Sunday, January 29, 2017
गजलकार रूपक ढुङ्गाना 'संरक्षण' काे गजल
गजलत्याे हातमा मेराे नामकाे चुरा हुनुपर्छ
तिम्रो बुबा जरुर मेरो ससुरा हुनुपर्छ
बाउले तिम्रो बिहेलाइ अन्तै सुर गर्या भए
बुडाकाे साेच जसै अधुरा हुनुपर्छ
अनुराेध या चेतावनी जे साेच तिमी
हामी बिच नै प्रेमिल कुरा हुनुपर्छ
नलजाउ है कत्ती धेरै रहर छ मनामा
मेरा जायज रहरहरु पूरा हुनुपर्छ
तिम्रो मेरो मायाको निशानीमा अब
हामी बाटै भन्ट्याङभुन्टुङ भुरा हुनुपर्छ
रूपक ढुङ्गाना 'संरक्षण'
किरान्चोक-२,धादिङ
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment