Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Tuesday, January 31, 2017

मुक्तककार राजन कार्कीकाे केही मुक्तकहरू

No comments :
मुक्तकहरू
राजन कार्की मोरङ हरैचा हाल मलेसिया

१ माया पठाएर के गर्छौ डर पठाएर के गर्छौ आडीलो नभएको त्यो भर पठाएर के गर्छौ मलाई पत्तै नलाग्ने ठुलै रोग लागिसकेको छ धामी पठाएर के गर्छौ डाक्टर पठाएर के गर्छौ २ सधैं अरुको स्थान हडप्ने गर्छ यो दुनियाँ पछी अहंकार अघि राम जप्ने गर्छ यो दुनियाँ बलेको आगो नियन्त्रण गर्नु पर्ने अवस्थामा उल्टै आगोमा घ्यू थप्ने काम गर्छ यो दुनियाँ ३ जोगी पनि बन्न सक्छु दानी पनि बन्न सक्छु खराब पनि बन्न सक्छु ज्ञानी पनि बन्न सक्छु सुन!मै हुँ भनि पाखुरा सुर्किने छिचिमीराहरु आगो पनि बन्न सक्छु पानी पनि बन्न सक्छु ४ दिएको ठेगानामा तिमी आउँदा भिर भेट्ने छौ पाइलाहरु सार्दै जादा खोलीको तिर भेट्ने छौ आकर्षक बाकस राखिएको छ उघारी हेर्नु त्यहाँ कफन ले सजिएको मेरो पार्थिव शरीर भेट्ने छौ ५ दु:ख पिडा अनि आँसु नै आँशुको तालमा छु दुनियाँको के कुरा गर्नु याहाँ आफैं बेहलमा छु तिमी भन्छौ चाँडै यो ज्यान सम्हाल्न आउनु है कसरी आउनु प्यारी म त्यो दुरको बाङ्गालमा छु

No comments :

Post a Comment