरा लागि हर खुसि लेराउछाै भने तिमी
यी अाँ खा मेरा तिम्रै बाटो हेर्छन,,,,
पर्खि बस्छाै सुखहरु छाउछाै भने तिमी
= मिना मगर
३.
खुसि लिएर अाउछ भेट्न उदाशले
हरेक मनका बहहरु मेट्न उदाशले
तिमी र म समीप हुदा अाखा तर्नेहरु,
अाउछ डाडा काटि लखेट्न उदाशले
=अशिम त्रिपाठी "उदाश"
४.
अाउछाै त थाहा छ कहिले अाउछाै भन
तिम्लाई भेट्ने चाहा छ कहिले अाउछाै भन
हेर्दा हेर्दा तिम्रा बाटो थाकि सके अाँखा,
देखिएन काहा छ कहिले अाउछोै भन
= मिना मगर
५.
अाउदा प्यारी सिन्दुर लिएर अाउछु
अाफन्तलाई निम्तो दिएर अाउछु
भोलि त तिम्रै घरको अागनिमा हुन्छु,
अनि दुई मुटुलाई सिएर अाउछु
=अशिम त्रिपाठी "उदाश"
६.
तिम्रै हातको सिन्दुर लाउछु पियारा
तिम्रै माया मनमा सजाउछु पियारा
जिन्दगिको सबै कुरा तिम्लाई ठानी,
तिम्रो घरमा मेरो पाउ टेकाउछु पियारा
=मिना मगर
७.
सँगै भएपछि हाम्रो बच्चा हुनेछ
जोडिएर सम्बन्ध सच्चा हुनेछ
यदि बालबच्चा संस्कार बिहिन भए
, हामी दुबै फेरि नै लज्जा हुनेछ
=अशिम त्रिपाठी "उदाश"
८.
दुबै मिलि खुसि मनाउला पियारा
तिमी बाहिर म भान्सा समाउला पियारा
छोरा छोरी खुशी बनाउदै हामिहरु,
दुनिँया सँगै सँगै रमाउला पियारा
=मिना मगर
हुन नसकेकी उनी
![]() |
| अविशेक श्रेष्ठ वियाेगी घ्याल्चाेक ९ गाेरखा |
हुन नसकेकी उनी
सायद फुल पनि फुल्ने थिएन होला ओइली झर्न पर्छ भन्ने कुरा थाहा पाएको भए । छुट्छ भन्ने थाहा हुदो हो त चखेवाको जोडी किन प्रेममा पर्थे होलान र । आज कताकता म आफैमा हराउँदैछु । सोच्दैछू अनि कलमलाई दुख दिदैछु । बाध्य छु म सोच्न । सायद हरी र कान्छीको जोडीले बाध्य बनायो ।
दशै नजिकिदै छ । चारै तिर फुल फुल्दैछ । सबैको मनमा हर्ष र उत्साह भरिएको छ । तर खै के भयो हरीलाई अनुहार मलिन छ । कपाल फुङ्ग उडेको छ । ठ्याक्कै चैतको हुरीले सबै खुसी उठाएछ क्यारे । सधै जिस्कने अनि साथीभाई सँग मजाक गर्ने मान्छे आज यसरी एकोहोरो देख्दा अलि नमजा लाग्यो । उस्लाई देख्दा लाग्थ्यो केही हराए जस्तो केही नपाए जस्तो केही खोजे जस्तो । बश ऊ मलिन थियो ।
मैले सोधे "हरी के भयो किन यसरी झोक्राएर बसेको ? कसैले केही भन्यो र ? घरमा झगडा पर्यो कि ? " मेरो एकोहोरो प्रश्नको कुनै औचित्य भएन केबल उ मौन बसिरह्यो ।
मैले सोचे हरी आज म सगै नै रिसायो क्यारे । अनि मैले सरी भने । बल्ल बोली फुट्यो " मुटु टुक्राएर जानेलाई कुनै मतलब छैन तिमी म नबोल्दामा नै माफी मागेर लज्जित नपार । तिम्रो कुनै गल्ति छैन । जसलाई दिलको कुनामा सजाएको थिए आज एक्लो पारी क्षितिजमा हरायो ।" उसको कुरा सुनेर म आफै भाबुक भए र सोधे कान्छीले केही भन्यो ? तर केही नभनि आफ्नो बाटो लाग्यो ।
यो दुई दिने चोलामा कसलाई थाहा छ र भविष्यका कुरा । हिजो सम्म साथीभाईसँग हाँसी मजाक गर्ने हरी एकाएक यसरी परिवर्तन हुँदा अनौठो लागिरहेको थियो । हरीकोपछि पछि लागे म पनि । केही पर पुगे पछि चिया पसलमा छिर्यो र दुई कप चियामगायो र थ्याच्च टेबलमा बस्यो । तेतिबेला सम्म म पनि चुपचाप उभिरहेँ । उसैले बसन के उभिराखेको भनेपछि झस्किए । अनि सँगैको टेबलमा बसे । "हेर हरी यो माया भन्ने कुरा नै रूवाउने , अचम्मको कुरा रहेछ । आउँछ हसाउँछ अनि जीन्दगीभर नमेटिने याद दिएर रूवाउँछ अनि हराउँछ । मन अनि मुटुमा जति पिडा भए पनि तिमी ओठमा मन्द मुस्कान छरेर अरूको अगाडी खुसी छर्न सक्नुपर्छ । के बच्चा जस्तो आँशु झारेर बस्छौ ?" वश यस्तै कुरा गरेर सम्झाउँदै थिए तर मेरोआँखाको डिल पनि आँशुले भरिसकेको रहेछ । नदेख्ने गरी पुछेँ । त्यसपछि फेरीसम्झाईरहेँ । ढुकुरका जोडी जस्ता देखिने हरी र कान्छीका जोडी यसरी चखेवाकोजोडी जस्तो छुटेको देख्दा मन चसक्क चस्किन्थ्यो । लाग्थ्यो यो मायाले किनसबैलाई किन रूवाउँछ ? के माया रून अनि गुमाउन कै लागि हो त ? यस्तै सोच्दैथिए चिया तयार भएछ । भाई चिया भन्दै पसले दाजु आउनु भएपछि मेरो सोचाई भङ्ग भयो । हामी दुवै जना चिया पिउन तिर लाग्यौ ।
चिया पिउदै गर्दा फेरी हरीलाई सोधे " वास्तवमा के भएको हो ? मलाई किन भन्दैनौ? आज म तिम्रो साथी हुन पनि लायक भएनछु है । दुख सेयर गर हरी मन अलि हलुङ्गो हून्छ । मैले कैयौ कर गरेपछि बल्ल तल्ल हरी आँसु पुछ्दै बोल्यो । "कान्छीले मलाई छोड्यो । अब म एक्लो भए ।" बल्ल कुरा प्रष्ट भयो । पहिले नै अनुमान गरेको थिए यो कुरा तर उसैको मुखबाट सुन्न चाहान्थे । चिया पिउदै उसले आफ्नो विगतका कुरा कोट्याउदै थियो । " जब म एस.एल सी उत्तीर्ण पश्चात कलेज भर्ना हुन गए तब मनमा छुट्टै जोस र जाँगर थियो । मन कति फुरूङ्ग थियो । सबै साथीभाई सँग कलेज पढ्ने सपना पुरा भएको थियो । म कक्षामा झोला राखेर बाहिर निस्किए । पछि आउँदा अर्को एउटा झोला देखा पर्यो । त्यो झोला लेडिजले बोक्ने खालको थियो ।
चिया पिउदै गर्दा फेरी हरीलाई सोधे " वास्तवमा के भएको हो ? मलाई किन भन्दैनौ? आज म तिम्रो साथी हुन पनि लायक भएनछु है । दुख सेयर गर हरी मन अलि हलुङ्गो हून्छ । मैले कैयौ कर गरेपछि बल्ल तल्ल हरी आँसु पुछ्दै बोल्यो । "कान्छीले मलाई छोड्यो । अब म एक्लो भए ।" बल्ल कुरा प्रष्ट भयो । पहिले नै अनुमान गरेको थिए यो कुरा तर उसैको मुखबाट सुन्न चाहान्थे । चिया पिउदै उसले आफ्नो विगतका कुरा कोट्याउदै थियो । " जब म एस.एल सी उत्तीर्ण पश्चात कलेज भर्ना हुन गए तब मनमा छुट्टै जोस र जाँगर थियो । मन कति फुरूङ्ग थियो । सबै साथीभाई सँग कलेज पढ्ने सपना पुरा भएको थियो । म कक्षामा झोला राखेर बाहिर निस्किए । पछि आउँदा अर्को एउटा झोला देखा पर्यो । त्यो झोला लेडिजले बोक्ने खालको थियो ।
मलाई कौतुहल्ता लागेको थियो यो झोला कस्को होला भनेर तर खासै चासो नदिए जस्तो गरे । एकछिन पछि मैले पहिले कहिल्यै पनि नदेखेको मान्छेको आगमन भयो । उसले ढोकाबाट पाईलाहरू अघि बढाउँदा मनमा एउटा छुट्टै तरङ्ग पैदा भएको थियो । मनमा कता कता डर र क्रास उत्पन्न भएको थियो । सायद उनी अगाडीबाट नै आएको रहिछिन क्यारे साथीहरू बनाएर सँगै हिडेको देखिन्थ्यो । तर मेरो लागिविल्कुल नयाँ थिईन । जब उनीहरू कक्षामा छिरे त्यसपछि सर पनि सँगै कक्षामापस्नुभयो । मेरो सिट सँगैको झोला उसको रहेछ त्यो झोला टिपेर लजाउँदै अगाडी गएर बसिन म चाहि त्यही बसे एक्लै । खै के भयो कुन्नी मनमा कता कता काउकुली लागे जस्तो कता कता खुसी भए जस्तो केही पाए जस्तो यस्तै यस्तै अनौठौ भएको थियो मलाई ।
उनको पातलो शरीर , ठुला ठुला आँखा , छिनेको बारूले कम्मर , लामो सलक्क परेको कालो केशले कस्को मन नचुड्ला र ? नाक हेर्दा लाग्यो उनी पक्कै बाहुनी हो भन्न सकिन्थ्यो । नाकमा पहेँलो फुली लगाएकी थिईन । गहुँगोरो वर्णको उनी कक्षाका अरू साथीहरूको तुलनामा राम्री देखिन्थ्यी । मलाई उनी सँग बोलु बोलु लागेको थियो तर सर कक्षामा हुनु हुन्थ्यो । पटक्कै मौका मिलेको थिएन । म एकटकले उसलाईहेरीरहेको थिए । उसले पनि पुलुक्क म तिर नजर लगाई म लाजले भुईतिर मुन्टोफर्काए ।
मैले फेरी नजर उनी तिरै बढाए त्यति बेला उनी अगाडी फर्केर लेख्दै थिईन । मलाई उसको बारेमा जान्न अति नै कौतुहल भएको थिए । सिधै कुरा गर्न म सँग आट थिएन तर मनको आँधि उर्लेर बगाउँला जस्तो भईसकेको थियो । जसो तसो त्यो एक पिरीयड सकियो । सबै जना कक्षाबाट निस्कियौ र बाहिर चौर तिर गयौ । नजर उनीबाट हट्न मानिरहेको थिएन तर बोल्ने आँट पनि गर्न सकेको थिएन ।
जे पर्ला पर्ला भन्ने सोचेर समीरलाई सोधे "नयाँ मान्छे को हो नि ?" समीरले जिस्किदै भन्यो आँखा नलगाउ उनी त हाम्रै दीदीबहिनी हुन । नाम चाहि कान्छी । घरको कान्छी छोरी । "कान्छी" यो शब्द बारबार मेरो कानमा संगीत बनेर गुन्जिरह्यो ।
भोली पल्ट अलि छिटो कलेज गए । साथीभाईसँग रमाईलो गर्दै बसियो । घण्टी लाग्यो । सर कक्षामा आउनुभयो तर आज कान्छी देखिनन । ढोकामा नजर लगाई राखेँ तर .....
तर आज उनी आउँला जस्तो लागेन । म उसैको बाटो हेरीरहे वश टुलुटुलु हेरीरहे । पहिलो पिरीयड पनि तेतिकै सकियो । मन गरूङ्गो भयो । कुनै गर्हौ भारीले थिचे जस्तो , अरू एक आपसमा कुरा गर्दा पनि मलाई नै गिज्याए जस्तो आभाष भयो । म एकोहोरिएर उनैको यादमा सोच्न पुगे । आहा त्यो क्या मिलेको जिउ , बाटुलोअनुहार लामो केश अझै उस्को मन्द मुस्कानले त घायल बनायो मलाई । म त अनयासै एकोहोरिन पुगेछु । उफ् के भयो यस्तो ? मन मनै सोचेँ अनि त्यो तन्द्राबाटपन्छिएर साथीहरूसँग रूमलिन थाले । क्रमश दिन बित्दै गए । म आफ्नै तरिकामा कलेज जान्थे पढ्थे अनि फर्किन्थिए । उनी मेरो जीवनमा सपना बनेर आईन मिठो निद्रा दिलाएर बिपनीमा मिठो याद छोडेर गईन । कति भुल्न खोजे उनको याद तर मन अनि मुटुमा अमिट छाप बनेर बसिरह्यो । कदापी भुल्न सकिन । त्यस्तै एक दिन खाजा खादै थियौ क्यान्टिनमा । प्रसङ्ग वश उनीको कुरा निस्कियो । उनी त अर्कै कलेज पढ्छिन रेन्त । पढ्न हेटौडा गएकी छ रे । यस्तै कुरा सुनिदै थियो तरखासै चासो लागेन । "आज मलाई बिहानै फोन गरेकी थिईन ।अर्को हप्ताबाट आउँछिनरे यही पढ्ने रे ।" कतैबाट बोलेको सुनियो । म निकै हौसिएर हो र ? साँच्चै ? भन्न पुगेछु । सबै साथीहरू गलल हाँसे म चाहि लाजले कक्षातिर लागे ।
डडेलोले उजाड पारेको मेरो मनमा फेरी बसन्तका पालुवाहरू पलाउन थाले । साच्चैमनमा नयाँ उमङ्ग छाएको थियो । कसैको आगमनको खबरले मन चङ्गा भएको थियो । कलेजबाट फर्किदा समीरलाई फेरी तेही खाजा खादाँको कुरा दोहोर्याए । "के उनी साच्चै आउँछिन त ?" "अ आउँछु भन्थी । खै त्यो मलाई थाहा छैन । तिमी आफैसोध" उ यति भनेर पन्छिन्यो । मैले फेरी भने "कसरी सोधु यार । न त नम्बर छ न त चिनेको नै ।" नम्बर राख अनि आफै कल गर भन्दै नम्बर दियो । मैले नम्बरराखे । नम्बर त राखे तर डायल गर्ने आँट आएन तेतिकै एक हप्ता बित्यो । साँच्चै एक हप्ता पछि उनी फेरी कलेजमा देखा परिन । तर हाम्रो कक्षामा आईनन । अर्कै कक्षामा गई । मन खल्लो भयो । सायद संकाय परिवर्तन गरीछिन भन्ने लाग्यो । तर उनीको आगमनले मन हर्षित पनि थियो । एक महिना पछि फेरी उनको चेहरा देख्न पाएको थिए । मन प्रफुल्लित थियो । आज चाहि जसरी पनि कुरा गर्छु भनेर खाजा खादै गर्दा उनको समीपमा पुगे ।
जब म उसको नजिक पुँगे तब उनी जुरूक्क उठेर हिडी । मैले साहस निकालेर भने"कान्छी एकछिन पर्ख त एउटा कुरा गर्नु छ " तर सुनेन कि टेरेन सुरुसुरू आफ्नो बाटो लाग्यो । मन खिन्न भयो । म पनि फर्किए । भोली पल्ट प्रेम प्रस्ताब सहित चिठी लेखेर समीरको हातमा पठाईदिए । समीर भोली पल्ट निन्याउरो मुख लगाउदै भन्यो " तिमीले फुल त रोज्यौ तर त्यो फुल भिरमा फुलेको सुनाखरी परेछ न त टिप्न सक्छौ न त बासना लिन नै ।" "किन के भयो र ?" मैले ठाडो प्रश्न गरेँ । "तिम्रो चिठी लिन मानेको थिएन तर बल्लतल्ल लिईन रिप्लाई त तेस्तै हो । आसा नगरेपनि हुन्छ । " समीर त्यति भनेर फुत्त हिड्यो । मैले हिम्मत हारिन । एकदिन जसरी पनि उसलाई आफ्नो बनाएरै छाड्छु भन्ने अठोट लिई सकेको थिए । मैले पाँच छ महिनाको बिचमा त्यस्तै छ ओटा जति चिठी पठाएको थिए होला तर कुनै प्रतिक्रिया नै आएन । म कैयौ पटक बोल्ने प्रयास गर्दा पनि प्रयास असफल भए ।
म उनीको मायामा एकोहोरो भैसकेको थिए । जतिबेला पनि उनीकै याद मात्र आउथ्यो । मोबाईलमा उनको नम्बर हेर्थे कल गर्न डायल बटन थिच्थे तर हतपत कल काट्थे । "कति निस्टुरी भएकी त उनी । माया नगरे पनि बोल्न त हुन्थ्यो होला नि । कति न राम्री भाकी होला । म आफै मुर्मुरिन्थे । जति मुर्मुरिए पनि के गर्नु उसले मेरो कुरा बुझ्ने होइन क्यारे । जेसुकै होस अब त वास्तै गर्दिन ।" यस्तै सोचेर बस्ने गर्थे । पुस माघको बेला थियो । म घाम तापेर बसिराखेको थिए । अचानक समीरले फोन गरेर मलाई बजारमा भेट्न बोलायो । आज म अलि ब्यस्त छु आउँदिन भनेर बहानाबनाए । कान्छीले चिठी पठाएकी छे आज । आए आउ नआए नआउ भनेर फोन राखिदियो । फेरी मैले फोन गर भेट्ने निधो गरे । जब चिठी हातमा पर्यो सारा संसार जिते जस्तो लाग्यो । त्यो जाडो महिनामा पनि पुरै जिउ तारेको थियो । समीरलाईधन्यबाद दिए अनि फर्केर घर आए ।
चिठी खोले तब म आफै अचम्ममा परे । चिठी पढे पछि म आफै भाग्यमानी रैछु भनेर खुसीले गदगद भए । "मलाई तिमी देख्ने बित्तिकै मन परेको थियो । पहिलो दिनको भेटाई कति रमाईलो थियो है । तर दुर्भाग्य हेरन मलाई हेटोडा पठाईदिनु भो बाबाले तर म बस्न मानिन । अनि फर्किएर आए । मलाई घरको डरले तिम्रो नजिक हुन सकिन । माया गर्ने मान्छे रुन पर्छ रे । किन रूनु र है । घरमा थाहा पाए त मार्छन मलाई । मैले तिम्रो तेतिका पत्रको रिप्लाई नै दिईन सरी नरीसाउ ल । " यस्तै यस्तै लेखिएको थियो त्यो पत्रमा । साँझ आठ बजेतिर आमा बाबाको अगाडी म किताब लिएर पढेको जस्तो गर्दै थिए । मनमा उनी नै थिईन । उनीले पठाएको पत्र पटक पटक पढिरहेको थिए । मोबाईलमा घन्टी बज्यो । हेर्दा "कान्छी" भनेर सेभ गरेको नम्बर थियो ।
म उनीको मायामा एकोहोरो भैसकेको थिए । जतिबेला पनि उनीकै याद मात्र आउथ्यो । मोबाईलमा उनको नम्बर हेर्थे कल गर्न डायल बटन थिच्थे तर हतपत कल काट्थे । "कति निस्टुरी भएकी त उनी । माया नगरे पनि बोल्न त हुन्थ्यो होला नि । कति न राम्री भाकी होला । म आफै मुर्मुरिन्थे । जति मुर्मुरिए पनि के गर्नु उसले मेरो कुरा बुझ्ने होइन क्यारे । जेसुकै होस अब त वास्तै गर्दिन ।" यस्तै सोचेर बस्ने गर्थे । पुस माघको बेला थियो । म घाम तापेर बसिराखेको थिए । अचानक समीरले फोन गरेर मलाई बजारमा भेट्न बोलायो । आज म अलि ब्यस्त छु आउँदिन भनेर बहानाबनाए । कान्छीले चिठी पठाएकी छे आज । आए आउ नआए नआउ भनेर फोन राखिदियो । फेरी मैले फोन गर भेट्ने निधो गरे । जब चिठी हातमा पर्यो सारा संसार जिते जस्तो लाग्यो । त्यो जाडो महिनामा पनि पुरै जिउ तारेको थियो । समीरलाईधन्यबाद दिए अनि फर्केर घर आए ।
चिठी खोले तब म आफै अचम्ममा परे । चिठी पढे पछि म आफै भाग्यमानी रैछु भनेर खुसीले गदगद भए । "मलाई तिमी देख्ने बित्तिकै मन परेको थियो । पहिलो दिनको भेटाई कति रमाईलो थियो है । तर दुर्भाग्य हेरन मलाई हेटोडा पठाईदिनु भो बाबाले तर म बस्न मानिन । अनि फर्किएर आए । मलाई घरको डरले तिम्रो नजिक हुन सकिन । माया गर्ने मान्छे रुन पर्छ रे । किन रूनु र है । घरमा थाहा पाए त मार्छन मलाई । मैले तिम्रो तेतिका पत्रको रिप्लाई नै दिईन सरी नरीसाउ ल । " यस्तै यस्तै लेखिएको थियो त्यो पत्रमा । साँझ आठ बजेतिर आमा बाबाको अगाडी म किताब लिएर पढेको जस्तो गर्दै थिए । मनमा उनी नै थिईन । उनीले पठाएको पत्र पटक पटक पढिरहेको थिए । मोबाईलमा घन्टी बज्यो । हेर्दा "कान्छी" भनेर सेभ गरेको नम्बर थियो ।
मन हर्ष बिभोर भयो । खै आज के भयो । खुसीको सीमा नै थिएन । दिउँसो पत्र अनि बेलुका फोनको घन्टी बज्नु । सबै सपना जस्तै लागिरहेको थियो । अचम्म लागिरहेको थियो । मेरो पठाएका पत्रको सबै जवाफ एकै चोटी पठाए पछि म खुसीको बहार थेग्न सक्ने अबस्थामा थिईन । सोच्दा सोच्दै फोन काटियो । कल उठाउन पाईन । फेरी तत्कालै फोन आयो । उठाएर बोले । नचिने झै गरेर को बोल्नुभएको भनेर सोधे । उनी अनकनाईन । केही काम थियो र ? मैले त चिनिन ? को बोल्नु भएको भन्दै अनविज्ञ बनिरहे । पहिलो पल्ट दोहोरो कुरा भएको थियो त्यो पनि फोनमा । कति खुसी थिए । उसको त्यो सुरिलो स्वर सुनिरहन मन थियो र त नचिनेको बहाना बनाएर कुरा लम्ब्याउदै थिए । "म कान्छी तिमी हरी होइन र ?समीरसँग नम्बर मागेर कल गरेको ।" कान्छीले यति भनेपछि मैले नचिने झै गरिरहन उचित लागेन । "अ म हरी नै है । आज कताबाट बाटो बिराएछौ त ? हामी सँग पनि बोल्न हुँदोरहेछ त ।" यस्तै कुरा गर्दै थिए । मेरो कुरा काटेर भनिन । "मेरो कोसेली पायौ त ? तेही सोध्न मात्र कल गरेको ।" "अ पाए ।" यति मात्र के भनेको थिए ममी आईपुग्नु भो मैले हतार हतार फोन काटे । फेरी म्यासेजमा टाईप गरे" कान्छी ममी आउनु भो त्यसैले फोन काटेको नरिसाउ ल । नौ दश बजे तिर कल गर ल । धेरै कुरा गर्न मन छ । लव यू कान्छी बाई" यति भनेर म्यासेज सेन्ड गरे । एकैछिनमा रिप्लाई आयो । "हवस हुन्छ । लव यु टु डियर बाई ।"
खाना खाएर सुत्ने बहानामा ओछ्यानमा पल्टिए । तर निद थिएन । घरीघरी नजर मोबाईलमा थियो । कति बेला कान्छीको फोन आउँला र कूरा गरूला भएको थियो । बल्ल तल्ल साढे नौ बजे तिर फोन आयो । म सिरक भित्र गुटमुटीदै कान्छीको मिठो बोलीमा लठ्ठ पर्दै सपनाको संसारमा हराउँदै गए । मेरो पनि साथमा कान्छी थिईन । साच्चै माया गर्ने मान्छे पाएको थिए । जब माया गर्ने मान्छे पाउँदो रहेछ तब सारा संसार रमाईलो लाग्दो रहेछ । एक अर्कामा दुख सुख फोनमा नै साट्थ्यौ । अति नै ख्याल गर्थी । कतैबाट घर ढिला जाँदा फोनमा गाली गर्थी । गाली गरेपनि महाँसिहाँसि टारिदिन्थे । उसको प्रत्येक बोलीमा माया मिसिएको पाउँथे । उसले भनेको हरेक कुरा सहजै मानिदिन्थे । यसरी फोनैफोनमा तिन चार महिना बित्यो तर भेटेर कहिल्यै बोलेनौ । नजिक पर्दि मन्द मुस्कान छरेर लजाउँदै मेरो बाटोबाट पन्छिन्थिन । बिस्तारै हाम्रो भेटघाट पनि हुन थाल्यो । दिउँसो भेट्दा समाजको डर हुने हुँदा हामी रातीराती भेटी अंगालोमा बेरिएर माया साटासाट गर्थ्यौ । रातीराती कैयौ पटक मैले आमाबुबाको आँखा छलेर घरबाट भागेर उसळाई भेट्न उसको घर नजिक गएको थिए । उनी पनि मलाई भेट्न जसरी पनि आउँथिन । कति पल्ट त भेट्न नपाएर खिन्न हुदै फर्किएको पनि थिए । एकपल्ट म खाना खाएर ओछ्यानमा गए । कान्छीको फोन आयो भेट्न आउ भनेर खबर गरी । सिरानीलाई खाटमा सुताएर सिरक ओडाई बत्ती निभाएर बिरालोको चालमा कान्छीको घरको बाटो लागे । बिच बाटोमा पुगेको थिए फोन आयो । हेर्दा बुबाको कल आएको रहेछ ।
खाना खाएर सुत्ने बहानामा ओछ्यानमा पल्टिए । तर निद थिएन । घरीघरी नजर मोबाईलमा थियो । कति बेला कान्छीको फोन आउँला र कूरा गरूला भएको थियो । बल्ल तल्ल साढे नौ बजे तिर फोन आयो । म सिरक भित्र गुटमुटीदै कान्छीको मिठो बोलीमा लठ्ठ पर्दै सपनाको संसारमा हराउँदै गए । मेरो पनि साथमा कान्छी थिईन । साच्चै माया गर्ने मान्छे पाएको थिए । जब माया गर्ने मान्छे पाउँदो रहेछ तब सारा संसार रमाईलो लाग्दो रहेछ । एक अर्कामा दुख सुख फोनमा नै साट्थ्यौ । अति नै ख्याल गर्थी । कतैबाट घर ढिला जाँदा फोनमा गाली गर्थी । गाली गरेपनि महाँसिहाँसि टारिदिन्थे । उसको प्रत्येक बोलीमा माया मिसिएको पाउँथे । उसले भनेको हरेक कुरा सहजै मानिदिन्थे । यसरी फोनैफोनमा तिन चार महिना बित्यो तर भेटेर कहिल्यै बोलेनौ । नजिक पर्दि मन्द मुस्कान छरेर लजाउँदै मेरो बाटोबाट पन्छिन्थिन । बिस्तारै हाम्रो भेटघाट पनि हुन थाल्यो । दिउँसो भेट्दा समाजको डर हुने हुँदा हामी रातीराती भेटी अंगालोमा बेरिएर माया साटासाट गर्थ्यौ । रातीराती कैयौ पटक मैले आमाबुबाको आँखा छलेर घरबाट भागेर उसळाई भेट्न उसको घर नजिक गएको थिए । उनी पनि मलाई भेट्न जसरी पनि आउँथिन । कति पल्ट त भेट्न नपाएर खिन्न हुदै फर्किएको पनि थिए । एकपल्ट म खाना खाएर ओछ्यानमा गए । कान्छीको फोन आयो भेट्न आउ भनेर खबर गरी । सिरानीलाई खाटमा सुताएर सिरक ओडाई बत्ती निभाएर बिरालोको चालमा कान्छीको घरको बाटो लागे । बिच बाटोमा पुगेको थिए फोन आयो । हेर्दा बुबाको कल आएको रहेछ ।
