Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Sunday, January 29, 2017

साहित्यमा नयाँ उदयमान नक्षत्र सबिना सुवेदी मायालका मुक्तकहरू

No comments :
मुक्तक 
१.
अनेक थरी सपनाहरु सजाएर आछु,
चाहिएको भन्दा धेरै रमाएर आछु,
हिजो मेरो सुन्दरताको खुबै तारिफ गर्यौ,
हेर त आज गाजल लगाएर आछु।।

२.
घरमा जहान भोकै छन गाँस नपाएर।
कापी रहेछन् शरीरहरु कपास नपाएर।
यो सरकार महलमा निदाई रहेछ।
सडकमा छन् जनता बस्ने बाँस नपाएर।


३.
बेसरी बहने हुरि बनेर।
धारिलो तरबार अनि छुरी बनेर।
रेटेर गयो जिन्दगीलाई मेरो।
माया गर्ने मान्छे निष्ठुरी बनेर।


४.
सपना साकार पार्न खोज्दा बिपना बेकार भो।
नहुनु पर्ने कुरा हरु नै बारबार भो।
यो मनलाई रहर अझै पुगेकै थिएन।
त्यो मनलाई खै किन जाने हतार भो।

No comments :

Post a Comment