Sunday, January 29, 2017
मायालुका मनछुने गजल मध्येबाट एउटा गजल
![]() |
| सबिना सुवेदी मायालु |
टोलाउदै आकाशमा औलाले देखाउदै ताराहरु गन्छु, म साझ परेपछि ।।
दिनभर सपनामै हराई बस्दी रहेछु झल्यास्स बिझन्छु, म साझ परेपछि ।।
कसैले हावा सङ्गै याद पठाउछ सम्झिन्छु रोइरहन्छु ,म साझ परेपछि ।।
एकदिन पक्कै आउछौ भनी डाडैको चौतारीमा आश लाग्छ पर्खन्छु,म साझ परेपछि ।।
ऎनामा हेर्दा पनि तिमिलाई नै देख्छु आफैलाई बिर्सन्छु,म साझ परेपछि ।। सबिना सुवेदी मायालु
धादिङ्ग गाेपनपानी
Subscribe to:
Post Comments
(
Atom
)

No comments :
Post a Comment