मन डरले थर थर काप्न थाल्यो । ओठ तालु सबै सुके । जीउमा चिटचिट पसिनाछुटिसकेको थियो । टाउको भारी भएको थियो । मन मनै सोचे "कस्तो दिनमा हिडेछु । ठुलै भुमरीमा फसेछु ।" जसोतसो फोन उठाएर हेल्लो भने । "कान्छा म आज घर आउन भ्याईन । आमालाई भन्दे ल । राम्ररी सुत्नु । झ्याल ढोका लगाउनु ल ।" भनीबुबाले जवाफ फर्काउनु भयो । हुन्छ बुबा भनी फोन काटे । बल्ल शान्तिको सास फेरे ।
समय बित्दै जाँदा प्रेम दिवस नजिकिदै थियो । हामी मायालु जोडीहरूको पवित्र चाड । त्यो दिन बिहानै भेट्ने योजना बनाएका थियौ । तर सम्भब भएन । सदाको जस्तै राति नै भए पनि भेट्ने निधो गरियो । योजनाका साथ हातमा गुलाफ लिएर झोलामा उसैको निम्ति गिफ्ट लिई म आउदैछु भनी खबर गरेर अगि बढे । साबिक कै समयमा सदामा भेट्ने गरेको घर मुनीको बाटोमा पुगे । फोन गरेको फोन नै लागेन । पक्कै आउँछे भनेर पर्खिरहे तर एघार बज्दा पनि आईनन । फेरी फोन गरे लागेन । कैयौ पटक फोन प्रयास गरे लागेन । मन खिन्न पार्दै घर फर्किए । सुत्नको लागि ओछ्यानमा पल्टिए । मनमा बिभिन्न किसिमको ज्वारभाटाहरू चलिरहेको थियो । "प्रेम दिबसको दिन पनि भेट्न आईनन । के भएछ कुन्नी ? जे भए पनि एक पल्ट खबर त गर्न सकिन्थ्यो त । कति दुख दिएको होला । तेति राति सम्म पर्खनु मात्रै भयो ।" यस्तै सोच्दासोच्दै निदाएछु । बिहान उठ्दा त उसलाई भनि राखेको गुलाफ पनि ओइलाएछ । कस्तो नमजा लाग्यो । आफ्नो प्रेमको लागि एउटा गुलाफको हत्या गरे । त्यसैको पाप जस्तो पनि लाग्यो ।
दिउँसो तिर फोन आयो । नम्बर नयाँ थियो । उठाए कान्छी नै रहेछ । फोन उठाएरबोल्ने बित्तिकै रूदै सरी भन्न थालिन । हिजो कुराएकोमा पनि पश्चताप गर्दै थिईन । उसको बुबाले आफ्नो फोन बिग्रेर एकदुई दिनको लागि उसको फोन लिनुभएछ ।त्यसैले फोन नलागेको कुरा बताउँदै थिई । मैले सम्झाए । हेर माया गर्ने जोडीको लागि प्रेम दिवस एकदिन मात्रले केही हुदैन । मायालु जोडीलाई सधै प्रेम दिवस । साँचो माया आखिर सधै अमर नै रहन्छ । भेट नभएको दुखी नहोउ । आज भेटौला नि त किन चिन्ता गर्छौ ? रूनै पर्छ त तिमीलाई ।" बल्लतल्ल रून बन्द गरी र खुसी भई । त्यो दिन बेलुका हामि सदाकै भेट्ने ठाँउमा भेट्यौ । मैले उसको लागि लगेको गिफ्ट दिए खुसीले गालामा म्वाई खादै छातिमा भर्खरको दुधे बालक झै टासिई । लाडे स्वरमा बोलिन "सधै यसरी नै अंगालोमा बेरिराख ल ।" हुन्छ भन्दै सहमति जनाए । कतै मान्छे कुराकानी गरे जस्तो आवाज सुनियो । हामी दुवै जना निकै आत्तियौ । कान्छीको त झन सातोपुत्लो उठेको थियो । बिचरी डरले झनझन बेस्सरी मेरो छात्तीमा टाँसिएकी थिई ।
हामी दुवै जना निकै आत्तिएका थियौ । पछि बिस्तारै आवाज मत्थर हुदै गयो । पछि तल उज्यालो देखियो र बिस्तारै बिलिन हुदै गयो । त्यो दिन हामी छिट्टै छुट्टिएरआ आफ्नो बाटो लाग्यौ ।
हामी छिन छिनमा एक अर्कालाई फोन गरीरहन्थ्यौ । कुरा गरिरहन्थ्यौ । छुट्टै मायाको संसारमा डुबुल्किको साथै छलाङ्ग मार्थ्यौ । दिन बित्दै थियो । बिस्तारै बसन्तको आगमन हुदै थियो । चारैतिर नया पालुवापलाउँदै थियो । चारैतिर कोइलीको कुहुकूहुले संगीतमय बनाउँदै थियो । चराकोजोडीहरू एक आपसमा माया साटासाट गरेर आफ्नो आफ्नो बस्ने ब्यवस्था गर्दै थिए । अति नै मनमोहक वाताबरणमा म पनि हराउँथे । एकान्तमा बसेर उनीसँग बिताएका पलहरूको कल्पना गर्थे । मन फुरुङ्ग पार्थे । बश रमाईलै थियो जीन्दगी ।
जीन्दगीमा कहाँ सधै बसन्त मात्र आउँदो रहेछ र ? फुलेका फुल अबश्य झर्नु पर्दो रहेछ । वनमा पुरै वैश फिजाई हुर्केका विरूवा लाज ढाक्न पनि नसकी नाङ्गो पनि भएको देखेको थिए ।
एकदिन साझको समयमा उनको फोन आयो । फोनमा सामान्य कुराकानी भयो । खासै अरू कुरा भएन । मैले फोन राखु त भनेर फोन राख्न खोज्दै थिए तर एकछिन कुरा गर भनेर रोकिन । मेरो पारिवारिक कुरा गर्न थालिन । म अचम्ममा परे । कहिल्यै तेस्तो कुरा नगर्ने मान्छेले आज पारिवारीक कुरा गर्दा उनी नै हो त भनेर सोच्न बाध्य नै तुल्यायो । तर उनी मेरै कान्छी हो । उनीको त छाया मात्र पनि चिन्थे झन बोली नै सुनिरहेको थिए । खासमा त म एउटा मध्यम परिवारको केटो थिए । मेरो बुबा आमा अन्तर जातिय बिवाह गर्नुभएको थियो । बुबा आमाले अन्तर जातिय बिवाह गर्नु भएकोले क्षेत्री परीवारमा हाम्रो छुट्टै दर्जा थियो । जसोतसो गुजारा चलेकै थियो । खासै अहिले त जातको कुरा निस्किदैनथ्यो ।
पारीवारिक कुरा गर्न थालेपछि मैले कुरा काटेर भोलि कतै भेट्ने कुरा गरे । हुन्छ भन्दै फोन काटिन ।
बुबाआमाले अन्तर जातिय बिवाह गर्दा ठुलै कष्ट बेहोर्नु भएको कुरा बेला बेलामा सुनाउनु हुन्थ्यो । छोरा आफ्नो जातसँग मात्र बिवाह गर्नु ल भनेर सम्झाउनु हुन्थ्यौ । म भन्ने गर्थे " बुबा मानिस ठुलो दिलले हुन्छ जातले हुदैन । भनेर लक्ष्मी प्रसाद देवकोटाले भनेको बिर्सनु भयो है ? कहाँ तपाईहरूको पालामा जस्तो छ त । अहिले त जमाना फेरिसक्यो । सबै एकै त होनि ।"
भोलिपल्ट उनीलाई भेटे । उसको पनि पारीवारीक कुरा सोधे । मैले आफ्नो पारीवारीक कुरा खुलस्त पारे । मेरो कुरा ध्यान पुर्वक सुनीरही केही बोलिनन । अन्तिममा गहभरी आँसु पार्दै आफ्नो बाटो लागि ।
म पनि फर्किए । आज उनी अलि निन्याउरो मुख लगाएर फर्किईन । खासै केही भनेको जस्तो पनि लागेन । घर पुगेर फोन गरे तर फोन लागेन । अनि म्यासेज छोडे " खै आज किन दुखी भयौ त्यो त बुझिन । सायद मैले केही गल्ती गरेँ होला । सरी । कति फोन गरे तर लागेन । जसरी पनि फोन गर ल । म तिम्रै फोनको प्रतिक्षामा छु ।" बल्ल तल्ल भोली पल्ट म्यासेज रिप्लाई आयौ " माफ गर हरी म तिम्रो चाहेर पनि हुन सक्दिन । मलाई घरबाट तिम्रो हून कदापी दिदैनन । बरू आजै बाट आ आफ्नो बाटो लाग्दा राम्रो हून्छ । हाम्रो सबै कुरा मिल्छ तर जात मिलेन रे । मेरो घरकाले यो कुरा बुझ्दैनन । म न त घरकालाई छोड्न सक्छु न त तिमीलाई । तिमी त बुझ्छौ नि मलाई । प्लिज तिमी मेरोबाट हटिदेउ बिन्ति ।" म्यासेज हेरेर मेरो आँखाबाट अश्रुधारा बग्न थाले ।
म छाँगाबाट खसै झै भए । फेरी दोहोर्याएर म्यासेज पढे । कुरा तेही थियो । किनपरिवर्तन हुन्थ्यो र जे थियो तेही नै थियो । एउटा उच्च शिक्षा अध्ययन गरेकोमान्छेले पनि जातको कुराले आफ्नो माया अनि प्रेमको त्याग गरी । कताकता कच्चा जस्तै लागि । पुरातनबादी सोच भएको मान्छे रहिछिन । अहिलेको जमानामा पनि जातभातको कुरा लेराएर मायामा तगारो बन्नु त आफैमा लाजमर्दो कुरा हो ।
म्यासेज हेरेपछि तत्कालै फोन गरे तर फोन लागेन । मोबाईल अफ गरिएको थियो ।पुराना बाचा कसमहरू सम्झिए " तिमी बिना त एकपल पनि बाँच्न सक्दिन म तिमीलाई जुनी जुनी साथ दिन्छु । यो मेरो बाचा भयो । मलाई कहिले पनि नछोड्नु ल ।" यस्तै यस्तै भनेर मेरो छातीमा टासिएकी थिई । तर आज म छर्लङ्ग भए । उसको बाचा कसम त कुनै प्रेम जोडीको कहानीबाट घोकिएको बाचा कसम रहेछ कसरी पुरा गर्न सकोस त । म आफै नै कमजोर रै छु एउटा माया गर्ने मान्छे चिन्न सकिन । उसको देखावटी आँशुमा चुर्लुम्म डुबेर सबै कुरा पत्याईरहेँ । उसको झुटो मायाको सागरमा पौडिरहे । आज गहिराईमा पुर्याएर छोडिदिई । न त पौडिने क्षमता छ न त उत्रिने माध्यम नै ।
मैले कैयौ पटक फोन गरे तर लागेन म्यासेज गरे रिप्लाई आएन । भेट्न पनि गए त भेटिईनन । घोत्लिएर सोचे " उनको परिवार बाहुन र मेरो परिवार क्षेत्री हुदैमा किन यति विभेद ? किन अझै पनि पुरानै कुरामा अल्झिन्छ मान्छे ? मायामा हराउँदा किन चाहिएन जातभात ? आज आएर जातको कुराले किन टाढिदै छ । म सँग बिताएका कैयौ पलहरूमा किन जातको कुरा याद आएन ? किन बुझ्दैन आखिर सबै एउटै हो भनेर ? घरको बहाना देखाएर आफ्नो स्वार्थ लुटेरै छाडी आखिर ।"
अनयासै छात्ती चर्किन्छ । आँखामा साउने भेल बग्न थाल्छ । जब आफ्नो भनेर दिलमा सजाएको मान्छे टाढा हुदा साच्चै एक्लो महशुस हुदोरहेछ ।
उसलाई भेटेर सबै कुरा भन्ने ईच्छा थियो तर अह कहिल्यै भेट्न चाहिन । सुन्दैछु उसैको जात मिल्दो केटा माग्न आउँदैछ रे । मलाई त कामचलाउको लागि राखिएको रहेछ । अर्को पाए नचाहिने रैछु । उनीको खुसी हेर्न चाहान्छु । मेरो माया सस्तो रहेछ ।
एकपटक बाटोमा भेटिई । हात समाएर एकछिन पर्ख न कुरा गर्नुछ भन्दा उल्टो थप्पड लगाउँदै गाली गरेर गई ।
एक्कासी कुकरको सिठी लाग्यो । हामी सबै झसङ्ग भयौ । चिया पनि सेलाईसकेछ । चिया पसले दाजु पनि उभिरहनु भएको रहेछ । हरी आँशु पुछ्दै टेबलबाट उठ्यो । र चियाको पैसा दिन अघि बढ्यो । उ पुरै एकोहोरो भईसकेको थियो । मोबाईलमाउनीकै तस्विर हेर्दै टोलाउथ्यो । के गर्थ्यो कहाँ जान्थ्यो कुनै होस नै पाउँदैनथ्यो । चुरोट सल्काउँदै भन्यो " केबल यही नै मेरो साथी भएको छ । उनको यादलाई ताजा गर्दै धुवाँ बनाएर उठाउन पाएको छु ।" चुरोटको ठुटाले हातमा पोलेको प्रस्टै देखिन्थ्यो । खै यो कस्तो पागलपन हो म बुझ्न सकिरहेको थिईन । छिन छिन मै एकदमै खुसी भएर हाँस्थ्यो छिन छिन मै भावुक भएर रून्थ्यो । एकछिन पछि हामी त्यहाँबाट आ आफ्नो बाटो लाग्यौ ।
करिब एक बर्ष पछि म हस्पिटल गएको थिए । त्यहाँ हरीको बुबा आमा भेटिनु भयो । दुवै जनाको रूदा रूदै आँखा सुन्नीएको जस्तो देखिन्थ्यो । बुबा कसलाई के भयो ?भनेर सोधे । बुबा भक्कानिदै मेरो हात समाएर बेडसम्म लानुभयो । बेडमा हरीसुतिरहेको थियो । मनलाई दरो बनाउँदै थिए तर मेरो आँखाबाट पनि आँशुको धाराबग्न थाले ।
बिचरा हरी पनि मलाई देख्ने बित्तिकै आँशु झार्दै रून थाल्यो । तर बिना आवाजको रूवाईले हामी सबैलाई रूवायो । मन थाम्न सकेन र अंगालो हालेर रोयो । उसको अबस्था देख्दा लाग्थ्यो अब कसैले कसैलाई प्रेम नगरोस कसैलाई प्यारनगरोस । प्रेम र प्यारले कसैलाई पुर्णता दिन सकेन सकोस र पनि कसरी । प्रेमशब्द नै सुरूमा आफै काटिएको छ त कसरी अरूलाई जोडोस र प्यार आफै आधा छ त कसरी अरूलाई पुरा गरोस । मैले त सोचेको थिए एकदुई दिन गर्दै हरीले कान्छीलाइ भुल्नेछ तर ठिक उल्टो भएछ । उ कलेज पनि जान छोड्यो । जब कलेज जान्थ्यो उनीको मुहारमा नैराश्यता छाउँथ्यो । चैत बैशाखको जस्तो हुरीले मुहारको खुसी मेटाईदिन्थ्यो । त्यसैले उसैको खुसीको लागि उनीबाट टाढै बस्यो । प्रेमकोनसाले बिस्तारै उसलाई गाँज्दै लग्यो । प्रेमको नसासँगै चुरोट र रक्सीको नसा पनि अति नै लागेको थियो । जब कान्छीको याद आउथ्यो तब त्यो याद मेटाउन नसालिन्थ्यो तर के मेटिन्थ्यो र । अमिट छाप बनेर बसिरह्यो । अन्तिममा बेवारिशेबनाएर छोड्यो ।
प्रेम आफै अजिब रहेछ । जब एक्लो हुदाँ हाँस्न सिकायो । तब अलि अलि हाँस्न के जानेको थियो जिन्दगी भर हाँसो नै सोच्न नसक्ने गरी रूवाएर गयो ।
हिजो अलि बढी नै रक्सी खाएछ । नसाको सुरमा खै के के गरेछ । लडेर बेहोस नै भएछ ।
उसको बुबाले भन्दै हुनुहुन्थ्यो" बाबु मैले धेरै सम्झाए यसलाई । तर सम्झेन । न त खाना खान्छ न त आफ्नो हेरबिचार गर्छ । खाली मोबाईलमा उसैको फोटो मात्र हेरेर टोलाउँछ कसैसँग बोल्दैन झर्किन्छ मात्र । के गर्नु बढेसकालको सहारा होला । नाति नातिनि खेलाउला भन्ने कत्रो सपना सजाएको थियौ तर खै के भयो भयो । हिजो एक्कासी बेहोस भयो । अघि बिहान मात्र होस खुलेको । मानसिक समस्याले गर्दा यस्तो भएको भनेर डाक्टरले भन्दैहुनुहुन्थ्यौ । " मैले बुबालाई सान्तवना दिदै भने" बुबा नआत्तिनुस बिस्तारै सबै ठिक हुन्छ । बरू उसलाई कतै टाढा पठाईदिनुस । आफै सुध्रिन्छ ।"
तिन दिनको हस्पिटल बसाई पछि उ घर फर्केछ । उनीको याद मेटाउन उनीबाट टाढा हुदैछ । राहदानी बोकेर अब विदेश जाने तरखर गर्दैछ ।
Subscribe to:
Comments
(
Atom
)







